Wednesday, May 14, 2025

Fact Check

के अमेरिकाले १५ दिनभित्र सबै नेपालीलाई देश छोड्न आह्वान गरेकै हो ?

Written By Aakash Chhetri
Sep 24, 2021
banner_image

Claim

image

Fact

image

‘हेप्यो अमेरिकाले नेपालीलाई’ थममेल राखिएको एउटा तस्बिर टिकटकमा फैलिरहेका छ। उक्त टिकटक नेमखबर डटकम नामक समाचार पोर्टलको सामग्रीलाई स्क्रिनसट गरेर बनाइएको हो। स्क्रिनसटमा देखिने समाचारको हेडलाइनमा लेखिएको छ,‘दुखद खबर : अमेरिकाले १५ दिनको समयभित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिकलाई देश छोड्न आह्वान, अब के होला त?’

संजय पण्डित नामक आइडीमा एक दिनअघि पोस्ट भएको उक्त सामग्रीमाथि पाँच हजार ६ सय प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त भिडियो करिब तीन सय पटक शेयर भइसकेकाे छ। 

टिकटकमा फैलिउको स्क्रिनसट।

टिकटकमा मात्र होइन, यो समाचारको स्क्रिनसट फेसबुकतिर पनि फैलिरहेको देखिन्छ। फेसबुकका पब्लिक ग्रुपतिर यो समाचारका स्क्रिनसट देखिएका छन्। जसमध्येको एक हो, सीटी खबर नामक ग्रुप। यो ग्रुपमा समाचारको लिङ्क नै पोस्ट भएको छ।

तथ्य जाँच / प्रमाणीकरण

नेमखबर डटकमबाट यो शीर्षक यही असोज २ गते सार्वजनिक भएको हो। यसपछि मात्र यो शिर्षकलाई स्क्रिनसट गरेर सामाजिक संजालहरूमा फैलाउन थिलिएको देखिन्छ। स्क्रिनसट गरिएको समाचारको लिङ्क ब्राउजरमा खोल्दा यस्तो देखिन्छ-

नेमखबर डटकमबाटमा छापिएको भ्रामक हेडलाइन र साम्रगी

अमेरिकाले नेपालीलाई देश छोड्न आह्वान गरेकै हो?

हेडलाइनमा लेखिएको कुराको समाचारमा छैन। बिस्तृत समाचार देखिने ठाउँमा अर्कै समाचार राखिएको छ। समाचारमा देखिने तस्बिरहरू गुगलबाट तानेर बेवसाइटमा पोस्ट गरिएको छ।

यस्तै खालको हेडलाइन अर्को बेवसाइटमा पनि देखिन्छ। उजालानेटवर्क डटकम नामको बेवसाइट दुरुस्तै खालको हेडलाइन राखेर एउटा पोस्ट गरिएको छ। यो बेवसाइटको लिङ्क खोल्दा पनि बिस्तृत समाचार आउनुपर्ने ठाउँमा अर्कै फरक-फरक सूचनाहरू राखिएको छ। 

यो बेवसाइटले त झन एक कदम अगाडि बढेर ‘अष्ट्रेलियाले १५ दिनको समयभित्र अमेरिकामा बस्ने सवै नेपाली नागरिकलाई देश छोड्न आह्वान, अब के होला त ?’ भन्दै भ्रामक हेडलाइन राखेको छ। 

उजालानेटवर्क डटकम नामको बेवसाइटमा राखिएको भ्रामक सामग्री।

दुवै वेबसाइट र सामाजिक संजालमा फैलाइए जसरी अमेरिकी र अष्ट्रेलियन सरकारले नेपालीलाई फिर्ता गर्ने कुनै निर्णय अहिलेसम्म गरेको छैन। यो विषयमा वाशिङ्गटन डि.सी.स्थित नेपाली राजदूतावासको बेवसाइटमा पनि यस्तो खालको कुनै सूचना छैन।

निष्कर्ष : 

अमेरिकाले १५ दिनभित्र सवै नेपाली नागरिकलाई देश छोड्न आह्वान गरेको भन्ने दाबी साँचो होइन। यो दाबीसँग जोडिएका सवै सामग्री भ्रामक हुन्।

नतिजा : भ्रामक/असत्य

हाम्रो स्रोतहरू

नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी.


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 

image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage