Wednesday, May 14, 2025

Fact Check

मुस्ताङ विमान दुर्घटना : सामाजिक संजालमा फरक सन्दर्भका तस्बिर र दृश्य

Written By Aakash Chhetri
May 31, 2022
banner_image

Claim

image

Fact

image

आइतबार बिहान (१५ जेठ) नेपाली आकासमा सानो आकारको एउटा विमान बेपत्ता भयो । तारा एयरलाइन्सको उक्त ट्विनअटर विमान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो । तर, निर्धारित समयमा उक्त विमान जोमसोम पुग्न सकेन । सम्पर्कविहीन भएको १९ घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थाम फेला पर्‍यो । 

मुस्ताङ जिल्लाको थसाङ गाउँपालिका-२ स्थित सानुसरे भीरमा १४ हजार ५ सय फिटमाथि तारा एअरको विमान दुर्घटना भएको थियो । विमान दुर्घटनामा परी चालक दलसहित २२ जना मानिसले ज्यान गुमाए । यस विमान दुर्घटनापछि सामाजिक संजाल तातिएको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुबीच मृतकलाई श्रद्धान्जली दिने होड नै चलेको देखिन्छ । यही क्रममा विमान दुर्घटनाका केही अंशहरूलाई तारा एअरको विमान दुर्घटनासँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।

MThapa नामक टिकटक आइडीमा अज्ञात विमान दुर्घटनाको दृश्यसहितको भिडियो पोस्ट गरिएको छ । भिडियोमा एउटा ठूलो आकारको विमानले सन्तुलन गुमाएर जमिनतिर खसिरहेको दृश्य देखिन्छ र भिडियोसँगै अन्त्यमा तारा एअरको विमानको अगाडि भाग देखिने तस्बिर प्रस्तुत गरिएको छ । 

साथै भिडियोमा राखिएको थमनेलमार्फत् उक्त पोखराबाट जोमसोम जाने क्रममा विमान दुर्घटना भएको जानकारी दिइएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज मुस्ताङको दुर्गम क्षेत्रमा दुर्घटनाभएको आशंका, जहाजमा ६ विदेशीसहित २२ यात्रु ।’

एक दिनअघि पोस्ट गरिएको विमान दुर्घटनासँग सम्बन्धित प्रस्तुत सामग्रीको फैलावट व्यापक छ । १ लाख ११ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले उक्त सामग्रीमा रियाक्ट गरिसकेका छन् भने १२ सयभन्दा बढी प्रयोगकर्ताले भिडियोलाई सेअर गरिसकेका छन् । त्यसैगरी विमान दुर्घटनासँग सम्बन्धित अर्को सामग्री पनि टिकटकमा फैलिएको छ । 

Arunmukhiya नामक टिकटक आइडीमा अज्ञात विमान दुर्घटनाको दृश्यसहितको भिडियो पोस्ट गरिएको छ । साथै भिडियोमा राखिएको थमनेलमार्फत् उक्त पोखराबाट जोमसोम जाने क्रममा विमान दुर्घटना भएको जानकारी दिइएको छ । थमनेलमा लेखिएको छ,‘आज २०७९ जेठ १५ गते, फ्लाइ समय ९:५५ एएम, पोखरादेखि जोमसोम जाने क्रममा विमान दुर्घटना, १९ जना सवार ३ जना पाइलटसमेत जम्मा २२ जना ।’

एक दिनअघि पोस्ट गरिएको विमान दुर्घटनासँग सम्बन्धित प्रस्तुत सामग्रीको फैलावट व्यापक छ । करिब २६ हजार टिकटक प्रयोगकर्ताले उक्त सामग्रीमा रियाक्ट गरिसकेका छन् भने करिब साढे ३ सय प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । 

तथ्यजाँच/प्रमाणीकरण

पहिलो भिडियोमा एउटा ठूलो विमान सन्तुलन गुमाएर खसेको दृश्य देखाइएको छ र त्यहाँ तारा एअरको विमान दुर्घटना भएको तस्बिर पनि देखिन्छ । भिडियोको थमनेलमा पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङमा दुर्घटनाग्रस्त भएको जानकारी दिइएको छ । तर, भिडियोमा देखिएको दुर्घटनाग्रस्त विमानको सन्दर्भ भने फरक हो ।

भिडियोमा प्रयोग गरिएको दृश्यलाई गुगल रिवर्स इमेज सर्च गर्दा विमान दुर्घटना भएको देखाउने भिडियो ५ वर्षअघिको रहेको पाइयो । kathmandupost मा छापिएको समाचार अनुसार भिडियोमा देखिएको तस्विर सन् २०१७ नोभेम्बरमा हुम्ला जिल्लामा भएको विमान दुर्घटनाको हो । उक्त ठूलो विमानको भिडियो र तारा एअरको विमान दुर्घटनाको पूरानो तस्बिरलाई मुस्ताङमा भएको दुर्घटनासँग जोड्नु भ्रामक बनेको छ । 

दाेस्रो भिडियोमा अज्ञात स्थानमा विमानको तस्बिर देखाइएको छ। यस भिडियोको थमनेलमा पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनाग्रस्त भएको जानकारी दिइएको छ । तर, भिडियोमा देखाइएको विमान दुर्घटनाको दृश्य भने मुस्ताङमा दुर्घटनाग्रस्त तारा एअरको जहाजको होइन । न्यूजचेकरले गुगल रिवर्स इमेज सर्च गर्दा अपारट नामक फारसी भिडियो-केन्द्रित वेबसाइटमा उक्त भिडियोको मूल अंश फेला पार्‍यो । उक्त भिडियो ३ वर्षअघि नै इन्टरनेटमा पोस्ट गरिएको देखिन्छ । 

निष्कर्ष :

माथि उल्लेखित टिकटक सामग्रीमा प्रयोग गरिएका विमान दुर्घटनाका दृश्य र तस्बिर मुस्ताङमा दुर्घटनाग्रस्त तारा एअरको विमानको होइन । फरक सन्दर्भका तस्बिर र दृश्य राखेर भ्रामक सामग्री उत्पादन गरिएको छ ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Kathmandupost

Aparat.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage