Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: कालो मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलको समस्या निको हुने दाबी ।
तथ्य: कालो मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलाइटिसबाट केही राहत प्रदान गर्न सक्छ तर यसको पूर्ण निदानका लागि चिकित्सा उपचार आवश्यक पर्दछ ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त भिडियोमा कालो मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलको समस्या निको हुने दाबी गरिएको छ ।
Yogi Somraj नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक व्यक्तिले टन्सिलको घरेलु उपचारबाटै निको पार्न सकिने बताएका छन् । ती व्यक्तिले भनेका छन्– ‘टन्सिल भयो भने मरिच, सुटो र पिपला यहाँहरुलाई फेरि मैले भने मरिच, सुटो पिपला (सुटो भनेको सुकाएको अदुवा) तीनवटा मिलाएर सानो बच्चालाई एक-डेढ ग्राम दुई ग्रामसम्म अलि ठूलो छ भने तीन ग्रामसम्म त्यति नै मह मिलाएर खान दियो भने टन्सिल ठिक हुन्छ ।’
त्यस्तै भिडियोको थमनेलमा टन्सिलमा समस्या भए, घरमै उपचार गर्न सकिने र डाक्टरलाई भेट्नै नपर्ने दाबी गरिएको छ । मानव स्वास्थ्यसँग सम्बन्धित उक्त दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ ।
टन्सिल मानव शरीरकै अंगहरू हुन्, जसले घाँटीमा पुगेका कीटाणुसँग लड्न मद्दत गर्दछन् । जब ती टन्सिलहरू संक्रमित हुन्छन् र मानिस विरामी अस्वस्थ बन्न पुग्दछ । टन्सिलको संक्रमणबाट हुने अस्वस्थतालाई टन्सिलाइटिस भनिन्छ ।
घरमै हेरचाह गरेर, एन्टिबायोटिकको सेवन तथा शल्यक्रिया गरेर टन्सिलाइटिसको उपचार गर्ने गरिन्छ । ब्याक्टेरियल टन्सिलाइटिसमा एन्टिबायोटिक आवश्यक पर्दछ । लक्षणहरू सुधार भएपनि एन्टिबायोटिकको सेलेबस पूरा गर्नु महत्त्वपूर्ण हुन्छ । त्यस्तै गम्भीर टन्सिलाइटिसका लागि टन्सिलेक्टोमी गर्ने गरिन्छ ।
कुनैपनि खानपानले मात्र टन्सिलाइटिसलाई पूर्ण रूपमा निको पार्न सक्दैन । आहार र घरेलु उपचार टन्सिलाइटिस रिकभरीको समयमा उपयोगी हुन सक्छ । यसको सही निदान र उपयुक्त उपचारका लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ ।
कालो मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलाइटिसबाट केही राहत प्रदान गर्न सक्छ । तर, टन्सिलाइटिस भाइरल वा ब्याक्टेरियाको संक्रमणका कारणले हुने भएकाले यसको पूर्ण निदानका लागि चिकित्सा उपचार आवश्यक पर्दछ ।
प्राकृतिक उपचारले केही आराम दिन सक्छ तर यसलाई टन्सिलाइटिसको मूल उपचारकै विकल्पका रुपमा प्रयोग गर्नु हुँदैन । यदि कसैलाई टन्सिलाइटिस भएको शंका छ भने एक स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्न आवश्यक छ । कतिपय अवस्थामा टन्सिलहरू गम्भीर भएमा टन्सिललाई निकाल्न शल्यक्रिया (टन्सिलेक्टोमी)को पनि आवश्यकता पर्न सक्छ ।
कालो मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलाइटिसबाट केही राहत प्रदान गर्न सक्छ तर टन्सिलाइटिस भाइरल वा ब्याक्टेरियाको संक्रमणका कारणले हुने भएकाले यसको पूर्ण निदानका लागि चिकित्सा उपचार आवश्यक पर्दछ ।
स्वास्थ्य जानकारी, nhs.uk
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
July 4, 2025
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025