Sunday, April 28, 2024
Sunday, April 28, 2024

HomeFact CheckFact Check: गुर्जोको रस सेवन गर्दा मधुमेह रोग निको हुन्छ? 

Fact Check: गुर्जोको रस सेवन गर्दा मधुमेह रोग निको हुन्छ? 

दाबी: गुर्जो (Tinospora cordifolia)को रस सेवन गर्दा मधुमेह (चिनी) रोग निको हुने दाबी । तथ्य: गुर्जोले मधुमेहको उपचार गर्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै अनुसन्धान फेला परेन ।

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा गुर्जो (Tinospora cordifolia)को रस सेवन गर्दा मधुमेह (चिनी) रोग निको हुने दाबी गरिएको छ । 

नेपाली कृषक उसमान वाईबा नामक फेसबुक पेजमा एउटा भिडियो देख्न सकिन्छ । उक्त भिडियोमा गुर्जो (Tinospora cordifolia)को रस बनाउने विधिबारे जानकारी दिइएको छ । साथै गुर्जोको रस सेवन गर्दा मधुमेह (चिनी) रोग निको हुने दाबी गरिएको छ । भिडियोको क्याप्सनमा लेखिएको छ- ‘डायबिटीज, सुगर, चिनी रोगको घरेलु उपचार Home remedies for diabetes, Sugar Disease’ । 

गुर्जोको रस सेवन गर्दा मधुमेह (चिनी) रोग निको हुने दाबी अत्यन्तै संवेदनशील छ । मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

गुर्जो (Tinospora cordifolia)ले मधुमेहको उपचार गर्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै अनुसन्धान फेला पारेन । यसको चिकित्सकीय मेकानिजम बुझ्न र विशेष गरी मधुमेह उपचारको लागि यसको प्रभावकारिता तथा सुरक्षा स्थापित गर्न थप क्लिनिकल परीक्षण र वैज्ञानिक अनुसन्धान हुन आवश्यक छ ।

गुर्जो भारतीय उपमहाद्वीपको मूल जडिबुटी हो । परम्परागत आयुर्वेदिक औषधिमा शताब्दीयौंदेखि प्रयोग हुँदै यो वनस्पतिको प्रयोगले विभिन्न स्वास्थ्य लाभ हुने मान्यता छ । प्रतिरक्षा बढाउन, दीर्घायु बढाउन, ज्वरोको उपचार गर्न, पाचन सुधार गर्न र अन्य विभिन्न स्वास्थ्य अवस्थाहरू व्यवस्थापन गर्न गुर्जोलाई घरेलु औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ।

यद्यपि, गुर्जोको रस सेवनबाट मधुमेह निको हुन्छ भनेर निश्चित रूपमा बताउन पर्याप्त निर्णायक वैज्ञानिक प्रमाणहरूको अभाव छ । गुर्जो (Tinospora cordifolia) ले प्रतिरक्षा-मोड्युलेटरी, एन्टी-हाइपरग्लाइसेमिक (रगतमा चिनी घटाउने), एन्टिअक्सिडेन्ट, एड्याप्टोजेनिक, हेपाटोप्रोटेक्टिव, हर्मोन नियामक आदि) र पृथक फाइटोकन्स्टिट्युन्टहरूको अवस्था सृजना गर्ने एक अध्ययनमा उल्लेख छ ।

निष्कर्ष

गुर्जोले मधुमेहको उपचार गर्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै अनुसन्धान फेला परेन । यसको चिकित्सकीय मेकानिजम बुझ्न र विशेष गरी मधुमेह उपचारको लागि यसको प्रभावकारिता तथा सुरक्षा स्थापित गर्न थप क्लिनिकल परीक्षण र वैज्ञानिक अनुसन्धान हुन आवश्यक छ ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov
जानकारी, eurekaselect.com


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular