Monday, May 12, 2025
नेपाली

Fact Check

Fact Check: नेपाल-भरतबीच युद्ध सुरु भएको भ्रामक दाबी

Written By Aakash Chhetri
Jun 27, 2023
banner_image

Claim

image

Fact

image

दाबी: भारतीय नागरिकमाथि गोली चल्न थालेको र नेपाल-भरतबीच युद्ध सुरु भएको छ ।
तथ्य: नेपाल-भरतबीच युद्ध सुरु भएको छैन । भारतीय नागरिक र सशस्त्र प्रहरी बलबीच झडप भएको तथा सशस्त्र प्रहरीले हवाई फायर गरेको समाचार दुई वर्ष पूरानो हो । 

सामाजिक संजाल टिकटकमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा भारतीय नागरिकमाथि गोली चल्न थालेको र नेपाल-भरतबीच युद्ध सुरु भएको दाबी गरिएको छ ।

Anilmandal नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा भिडियो रिपोर्ट (समाचार)को अंश पनि जोडिएको छ । उक्त समाचारमा नेपालको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले भारतीय नागरिकमाथि गोली चलाएको दाबी गरिएको छ ।  

समाचारको भिडियोसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको तस्बिर देख्न सकिन्छ । उक्त सामग्रीको थमनेलमा नेपाल-भरतबीच युद्ध सुरु भएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘नेपाल भर्सेस भारत, सुरु भयो युद्ध ।’

पाँच दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ४७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । २४ सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब तीन सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

प्रस्तुत दाबीसहितको सामग्री सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली तथा भारतीय नागरिकका लागि अन्त्यन्तै संवेदनशील छ । यस दाबीसहितको सामग्री नेपाली र भारतीयबीच रहेको सम्बन्धका हिसावले पनि महत्वपूर्ण देखिन्छ । त्यसैले दाबीसहितको सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित भिडियो सामग्रीमा भारतीय नागरिकमाथि गोली चल्न थालेको र नेपाल-भरतबीच युद्ध सुरु भएको दाबी गरिएको छ । दाबीसहितको सामग्रीमा एउटा समाचार अंश पनि जोडिएको छ, जसमा नेपालको सशस्त्र प्रहरी बलले भारतीय नागरिकमाथि गोली चलाएको दाबी गरिएको छ ।

हिन्दी भाषाको भिडियो रिपोर्टलाई तथ्यका रुपमा प्रस्तुत गरिएका कारण हामीले समाचारको जाँचबाटै यस तथ्यजाँचको सुरुआत गर्‍यौँ । जसका लागि हामीले पुन: एकपटक दाबीसहितको सामग्री नियाल्यौँ । उक्त समाचारको एक कुनामा टीभी नाइन भारतवर्ष को लोगो राखिएको छ । यही आधारमा हामीले युट्युबमा ‘APF fire  TV9’ वाक्यांश सर्च गर्‍यौँ । 

सर्चको नतिजास्वरुप TV9 Bharatvarsh नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो रिपोर्ट फेला पर्‍यो । दुई वर्षअघि अर्थात् २५ जुलाई २०२० मा पोस्ट गरिएको उक्त समाचारमा भारत-नेपाल सीमामा नेपालको एपीएफले भारतीय नागरिकमाथि गोली चलाएको जानकारी दिइएको छ । भिडियोको सारांशमा हिन्दी भाषामा लेखिएको छ- नेपालका प्रधानमन्त्रीको बोली बदलियो? नेपाली एपीएफ अर्थात् नेपाल आर्म्ड पुलिस फोर्सका जवानले गोली चलाउन थालेका छन्, १०० सकेन्डमा हेर्नुहोस् सीमामा भारतीय नागरिकमाथि किन गोली चलाउन थालियो ।

दुई वर्ष पूरानो उल्लेखित समाचारमा भारतीय नागरिक र नेपाली सशस्त्र प्रहरी बलबीच झडप भएको र सशस्त्र प्रहरीले हवाई फायर गरेको जानकारी दिइएको छ । नेपाल-भारत सीमामा यस्ता खालका घटनाहरू घटिरहेका हुन्छन् । यही घटनाका आधारमा नेपाल-भारतबीच युद्ध भएको भन्नुले भ्रामक सन्देश प्रवाह गरेको छ । तर, यो घटना वर्तमान सन्दर्भसँग मेल खाँदैन । किनकि उक्त समाचारमा उल्लेखित घटना दुई वर्ष पूरानो हो ।

दुई वर्ष पूरानो घटना र त्यसमाथि तयार पारिएको समाचारलाई आधार बनाएर नेपाल-भरतबीच युद्ध सुरु भएको दाबी गरिएको पाइयो ।अर्कोतर्फ दाबीसहितको भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काठमाडौँ महानगरका मेयर बालेन शाहको तस्बिर जोडिएको छ । सीमा क्षेत्रमा हुने सामान्य झडपलाई आधार बनाएर युद्ध सुरु भएको दाबी गर्नु अत्यन्तै संवेदनशील विषय हो, त्यसैले यो सामग्री भ्रामक देखिन्छ । 

निष्कर्ष

नेपाल-भरतबीच युद्ध सुरु भएको छैन । भारतीय नागरिक र सशस्त्र प्रहरी बलबीच झडप भएको तथा सशस्त्र प्रहरीले हवाई फायर गरेको समाचार दुई वर्ष पूरानो हो । उक्त घटनालाई वर्तमान सन्दर्भसँग जोड्दै  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काठमाडौँ महानगरका मेयर बालेन शाहको तस्बिर जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

TV9 Bharatvarsh


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage
cookie

Our website uses Cookies

We use cookies and similar technologies to help personalise content,tailor and measure ads, and provide a better experience. By clicking OK or turning an option on in Cookie Preferences, you agree to this, as outlined in our Cookie Policy.