Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
गम्भीर दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । reshurajeshbist55 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) आक्रोशित भावमा देखिएका छन् । मुडभेड भएको जस्तो देखिने उक्त दृश्यसहितको सामग्रीमा नेपाल-भारत सिमानामा गोली चलेकोसमेत दाबी गरिएको छ ।
प्रस्तुत दाबीसहितको भिडियो सामग्रीको थमनेलमा सर्लाहीमा भारतीयले एउटा सीमा स्तम्भ (जङ्गेपिलर) सारिसकेको र अर्को पनि सार्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । थमनेलमा लेखिएको छ- लालापट्टी सर्लाहीस्थित २२६ स्तम्भ स्थानीय भारतीयहरूले सारेको र २६८ पनि सार्न लागेको । नेताहरूलाई भने केही पनि मतलभ छैन ।’
यतिमात्र होइन, भिडियोमा अडियो दाबी पनि जोडिएको छ जसमा सीमामा गोली चलेको दाबी गरिएको छ । अडियोमा भनिएको छ- ‘एकाएक नेपाल-भारत सिमानामा चल्याे भटाभट गोली ।’
पाँच दिनअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीमा करिब १ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ५० जना प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । दाबीसहितको सामग्रीको फैलावट व्यापक नभएपनि यहाँ गरिएको दाबी भने अत्यन्तै संवेदनशील छ । सोही संवेदनशीलतालाई मध्यनजर गर्दै न्युजचेकरले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेको छ ।
दाबीसहितको सामग्रीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) आक्रमक भावमा देखिएका छन् । दाबीसहितको सामग्रीमा मुडभेडको अवस्था देखिएको छ । यही दृश्यलाई मध्यनजर गर्दै हामीले सबैभन्दा पहिले उक्त दृश्यको मूल स्रोतको जाँच गर्ने जमर्को गर्यौँ ।
दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमा Mero Pokhara Tv नामक युट्युब च्यानलको लोगो राखिएको छ । उक्त युट्युब च्यानलले फरक सन्दर्भका दृश्यहरू फरक सन्दर्भसँग जोडेर सनसनीपूर्ण र भ्रमपूर्ण ढंगबाट प्रशारण गर्ने गर्दछ । यसअघि पनि उक्त च्यानलका सामग्रीबारे हामीले तथ्यजाँच गरिसकेका छौँ ।
नयाँ दाबीसहितको सामग्रीको तथ्यजाँचका सिलसिलामा हामीले पुन: उक्त च्यानलका रिपोर्टहरू नियाल्यौँ । फलस्वरुप टिकटकमा फैलाइएको भिडियोको मूल अंश मेरो पोखरा टीभी युट्युब च्यानमा ४ अगस्ट २०२२ मा पोस्ट गरिएको पाइयो ।
प्रस्तुत च्यानलले सनसनीपूर्ण ढंगले प्रस्तुत गरेको उक्त मुडभेडको दृश्यको वास्तविकता पत्ता लगाउन हामीले थप जाँच गर्नुपर्ने देखियो ।सबैभन्दा पहिले हामीले ‘सीमामा एसएसबीको दादागिरी’ लगायतका वाक्यांश सर्च गर्दा News24 nepal टेलिभिजनको युट्युब च्यानलमा २७ अप्रिल २०१८ मा पोस्ट गरिएको एउटा भिडियो रिपोर्ट फेला पर्यो ।
‘कञ्चनपुरको पुनर्वासमा एसएसबीको ज्यादती, नेपालीले गरेको तारबार उखेलियो’ शीर्षकको उक्त रिपोर्टसँग माथि दाबीसहितको सामग्रीमा प्रयोग गरिएको दृश्य मिल्दोजुल्दो देखिन्छ ।
यही भिडियो रिपोर्टका आधारमा हामीले ‘एसएसबीको दादागिरी’ ‘kanchanpur’ लगायतका किवर्ड सर्च गर्दा हामीले दाबीसहितको सामग्रीमा प्रयोग गरिएको मूल भिडियो फेला पार्यौँ । Kharibot नामक युट्युब च्यानलमा २६ अप्रिल २०१८ मा पोस्ट गरिएको देखिन्छ ।
प्रस्तुत दुबै भिडियोका आधारमा घटनाको थप विवरणका लागि हामीले अर्को स्रोतको खोजी गर्यौँ । यही क्रममा ‘पुनर्वासमा तारबार उखेले’ ‘एसएसबी’ ‘कन्चनपुर’ लगायतका किवर्ड सर्च गर्दा nayapatrikadaily मा छापिएको एउटा रिपोर्ट भेटियो । उक्त रिपोर्टमा एउटा केशस्टडीका रुपमा राखिएको विवरण र माथिका भिडियोहरूमा दिइएको विवरण एक आपसमा मिल्छ ।
नयाँ पत्रिकामा राखिएको घटना विवरण यस्तो छ : वैशाख २०७५- पुनर्वास नगरपालिका– ९, बीचफाँटामा लगाएको तारबार उखेलिदिएको । नेपालको प्यारातालमा नेपाल पक्षबाट ठेक्का दिँदासमेत भारतीय वन विभागले एसएसबीको आडमा आधा माछा लिने गरेको ।
प्रस्तुत तथ्यजाँचका क्रममा न्युजचेकरले फेला पारेका स्रोतहरूले के प्रस्ट पार्छन् भने माथि दाबीमा भनिएजस्तो एसएसबी र मुडभेडको दृश्य अहिलेको नभएर चार वर्ष पुरानो हो । उक्त दृश्य सर्लाहीको पनि होइन र त्यहाँ गोली पनि चलेको थिएन ।
सीमामा गोली चल्यो भन्दै सामाजिक संजालमा फैलाइएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) देखिने दृश्य ४ वर्ष पुरानो हो । कन्चनपुरस्थित नेपाली भूभागमा लगाइएको तार दादागिरीपूर्ण तरिकाले हटाउन खोज्दा उक्त भिडियो खिचिएको थियो । उक्त घटनामा कुनै पक्षले गोली चलाएको थिएन । माथि सामाजिक संजालमा गरिएको दाबी भ्रामक छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
May 9, 2025
Aakash Chhetri
October 12, 2023
Aakash Chhetri
September 6, 2023