Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
पछिल्लो साता नेपाली टिकटक प्रयोगकर्ताहरूमाझ एउटा भिडियो फैलिरहेको पाइयो, जसमा नेपालका पूर्वअर्थमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामशरण महतमाथि आक्रमण भएको दृश्य देखिन्छ । भिडियोमा पूर्वअर्थमन्त्री रामशरण महतले एक कार्यक्रमलाई सम्बोधन गरिरहेको देखिन्छ र सोही बेला एकजना मानिसले महतमाथि बोतलले प्रहार गर्छन् ।
#भटक_मक नामक टिकटक आइडीमा उल्लेखित भिडियो एक साता पहिले पोस्ट गरिएको देखिन्छ । भिडियोको थमनेलमा ‘अब युवाहरूले भोट माग्न आउने नेतालाई मार्ने भए’ भन्ने व्यहोरा भिडियोको थमनेलमा उल्लेख छ । थमनेलमा लेखिएको छ,‘अब मार्ने भए युवाले नेतालाई, खाली भोट मात्र माग्न आउने उपलब्धी केही छैन ।’
भिडियोमा साढे १२ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ३ सयभन्दा बढी प्रयोगकर्ताहरूले भिडियोमा कमेन्ट गरेका छन् । त्यस्तै भिडियोलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या करिब साढे ४ सय देखिन्छ । यो तथ्यले उल्लेखित भिडियोको फैलावट द्रुत रहेको प्रष्ट पार्छ ।
यतिमात्र होइन, सोही दृश्यसहितको अर्को भिडियो पनि टिकटकमा फैलिएको देखिन्छ । #SabinShrestha नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा रामशरण महतमाथि बोतल आक्रमण भएको दाबी गरिएको छ । एक साताअघि नै पोस्ट गरिएको उक्त भिडियोमा थमनेलसमेत राखिउको छ । थमनेलमा लेखिएको छ,‘कांग्रेस नेता पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल आक्रमण ।’
२०७९ को स्थानीय तह निर्वाचन नजिकिइरहेको छ । यो निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजय गराउन पूर्वअर्थमन्त्री रामशरण मतहसमेत चुनावी अभियानमा जुटेका छन् । यही बेला सामाजिक संजालमा नेपाली कांग्रेस नेता रामशरण मतहमाथि भौतिक आक्रमण भएको दाबीसहितका भिडियो सामाजिक संजालमा फैलाइएको पाइयो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल आक्रमणको भिडियो एक साता पहिलेदेखि सामाजिक संजालमा पोस्ट हुन थालेको देखिन्छ । उक्त भिडियोको थमनेलमा आसन्न स्थानीय तहको निर्वाचन र भोट माग्ने प्रशंगलाई पनि जोडिएको देखिन्छ । यो तथ्यबाट के प्रष्ट हुन्छ भने उल्लेखित भिडियोमा देखिएको घटनालाई हालसालैको जसरी प्रस्तुत गरिएको छ ।
सबैभन्दा पहिले हामीले टिकटकमा फैलाइएको उक्त भिडियोको मुल स्रोत पत्ता लगाउने काममा लाग्यौँ । जसअनुसार हामीले युट्युब लगायत अन्य सामाजिक संजालमा ‘रामशरण महत आक्रमण’ ‘रामशरण महत बोतल आक्रमण’ जस्ता वाक्यांश नेपाली र अंग्रेजी भाषामा सर्च गर्यौँ । फसस्वरुप हामीले एउटा युट्युब भिडियो फेला पार्यौँ ।
eSampangTV नामक युट्युब च्यानलमा भेटिएको एउटा सानो भिडियो क्लिपमा पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल आक्रमण गरिएको दृश्य देखिन्छ । भिडियोको रुपरेखा र त्यहाँ राखिएको वाटरमार्कले उक्त भिडियो नै टिकटक भिडियोको मूल स्रोत रहेको देखिन्छ । १७ मार्च २०१८ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ,‘Ram Saran Mahat, Former Finance Minister beaten in Dubcheshow, Nuwakot’
प्रस्तुत भिडियोकै आधारमा हामीले घटनाबारे थप जानकारी प्राप्त गर्यौँ । नेपालको अनलाइन संचार माध्यम अनलाइन खबरमा बोतल आक्रमणको घटनाबारे तयार पारिएको समाचार भेटियो । ‘कांग्रेस नेता डा. महतलाई बोतल हान्ने पक्राउ’ शीर्षकको उक्त समाचार पाँच वर्ष पुरानो हो । राष्ट्रिय समाचार समितिले तयार पारेको उक्त समाचारलाई अनलाइन खबरले साभार गरेको देखिन्छ ।
राससले ५ वर्षअघि तयार पारेको समाचार यस्तो छ :
पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथि बोतल प्रहार गरी दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए । साँझ ६ बजेतिर भएको घटनामा संलग्न रहेका खड्कालाई प्रहरीले पक्राउ गरी राति नै जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने पछिल्लो साता सामाजिक संजालमा पोस्ट गरिएको उक्त भिडियो पाँच वर्ष पूरानो हो । आसन्न निर्वाचनको सन्दर्भमा यो भिडियो सामाजिक संजालमा फैलाइनुले आंशिक भ्रम सिर्जना गरेको देखिन्छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतमाथि हालसालै कुनै भौतिक आक्रम भएको छैन । हालसामै सामाजिक संजालमा फैलाइएको बोतल आक्रमणको भिडियो चार वर्ष पुरानो हो ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
July 4, 2025
Aakash Chhetri
July 2, 2025
Newschecker And THIP Media
June 29, 2025