Sunday, May 11, 2025

Fact Check

भ्यालेन्टाइन सप्ताहमा फैलियो भ्रामक दाबीसहितको सामग्री, नारायणकाजी श्रेष्ठले भाषण गरेको दृश्यलाई भनियो सिंगलहरूको आन्दोलन

Written By Aakash Chhetri
Feb 14, 2022
banner_image

Claim

image

Fact

image

आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, सोमबार विश्वभर यो दिवस मनाइएको छ । नेपाली युवाहरूले पनि भ्यालेन्टाइन सप्ताह मनाइरहेका छन्, जसको छनक सामाजिक संजालमा पनि देखिन्छ । पछिल्लो समय सामाजिक संजालमा ‘भ्यालेन्टाइन डे’ सम्बन्धी प्रशस्तै सामग्रीहरू भेटिएका छन् । जसमध्येको एक सामग्री #HariAwasthi नामक टिकटक आइडीमा पोस्ट भएको छ ।

शनिबार पोस्ट भएको उक्त भिडियोमा नेपालका ‘सिंगलहरू आन्दोलन’मा उत्रिएको दाबी गरिएको छ । वृहत् सडक प्रदर्शनको दृश्य देखिने भिडियोको थमनेलमा लेखिएको छ,‘सिंगलहरू आन्दोलन, सिंगलहरू एक हौँ ।’ त्यस्तै भिडियोसँग जोडिएको अडियोमा पनि यही दाबी दोहोर्‍याइएको छ । 

भिडियोमा नेपालका माओवादी केन्द्रका अविवाहित नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेको दृश्यसमेत देखाइएको छ ।  समाचार शैलीमा रेकर्ड गरिएको अडियोमा भनिएको छ-

विश्वभर चलिरहेको भ्यालेन्टाइन सप्ताहलाई मध्यनजर गर्दै नेपालका सिंगलहरू आज काठमाडौँका विभिन्न स्थानमा भेला भएका छन्, उनीहरूले सिंगलहरू एक हौँ, सधैँ एक्लै बस्न सक्दैनौँ, एक्लै बस्न गाह्रो भो, दिउँसै अँध्यारो भो जस्ता नारा लगाएका थिए । करिब करिब १५ देखि २० हजारकाे जमातमा भएका सिंगलहरूले आफ्नो संस्था दर्ता गराएर अध्यक्ष चयन पनि गरेका छन्, उनीहरूकाे एउटै मात्र माग थियो हामीलाई जसरी पनि जोडी मिलाइदिनुपर्‍यो सरकार, नत्र सडक संघर्ष जारी राख्ने छौँ, हामी सधैँ अर्काको जोडी टुलुटुलु हेरेर बस्न सक्दैनौँ भन्दै जंगिएका थिए, एकजना आन्दोलनमा सहभागी युवाले भन्नुभयो गीत पनि सधैँ मायाका बन्ने फिल्म-टेलिसिरियलमा पनि जोडी देखाइने, कतै होटल तथा रेस्टुरेन्टमा पनि जोडीलाई छुट दिइने तर आफू भने माया प्रेमको अनुभव नै गर्न नपाइ मरिन्छ कि भन्ने पीर लागेको भन्दै दुखेसो पोख्नुभयो र भन्नुभयो सरकारले हाम्रो माग गम्भिरतापूर्वक लेओस् नत्र यो १५-२० हजारको जमात केही पनि होइन भोलि हामी लाखौँ सिंगलहरू उतार्छौँ ।

भिडियो पोस्ट भएको दुई दिनमै करिब साढे १२ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ५ सयभन्दा बढीले रियाक्ट गरिसकेका छन् । त्यस्तै भिडियो सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या साढे ५ सयभन्दा बढी छ । यसबाट के प्रस्ट हुन्छ भने अडियो दाबीसहितको यो भिडियोको फैलावट व्यापक छ ।

भिडियोमा जोडिउको अडियोको फैलावट यही भिडियोमा मात्रै सिमित छैन । अडियोसँग विभिन्न दृश्यहरू जोडेर अन्य भिडियोसमेत पुन: निर्माण गरिएको छ । उक्त अडियोबाट दुई दिनभित्रमा १९भन्दा बढी भिडियो पुन:निर्माण भइसकेका छन् । हेर्नुहोस्, पुननिर्मित भिडियोहरू :

तथ्य जाँच र प्रमाणीकरण

भ्यालेन्टाइन सप्ताहमा सन्दर्भमा पोस्ट गरिएको भिडियोको फैलावट व्यापक छ । त्यसैले हामीले उक्त दाबीमाथि तथ्यजाँच गर्ने निर्णय गर्‍यो । सबैभन्दा पहिले हामी टिकटकमा पोस्ट भएको अडियो/भिडियोको मूल अंश खोज्ने काम गर्‍यौँ । 

भिडियोमा देखिने दृश्यहरूका आधारमा हामीले युट्युब, गुगल, फेसबुक लगायतमा विभिन्न किवर्ड सर्च सरियो । भिडियोमा केही परिचित व्यक्ति र सभाका दृश्यहरू देखिएका कारण ‘नारायनकाजी श्रेष्ठ’, ‘शक्ति प्रदर्शन’, ‘प्रचण्ड-नेपाल’ लगायतका किवर्ड सर्च गरियो किवर्ड सर्चबाट केही उपलब्धि प्राप्त नभएपछि नेपालको चर्चित संचार माध्यम देखापढी डटकमका सामाजिक संजालहरूमा राखिएका भिडियोलाई एक-एकगरी हेर्नुपर्ने भयो ।   

देखापढी नै हेर्नुको कारण थियो, दाबीसहितको भिडियोमा राखिएको लोगो । टिकटकमा देखाइएको दृश्यमा देखापढीको लोगो राखिएका कारण यसको मूल भिडियो पनि देखापढीकै हो भन्ने प्रारम्भिक अनुमार रह्यो । अन्तत: हाम्रो अनुमान सही सावित भयो । 

दाबीसहितको टिकटक भिडियोमा राखिएको दृश्य देखापढी अनलाइनले तयार पारेको भिडियोबाट तानिएको रहेछ । देखापढीले राखेको भिडियो भने भ्यालेन्टाइन सप्ताह मनाइरहेका युवाहरूको नभएर एक राजनीतिक कार्यक्रमको हो ।   

फेब्रुअरी १०, २०२१ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । तत्काली केपी शर्मा ओली सरकरविरुद्ध भएको शक्ति प्रदर्शनलाई देखापढीले ड्रोन भिडियोसहित प्रत्यक्ष प्रसारण गरेको थियो । उक्त भिडियो देखापढीको फेसबुक आइडीमा ‘प्रचण्ड समूह नेकपाको आज काठमाडौंमा शक्ति प्रदर्शन ड्रोन भिडियोसहित प्रत्यक्ष प्रसारण’ शीर्षकमा भेटिन्छ ।

यो तथ्यबाट के प्रष्ट हुन्छ भने सिंगलहरूको आन्दोलन भन्ने दाबीसहित टिकटकमा राखिएको टिकटक भिडियोमा प्रयोग गरिएको दृश्यमा सत्यता छैन । उक्त दृश्य भ्यालेन्टाइन सप्ताहको नभई राजनीतिक शक्ति प्रदर्शनको हो । करिब १५ देखि २० हजारकाे जमात काठमाडौँमा जम्मा गरेर सरकारसँग जोडी खोजिदिन माग गरेको दाबी पनि अपुष्ट छ । 

निष्कर्ष : 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ देखिने भिडियोमा सिंगलहरूको आन्दोलन भन्ने दाबी भ्रामक छ । श्रेष्ठ लगायतका नेताहरू देखिएको कार्यक्रम सिंगलहरूको आन्दोलनको होइन, त्यो कार्यक्रम राजनीतिक शक्ति प्रदर्शन हो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

प्रचण्ड समूह नेकपाको आज काठमाडौंमा शक्ति प्रदर्शन ड्रोन भिडियोसहित प्रत्यक्ष प्रसारण


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage