Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
छोटो भिडिओमा ९ जना सुरक्षाकर्मी सडकमा हिडिरहेका देखिन्छन्। उनीहरूले आफ्नो साथमा हतियार पनि बोकेका छन् ‘भारतीय सेना ठूलो संख्यामा नेपाल प्रवेश’ भिडियोको थममेलमा लेखिएको छ। पछिल्लो समय यो भिडियो टिकटकमा फैलिरहेको छ।
भिडियोमा यस्तो अडियो राखिएको छ,‘चीनको निगरानी गर्ने भन्दै ठूलो संख्यामा नेपाल छिर्यो भारतीय सेना, सरकार भने बेखबर।’
सेप्टेम्बर २६ मा महेश यादव नामक टिकटक प्रयोगकर्ताले यो भिडियो टिकटकमा पोस्ट गरेका थिए। पोस्ट भएको २४ घण्टामै यो भिडियो करिब ६० प्रयोगकर्ताले शेयर गरिसकेका थिए। यो भिडियोमाथि रियाक्ट गर्नेको संख्या करिब १२ सय देखियो। त्यस्तै यही अवधिमा भिडियोमा ५० जनाभन्दा बढीले आफ्नो मत दिइसकेका थिए। पछिल्लो समय यो भिडियो सामाजिक संजालमा फैलिनेक्रम जारी छ।
यो पनि पढ्नुहोस्: के अमेरिकाले १५ दिनभित्र सबै नेपालीलाई देश छोड्न आह्वान गरेकै हो?
हालसालै ‘भारतीय सेना नेपालभित्र प्रवेश गरेको’ दाबी गर्ने भिडियो प्रस्तुति छ। तर, भिडियोमा देखिने दृश्य चिसो मौसममा हुन्। भिडियोमा देखिने सुरक्षाकर्मीले बाक्ला लुगा लगाएका छन् भने भिडियोमा समथर भूभाग र तुवाँलो देखिन्छ।
अर्को महत्वपूर्ण कुरा भिडियोमा भारतीय सेना मात्र छैनन्। त्यहाँ नेपालका सशस्त्र प्रहरी पनि छन्। यसले भिडियोमा देखिएको दृश्यलाई भारतीय सेना र सशस्त्र प्रहरीको संयुक्त गस्ती हो भन्ने आधार दिन्छ। हामीले तथ्यजाँचका क्रममा यो भिडियोको सक्कल पत्ता लगाउने प्रयास गर्यौँ तर हाम्रो प्रयास असफल भयो।

तर, सामाजिक संजालमा फैलिरहेको टिकटक कुन सामग्रीबाट तयार पारियो भन्ने कुरा चाहिँ पत्ता लगायौँ। यो भिडियो एउटा यूट्यूब च्यालनमा पोस्ट गरिएको सामग्रीबाट बनाइएको हो। ग्रेटर नेपाल टीभी नामक उक्त यूट्युब च्यानलमा यो सामग्री १६ सेप्टेम्बर २०२१ मा पोस्ट गरिएको हो। भिडियोको एउटा क्लिपलाई यूट्युबबाट जस्ताको तस्तै तालेर टिकटकमा पोस्ट गरिएको देखिन्छ।
यूट्युबमा राखिएको भिडियोसमेत अर्कै सन्दर्भको समाचारलाई जस्ताको तस्तै बढेर अर्कै सन्दर्भमा देखाउन खोजेको छ। यूट्युब प्रस्तोताले २०७६ असोजमा छापिएको समाचारलाई वाचन गरेर अहिले भिडियो बनाएका छन्। करिब दुई वर्ष पहिले अन्नपूर्ण पोस्टमा छापिएको समाचारलाई गलत फोटो भिडियो राखेर अहिले यूट्युबमा पोस्ट गरिएको हो।
यस्तो छ अन्नपूर्ण पोस्टमा छापिएको समाचार-

यस्तो छ समाचारलाई दुरुस्तै वाचन गरेर तयार पारिएको भिडियो (४:६ सुरु)-
दुई वर्ष पूरानो समाचारलाई वाचन गरेर ताजा सन्दर्भ जसरी प्रस्तुत गरिएको छ। भिडियोमा प्रयोग भएका क्लिप र तस्बिरहरू पनि अलग सन्दर्भका हुन्। विषय र सन्दर्भलाई तोडमोड गरेर सुरुमा यूट्युब सामग्री तयार पारियो र पछि त्यही भिडियो टिकटकमा फैलियो।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri
May 20, 2026
Aakash Chhetri
April 21, 2026
Surendra Phuyal
June 1, 2021