Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: बेसारको पात भिजाएको पानी डेढ महिनासम्म सेवन गर्दा पायल्स र कब्जियत समस्या हट्ने र नबल्झिने दाबी ।
तथ्य: बेसारले समग्र स्वास्थ्यको लागि केही फाइदाहरू हुन सक्छ तर यसलाई पायल्स वा कब्जियतको उपचारको रूपमा प्रयोग गर्नु गलत हो ।
पायल्स र कब्जियत समस्याको घरेलु उपचारबारे तयार पारिएको एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा बेसारको पात भिजाएको पानी डेढ महिनासम्म सेवन गर्दा पायल्स र कब्जियत समस्या हट्ने र नबल्झिने दाबी गरिएको छ ।
Prem Kshetri फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एकजना महिलाले घरेलु स्वास्थ्य टिप्स बताइरहेको आवाज सुन्न सकिन्छ । उक्त आवाजमा भनिएको छ- ‘हजुरहरुले यो बेसारको पातलाई कटिङ गरेर बेलुका भिजाएर बिहान खालिपेटमा पानी खानुभयो भने कब्जियतबाट पनि तपाईं बच्नसक्नुहुनेछ, पायल्स एकदमै ठिक बनाउँछ, मात्र डेढ महिना खानुभयो भने पायल्स कहिल्यै बल्झिदैन है ।’
बेसारको पात भिजाएको पानी डेढ महिनासम्म सेवन गर्दा पायल्स र कब्जियत समस्या निको हुन्छ त? वास्तविकता पत्ता लगाउँन हामीले तथ्यजाँच गरेका छौँ ।
बेसारको पातलाई भिजाएको पानी सेवन गर्दा पाइल्स र कब्जियत निको हुन्छ भन्ने धारणालाई प्रमाणित गर्ने वैज्ञानिक प्रमाण छैनन् ।
बेसारमा औषधीय गुणहरू हुन्छन् । बेसारमा विशेष गरी सक्रिय यौगिक कर्क्यूमिन, यसको एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरूको लागि परिचित छ । यी गणहरु वैज्ञानिक अनुसन्धानद्वारा समर्थित छन्, त्यसैले बेसारलाई वैकल्पिक औषधिको एक सामान्य उपाय मान्न सकिन्छ ।
बेसारले शरीर सुन्निने अवस्थाबाट केही हदसम्म राहत प्रदान गर्न सक्छ । यद्यपि, बेसारको पात भिजाएको पानीको सेवनले पायल्स वा कब्जियतको उपचारमा प्रत्यक्ष प्रभाव पार्नसक्छ भनेर प्रमाणित गर्ने प्रमाणहरू सीमित छन् ।
बेसारमा पित्त उत्पादनलाई उत्तेजित गर्ने क्षमता हुन्छ, यही कारणले पाचनमा मद्दत हुनसक्छ । तर, यो गढेको कब्जियतको पक्का उपचार होइन । कब्जियत सामान्यतया तब हुन्छ, जब आन्द्राको चाल विरलै हुन्छ वा पास गर्न गाह्रो हुन्छ । यही अवस्थामा बेसारले पित्त उत्पादन बढाउने क्षमताको कारण पाचनमा हल्का प्रभाव पार्न सक्छ तर कब्जियतमा यसको प्रभाव सीमित छ ।
त्यस्तै केही अवस्थामा अधिक गम्भीर वा दीर्घकालीन कब्जियतको लागि जुलाब वा अन्य औषधिहरू आवश्यक हुन सक्छन् । तर बेसारको पात भिजाएको पानी हानिकारक नभए पनि पाचन समस्याहरूको लागि प्राथमिक उपचारको रूपमा भरपर्नु हुँदैन ।
अर्कोतर्फ बेसारको पात भिजाएको पानी पिउदैमा पायल्स आफैँ निको हुँदैन । गुदद्वारको वरिपरि रक्तनलीहरू सुन्निने अवस्थालाई नै पायल्स भनिन्छ । यो अवस्था पीडादायी र असहज हुन सक्छ । पायल्सलाई व्यवस्थापन गर्ने उत्तम तरिका उचित चिकित्सा उपचार हो । सामान्य अवस्थामा आहार परिवर्तनहरू, ओभर-द-काउन्टर क्रीमहरू र अधिक गम्भीर अवस्थामा चिकित्सा प्रक्रियाहरू यसको उपचारमा समावेश छन् ।
बेसारले समग्र स्वास्थ्यको लागि केही फाइदाहरू हुन सक्छ तर यसलाई पायल्स वा कब्जियतको उपचारको रूपमा प्रयोग गर्नु गलत हो । पायल्स वा कब्जियतको समस्याका लागि सबैभन्दा प्रभावकारी उपचार योजना निर्धारण गर्न स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नु उत्तम हुन्छ । बेसारको पात भिजाएको पानी सेवन गर्दा दीर्घकालीन राहत प्रदान गर्ने सम्भावना हुँदैन ।
बेसार एक शक्तिशाली जडिबुटी हो, जसका स्वास्थ्य लाभहरूलाई वैज्ञानिकरुपमा दस्तावेजिकरण गरिएको छ । यद्यपि, पायल्स र कब्जियत जस्ता अवस्थाहरूको लागि यो चमत्कारी उपचार होइन । बेसारको पातमा भिजाएको पानीमा मात्र सेवन गर्दा अवस्था झन जटिल हुनसक्छ । यदि कसैलाई पायल्स वा कब्जियतका लक्षणहरु देखिएको भए सधैँ एक स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नुपर्छ ।
रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, mountsinai.org
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Newschecker And THIP Media
August 8, 2025
Newschecker And THIP Media
August 1, 2025
Newschecker And THIP Media
July 18, 2025