Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.
पूर्ण कार्की नामक फेसबुक प्रयाेगकर्ताले शुक्रबार बिहान ६ बजे दक्षिण एशियाको एउटा नक्सा सेअर गरे। नेपालसमेत रहेको उक्त नक्सालाई राजनीतिक नक्सा भनिएको छ। जसमा माथिल्लो भागतिर नेपाली भाषामा लेखिएको छ,‘नेपालको यो नक्सा धेरैभन्दा धेरै सेअर गरौँ ताकि विश्वले नेपालको नक्सा चिनोस्।’
यसअघि यही नक्सासहितको पोस्टलाई सेप्टेम्बर ४ मा मुक्तिप्रसाद सापकोटाको फेसबुक आइडीबाट नेकपा माओवादी केन्द्र नामक ग्रुपमा राखिएको थियो। उक्त पोस्टलाई ६२ प्रयोगकर्ताले सेअर गरेका थिए।
२० नोभेम्बर २०१९ मा नगेन्द्र संग्रौला नामक फेसबुक प्रयोगकर्ताले यो नक्सा पोस्ट गरेको देखिन्छ। ‘विश्व मान चित्रमे नेपालका असली नक्सा’ लेखेर पोस्ट गरिएको यो नक्सालाई अहिलेसम्म ९० हजार फेसबुक प्रयोगकर्ताले सेअर गरिसकेका छन्।
सामाजिक संजालमा नेपालको गलत नक्सा
त्यस्तै यो पोस्टलाई सुनिल श्री नामक फेसबुक प्रयोगकर्ताले ग्यालेक्सी फोरके टीभी नामको ग्रुपमा राख्दा ५ सय ६१ जनाले सेअर गरेका छन्। गोर्खाली खबर नामको पेजमा यो नक्सालाई पोस्ट गर्दा ८८ प्रयोगकर्ताले यसलाई सेअर गरेका छन्।
त्यसैगरी रोयल मिडिया नेपाल नामको फेसबुक पेजले पनि यही नक्सालाई पोस्ट गरेको गरेको थियो। जसलाई ४८ प्रयोगकर्ताले सेअर गरेका छन्। फेसबुकमा मात्र नभएर ट्विटरमा पनि यो नक्सासहितको पोस्ट फैलिएको देखिन्छ।
तथ्य जाँच / प्रमाणीकरण
यो नक्सासहित पोस्ट सन् २०१९ बाट सामाजिक संजालमा फैलिन थालेको देखिन्छ। यो नक्सा सामाजिक संजालमा फैलिनेक्रम आझै पनि रोकिएको छैन। दुई दिनअघि मात्रै यो नक्सासहितको पोस्ट सेअर भएको देखिन्छ।
यो नक्सामा रहेका रेखाहरूलाई तोडमोड सामाजिक संजालमा फैलाइएको छ। यसरी तोडमोड गर्दा नेपाल र भारतीय सीमा रेखालाई नक्सालाई लक्षित गरिएको देखिन्छ।फैलाइएको उक्त नक्सामा अंग्रेजीमा ‘नेपाल पोलिटिकल म्याप’समेत लेखिएको छ। तर, नेपालको राजनीतिक नक्सा उक्त नक्सामा देखाइएको जस्तो छैन।
नेपाल सरकार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी विभागले आफ्नो बेवसाइटमा राखेको नेपालको राजनीतिक\प्रशासनिक नक्सा यस्तो छ-
त्यस्तै सामाजिक संजालमा फैलाइएको यो नक्सामा भारतीय सीमालाई समेत तोडमोड गरिएको छ। भारतीय सर्वोक्षण विभागले आफ्नो बेव साइटमा राखेको भारतको राजनीतिक नक्सा यस्तो देखिन्छ-
लाइब्रेरी अफ कंग्रेसले आफ्नो बेव साइटमा राखेको दक्षिण एशियाको नक्सा पनि सामाजिक संजालमा फैलाइएको नक्सा जस्तै देखिँदैन।
सामाजिक संजालमा फैलाइएको नक्सा ग्रेटर नेपालको नक्सासँग मिल्दोजुल्दो देखिन्छ। ग्रेटर नेपाल फिर्ता हुनुपर्ने माग राख्दै केही अभियानकर्ताले नेपालमा अभियान अलाइरहेका छन्। चर्चित भारतीय पत्रिका दैनिक भास्करको अनलाइनमा छापिएको समाचार अनुसार सन् १८१६ भन्दा अगाडि गोरखालीहरूले नेपालको सिमानासँग जोडिएका भारतीय राज्यहरुको नियन्त्रण लिएका थिए।
तर, त्यतिबेला नियन्त्रणमा लिएका भू-भागहरू गोरखालीले गुमाए। दैनिक भास्करले आफ्नो समाचारसँगै तत्कालीन ‘ग्रेटर नेपाल’को नक्सासमेत प्रकाशित गरेकाे थियो।
नेपालको अहिलेको राजनीतिक नक्सा सामाजिक संजालमा फैलाइएको जस्तो देखिदैन। सरकारले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक\प्रशासनिक नक्सासमेत सामाजिक संजालमा भनिएको जस्तो आकारको छैन।
के हो नेपाल-भारत नक्सा विवाद ?
नोभेम्बर २०१९ मा भारतले आफ्नो राजनीतिक नक्सा जारी गरेपछि नेपालमा उक्त नक्साको चर्को विरोध भयो। किनकि नेपालले आफ्नो दावी गरिरहेको लिम्पियाधुरा-कालापानीसहितको भूभाग उक्त नक्सामा समेटिएको थियो।
नक्सा जारी भएपछि नेपालले भारतलाई पटकपटक कुटनीतिक नोटसमेत पठाएको थियो। तर, सहमति हुन नसकेपछि नेपाले पनि आफ्नो राजनीतिक नक्सा जारी गर्नुपर्ने आवाज उठ्न थाल्यो। त्यसपछि विसं. २०७७ जेठमा तत्कालीन केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटेरे नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा औपचारिकरुपमा जारी गर्यो।
तर, नेपालको राजनीतिक प्रशासनिक नक्सालाई भारतले अस्वीकार गर्दै आएको छ। नेपालको नयाँ नक्सालाई गुगल म्याप र अन्य विदशीले तयार पार्ने आफ्ना नक्साहरूमा समेटेका छैनन्। नेपालमा भने उक्त नक्सा पूर्णरुपमा कार्यन्वयन भइसकेको छ।
निष्कर्ष :
सामाजिक संजालमा फैलिएको दक्षिण एशियाको नक्सा कुनै पनि राजनीतिक नक्सा होइन। यो दक्षिण एशियाको सही नक्सा पनि होइन। नेपालको नक्सालाई बिगारेर यसलाई भ्रामक बनाइएको छ।
नतिजा : भ्रामक/असत्य
हाम्रा स्रोतहरू :
- The Library of Congress
- Survey Department, Nepal
- Survey of india
- पत्रपत्रिका र समाचार पोर्टल
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.