Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
टर्की-सिरिया भूकम्पसँग सम्बन्धित केही दाबीसहितका सामग्री नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ फैलिएका छन् । यी सामग्रीहरूमा भूकम्प पीडितलाई उद्दार गर्न नेपाली सेना टर्की पुगेको र नेपाली सेनाले त्यहाँ उद्दार कार्य सुरु गरेको दाबी गरिएको छ ।
Keshab Kirati नामक फेसबुक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा तस्बिर देख्न सकिन्छ । उक्त तस्बिरमा नेपाली सेनाका एकजना अधिकृत र हेलिकोप्टर देखिएको छ । तस्बिरमा नेपाली सेनाका अधिकृतले बच्चालाई उद्दार गरेको दृश्य देखिन्छ ।
प्रस्तुत तस्बिरसँगै एउटा स्ट्याटस पनि लेखिएको छ । उक्त स्ट्याटसमा भूकम्पका कारण क्षतिग्रस्त टर्कीमा नेपाली सेनाले उद्दारकार्य सुरु गरेको दाबी गरिएको छ । स्ट्याटसमा लेखिएको छ- ‘टर्की, भुकम्प क्षतिग्रस्त उद्वार सुरु (नेपाली सेना) जय चन्द्र सुर्य ।’
अर्कोतर्फ भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा नेपाली सेना भूकम्प पीडितलाई राहत तथा उद्दारका लागि टर्कीतर्फ प्रस्थान गरेको दाबी गरिएको छ । rabi lamichhane supporter नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो नेपाली सेनाको ताँती विमानमा चढिरहेको देख्न सकिन्छ ।
प्रस्तुत साग्रीमा नेपाली सेनाको टोलीसँगै नेपाल वायुसेवा निगमको विमान पनि देखिन्छ । उक्त सामग्रीको थमनेलमा नेपाली सेना टर्कीतर्फ लागेको लागेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ,‘टर्की लागे नेपाली आर्मी भूकम्प पीडितलाई राहत लिएर सहयोग गर्न सलाम छ नेपाल आर्मीलाई ।’
३ दिनअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीमा ५१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब ५ सय टिकटक प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरिसकेका छन् । टर्की-सिरियामा गएको भूकम्पसँग नेपाली सेनालाई जोडेर तयार पारिएको प्रस्तुत सामग्री अत्यन्तै सम्बेदनशील रहन्छ । त्यसैले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ ।
टर्कीको दक्षिणी क्षेत्र ( सिरियाको सीमा नजिक) केन्द्रविन्दु बनाएर ७ फेब्रुअरी बिहान ४ बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्प यति शक्तिशाली थियो कि हजारौँ मानिसले ज्यान गुमाई सकेका छन् भने सयौँ घरहरू क्षतिग्रस्त भएका छन् । विपद्को यही सन्दर्भमा भूकम्प पीडितलाई उद्दार गर्न नेपाली सेना टर्की पुगेको र नेपाली सेनाले त्यहाँ उद्दार कार्य सुरु गरेको दाबी गरिएको छ ।
दाबीसहितको पहिलो सामग्रीमा भूकम्प पीडितलाई उद्दार गर्न नेपाली सेना टर्की पुगेको दाबी गरिएको छ । यस सामग्रीमा एउटा तस्बिरसमेत जोडिएको छ । सबैभन्दा पहिले हामीले उक्त तस्बिरलाई गुगल लेन्समा सर्च गर्यौँ । फलस्वरुप हामीले अमेरिकाकी स्टेट डिपार्टमेन्टको ग्लोबल पब्लिक अफियर्सद्वारा संचालित ShareAmerica नामक वेबसाइटमा प्रकाशित एउटा सामग्री फेला पार्यौँ ।
प्रस्तुत सामग्रीमा २०७२ सालमा नेपालमा गएको महाभूकम्पसँग सम्बन्धित छ । ShareAmerica मा प्रकाशित सोही सामग्री राखिएको तस्बिर र माथि उल्लेखित दाबीसहितको सामग्रीमा प्रस्तुत गरिएको सामग्री एउटै हो । यसबाट के पुष्टि हुन्छ भने भूकम्प पीडितलाई उद्दार गर्न नेपाली सेना टर्की पुगेको दाबी गर्ने सामग्री भ्रामक छ ।
त्यस्तै सोही आधारमा हामीले अर्को स्रोत पनि फेला पार्यौँ । Alamy वेबसाइटमा पनि उस्तै ढाँचाको तस्बिर देख्न सकिन्छ । भूकम्पबाट घाइते एक बच्चालाई युएस मरीन कोर्प्सको हेलिकप्टरबाट नेपाली सेनाले उद्दार गरिएको जानकारी उक्त तस्बिरको व्याप्सनमा दिइएको छ । क्याप्सनमा लेखिएको छ – ‘काठमाडौं, नेपाल । मे १३, २०१५ । एक नेपाली सिपाहीले युएस मरीन कोर्प्सको हेलिकप्टरबाट भूकम्प पीडित एक बच्चालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मे १२, २०१५ मा नेपालको मेडिकल ट्राइज एरियामा लैजाँदै ।’
पहिलो सामग्री भ्रामक सावित भएपछि हामी दाबीसहितको दोस्रो सामग्रीको जाँचमा जुट्यौँ । दोस्रो सामग्रीमा भूकम्प पीडितलाई उद्दार गर्न नेपाली सेना टर्की प्रस्थान गरेको दाबी गरिएको छ । तर, भिडियोमा देखिएका नेपाली सेना टर्कीतर्फ प्रस्थान गरेको दाबी भ्रामक छ ।
जाँचकै क्रममा हामीले Vijay Lama नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पार्यौँ । २ वर्षअघि अर्थात् २३ अगस्ट २०२० मा पोस्ट गरिएको उक्त सामग्रीमा देखिएका नेपाली सेना संयुक्त राष्ट्रसंघ (युएन)को शान्ति मिशनका लागि दक्षिण सुडानतर्फ प्रस्थान गर्दै गरेको देखिन्छन् । यही सामग्रीलाई भ्रामक तरिकाले नेपाली सेना टर्कीतर्फ प्रस्थान गरेको दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
नेपाली सेना राहत तथा उद्दारका लागि टर्की प्रस्थान गरेको र उद्दारको काम सुरु गरेको भन्ने दाबी भ्रामक छ । दाबीसहितका सामग्रीमा देखिने दुबै दृश्य टर्की-सिरिया भूकम्पसँग सम्बन्धित छैनन् ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
March 25, 2025
Aakash Chhetri
April 23, 2024
Aakash Chhetri
October 16, 2023