Friday, May 23, 2025
नेपाली

Fact Check

Fact Check: प्रधानमन्त्रीमाथि जुत्ता प्रहार भएको हो? यस्तो छ वास्तविकता 

Written By Aakash Chhetri
Mar 16, 2023
banner_image

दाबी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि राष्ट्रिय सभामा जुत्ता प्रहार भएको छ ।
तथ्य :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि वर्तमान समय (यो सामग्री तयार पार्दासम्म) मा जुत्ता प्रहार भएको छैन । दाबीसहितको सामग्रीमा फैलाइएको भिडियो तीन वर्ष पूरानो हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा भर्खरै पोस्ट गरिएको छ । उक्त सामग्रीमा एउटा भिडियो देख्न सकिन्छ, जसमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छन् ।

Veja Kharab Media नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा समारोह स्थल देख्न सकिन्छ र त्यहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित भएका छन्, यसैक्रममा उक्त समाराेहमा हलचल मच्चिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘प्रचण्डमाथि जुता प्रहार’ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको दाबीसहितको सामग्रीमा एउटा समाचार शैलीको अडियो पनि सुन्न सकिन्छ । उक्त अडियोमा  प्रधानमन्त्रीमाथि राष्ट्रिय सभाभित्र जुत्ता प्रहर भएको दाबी गरिएको छ । 

समाचार शैलीको अडियोमाथि भनिएको छ- ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय सभाभित्र जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले लियो नियन्त्रणमा, हेर्नुहोस् पूरा भिडियो ।’

पोस्ट भएको एकदिनमै दाबीसहितको सामग्रीमा करिब २५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा १४ सयभन्दा बढी प्रयोगकर्ताको प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब ५ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

मुलुककै प्रमुख कार्यकारी पदमा आसिन भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गरिएको भन्ने दाबी ज्यादै सम्वेदनशील रहेको छ । सोही कारण प्रधानमन्त्रीमाथि जुत्ता प्रहार भएको दाबीमाति हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितको सामग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार भएको दाबी गरिएको छ । एक दिनअघि मात्रै पोस्ट गरिएको  दाबीसहितको सामग्रीमा एउटा अडियोसँगै भिडियो पनि जोडिएको छ । दाबीसहितको सामग्रीमा रहेको भिडियोमा असहज माहाैल पनि देख्न सकिन्छ । 

दाबीसहितको सामग्रीलाई ध्यानमा राख्दै हामीले सबैभन्दा पहिले भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍याैँ । जस अन्तर्गत हामीले सबैभन्दा पहिले ‘प्रचण्डमाथि जुत्ता प्रहार’ भन्ने दाबीसहितको वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । जसको नतिजास्वरुप हामी थुप्रै भिडियोहरू फेला पार्‍यौँ ।

फेला पारेका नतिजामध्ये एउटा भिडियो हाम्रो नजरमा पर्‍यो । AP1 HD नामक नेपाली टेलिभिजनको युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियो र माथि दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा देखिने दृश्य एउटै छ । तर, युट्युब च्यानलमा फेला परेको ‘जुत्ता प्रहारको भिडियो’ तीन वर्षअघि अर्थात् १ मार्च, २०२० मा पोस्ट गरिएको देखियो । 

AP1 HD को भिडियोमा दिइएको विवरण अनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहारपछि ती युवकलाई हलभित्रैबाट दाहालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका एक युवाले त्यो बेला पुष्पकमल दहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गरेको भिडियोमा उल्लेख गरिएको छ । 

फेला परेका तथ्यबाट के प्रष्ट हुन्छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो तीन वर्षअघि अर्थात् १ मार्च, २०२० मा युट्युबमा पोस्ट गरिएको थियो । सोही भिडियोको एउटा अंशलाई काँटछाँट गरी वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको छ ।  

प्रस्तुत तथ्य फेला परेपछि हामीले अन्य स्रोतहरूको समेत खोजी थाल्यौँ । साथिकै तथ्यलाई आधार बनाएर हामीले ‘प्रचण्डमाथि राष्ट्रिय सभामा जुत्ता प्रहार’ भन्ने वाक्यांश गुगलमा सर्च गर्‍यौँ । जसको जतिजास्वरुप हामीले नेपालको सरकारी संचार माध्यम gorkhapatraonline तीन वर्षअघि प्रकाशित समाचार फेला पार्‍यौँ । उक्त समाचारमा घटनाको सन्दर्भ उल्लेख गरिएको छ । 

गोरखापत्रमा प्रकाशित समाचार अनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रिय सभा गृहमा आयोजित प्रथम भरतमोहन अधिकारी स्मृति कार्यक्रममा जुत्ता प्रहार भएको थियो । कार्यक्रममा सम्बोधन सकेर बस्दै गरेका उनीमाथि जुत्ता प्रहार भएको समाचारमा उल्लेख छ । 

माथि उल्लेखित भिडियोबारे न्युजचेकर नेपाल ले एक वर्षअघि पनि एउटा तथ्यजाँच रिपोर्ट प्रकाशित गरेको थियो । तर, भिडियोको सन्दर्भ एउटै भएपनि त्यो बेला सामाजिक संजालमा फरक दाबी पेस गरिएको थियो । त्यो बेला फेला परेको दाबीसहितको सामग्रीमा ‘एकाएक पर्यटन, प्राकृतिक स्रोत साधनमन्त्रीलाई उनकै कार्यकक्षमा ६ राउन्ड गोली हानी हत्या’ गरिएको दाबी गरिएको थियो । तर, जाँचका क्रममा उक्त दाबी भ्रामक सवित भएको थियो । 

निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि वर्तमान समय (यो सामग्री तयार पार्दासम्म) मा जुत्ता प्रहार भएको छैन । तीन वर्षअघि अर्थात् २०२० मार्च १ मा युट्युबमा पोस्ट गरिएको भिडियो अंशलाई काँटछाँट गरेर भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।    

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

AP1 HD, १ मार्च २०२०
Gorkhapatraonline, फाल्गुन १८, २०७६ 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

862

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage
cookie

Our website uses Cookies

We use cookies and similar technologies to help personalise content,tailor and measure ads, and provide a better experience. By clicking OK or turning an option on in Cookie Preferences, you agree to this, as outlined in our Cookie Policy.