Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: थपेस्ट र कागतीको रसको मिश्रणले कालो छालालाई हल्का र सेतो बताउन सक्छ ।
तथ्य: टूथपेस्टमा दाँत सेतो पार्ने तत्वहरू हुन सक्छन् तर छालालाई सेतो पार्ने तथ्वहरू हुँदैनन् । टूथपेस्टले छालालाई सेतो बनाउँछ भन्ने दाबी गलत छ ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा टूथपेस्ट र आधा कागतीको रसको मिश्रणले कालो छालालाई हल्का र सेतो बताउन सक्ने दाबी गरिएको छ ।
Health Tips नामक फेसबुक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोमा अनुहारको छालामा लगाउने टूथपेस्ट र आधा कागतीको रसको मिश्रण तयार पार्ने तरिका पनि सिकाइएको छ । टूथपेस्ट र कागतीको रसको मिश्रणले छालालाई गोरो बनाउँछ भन्ने दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ । उक्त दाबी गलत रहेको पाइयो ।
टूथपेस्टले छालालाई सेतो बनाउँछ भन्ने दाबी गलत छ । यस दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेन । विज्ञहरूले पनि प्रस्तुत दाबीलाई गलत रहेको बताउँछन् ।
डा. इराम काजी, एमडी (छर्मोलोजी) भन्छन्,‘टूथपेस्टमा दाँत सेतो पार्ने तत्वहरू हुन सक्छन् तर छालालाई सेताो पार्ने तथ्वहरू हुँदैनन् । टूथपेस्ट लगाउनाले छालामा जलन र रातोपन निम्त्याउन सक्छ । म छाला सम्बन्धी कुनै पनि समस्याको लागि टूथपेस्ट प्रयोग गर्न सल्लाह दिनेछैन ।’
डा.नेहा खुराना, एमडी (डर्माटोलोजी) भन्छिन्,‘म यस्तो प्रकारको छालाको उपचार गर्न सिफारिस गर्दिन । हाम्रो छाला पीएच अम्लीय गुण हुन्छ भनेर बुझ्नु आवश्यक छ, यसैले आधारभूत पीएच भएको एजेन्ट प्रयोग गर्दा छालाको आर्द्रतालाई असर गर्ने छालाको पीएच सन्तुलनलाई परिवर्तन गर्न सक्छ, जसले छालामा जलन, सुख्खापन र छालामा असर गर्छ । यसबाहेक, टूथपेस्टले एलर्जी कन्ट्याक्ट डर्मेटाइटिस पनि निम्त्याउन सक्छ ।’
एमडी (चर्मोलोजी) डा. ज्योति आगरकर भन्छिन्,‘भगवानले हामीलाई धेरै सुन्दर शरीर र छाला दिनुभएको छ र हामीले यसको रंग परिवर्तन गर्ने प्रयास गर्नुको सट्टा यसको कदर गर्नुपर्छ । म सधैं मेरा बिरामीहरूलाई स्वस्थ आहार, नियमित व्यायाम, पर्याप्त निद्रा, राम्रो मात्रामा पानी पिउने सल्लाह दिन्छु । यसले प्राकृतिक चमक बाहिर ल्याउन मद्दत गर्दछ । यदि, तपाइँ कुनै पनि छाला हेरचाह गर्दै हुनुहुन्छ भने तपाइँको छालाको प्रकार अनुसार त्यसको छनोट गर्नुपर्छ ।’
त्यसैगरी, कागती भिटामिन सीको राम्रो स्रोत मानिन्छ तरपनि कागतीलाई सिधैँ छालामा प्रयोग गर्न सिफारिस गरिँदैन किनभने यो अत्यधिक अम्लीय हुन्छ र यसले तपाईंको छालाको पीएच परिवर्तन गर्न सक्छ । यसले छालाको जलन, सुक्खापन र क्षति निम्त्याउन सक्छ ।
सर एचएन रिलायन्स फाउन्डेशन अस्पतालका डा. सोनाली कोहली छालामा कागतीको प्रयोग किन गर्नुहुँदैन भन्ने कुरा प्रष्ट पार्छिन् । उनी भन्छिन्,‘कागती भिटामिन सीको जीवन्त स्रोत हो र यसमा एन्टिअक्सिडेन्ट र एन्टी-ब्याक्टेरियल फ्लेभोनोइड गुणहरू छन् जुन छालाको लागि उत्कृष्ट मानिन्छ । कागतीको रस अत्यधिक अम्लीय हुन्छ र हामीले प्रयोग गर्ने भिटामिन सी सीरम साइट्रिक एसिड होइन तर कागतीको रसको एस्कर्बिक एसिड संस्करण हो, जुन छालाको लागि लाभदायक हुन्छ र स्थिर हुन्छ । जब एक व्यक्तिले सिधैँ अनुहारमा कागती लगाउँछ भने उसको छालाको पीएचलाई बाधा पुर्याउँछ र यसलाई पूर्ण रूपमा अम्लीय बनाउँछ। यस्तो अवस्थामा, घामको एक्सपोजरले फाइटोफोटोडर्माटाइटिस (छालाको प्रतिक्रिया) निम्त्याउन सक्छ। त्यसैले यसबाट बच्नुपर्छ ।’
मानिस शरीरमा विभिन्न रंगहरू रहेका हुन्छन्, धेरै कारकहरूले छालाको रंगलाई प्रभाव पार्ने गर्दछन् तर वंशानुगत कारणले छालाको रंग निर्धारण हुने गर्दछ । मानव छालाको रंग नियन्त्रण गर्ने आनुवंशिक संयन्त्रका रुपमा एन्जाइम टाइरोसिनेज जिम्मेवार रहेको हुन्छ । मानव छालाको रंगको प्राथमिक निर्धारक मेलानिनले छालामा मेलानोसाइट्सद्वारा उत्पादन हुने गर्दछ ।
तसर्थ, छालाको रंग निर्धारण गर्ने जीनहरू मेलानिनको मात्रा र गुणस्तरद्वारा नियन्त्रित हुन्छन् । यो आनुवंशिक संयन्त्र फ्याकल्टेटिभ मेलानोजेनेसिस र टेनिंग प्रतिक्रियाहरू द्वारा प्रबल हुन्छ । मेलानिन जस्तै, छालासहित विभिन्न तन्तुहरूमा सेलुलर प्रसार र भिन्नतालाई भिटामिन डीले विनियमित गर्नसक्छ । जसले छालाको रंगलाई असर गर्न सक्छ ।
धेरैजसो टूथपेस्टमा पानी (२०-४० प्रतिशत), एब्रेसिभ्स (५० प्रतिशत) जसमा एल्युमिनियम हाइड्रोक्साइड, क्याल्सियम हाइड्रोजन फस्फेट, क्याल्सियम कार्बोनेट, सिलिका र हाइड्रोक्स्यापेटाइट समावेश गरिएको छ । यस विषयमा एमडी (छर्मोलोजी) डा.जोयिता चौधरी,‘टूथपेस्टमा गैर-आयनिक डिटर्जेन्ट एसएलएस/पोलिथिलीन ग्लाइकोल हुन्छ । यी पदार्थहरू छालामा विशेष गरी अनुहारको छालामा लामो समयसम्म राख्नु हुँदैन ।
टूथपेस्टमा दाँत सेतो पार्ने तत्वहरू हुन सक्छन् तर छालालाई सेतो पार्ने तथ्वहरू हुँदैनन् । टूथपेस्ट लगाउनाले छालामा जलन र रातोपन निम्त्याउन सक्छ । त्यसैले टूथपेस्टले छालालाई सेतो बनाउँछ भन्ने दाबी गलत छ ।
Frontiersin.org
Pubmed.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 30, 2025
Newschecker And THIP Media
May 23, 2025
Newschecker And THIP Media
May 16, 2025