Thursday, April 25, 2024
Thursday, April 25, 2024

Home 2021

Yearly Archives: 2021

के मन्त्रिपरिषद्‍ले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ?

पछिल्लो समय नेपालमा कोभिड-१९ को ओमिक्रोन नामक नयाँ भेरियन्ट सम्बन्धी चर्चा व्यापक छ । उक्त चर्चासँगै सामाजिक संजालमा निषेधाज्ञाको विषय पनि उठेको छ । नेपालमा पनि मन्त्रिपरिषद्ले निषेधाज्ञा हुन लागेको दाबी गर्ने केही अडियो/भिडियो टिकटकमा फैलिइरहेका छन् । जसमध्येको पहिलो भिडियो एक हप्ताअघि एउटा...

‘नेपालमा लकडाउन लागू’ भएको दाबी गर्ने अडियोसहितका भिडियोहरू टिकटकमा छरपस्ट

सुबोध कोइराला नामक टिकटक प्रयोगकर्ताले मंगलबार पोस्ट गरेको भिडियोमा ‘नेपालमा लकडाउन लागू’ भएको दाबी गरिएकाे छ । भिडियोमा सुनिले अडियोमा भनिएको छ,‘सरकारले जारी गरेको कलडाउनको सूचना मंगलबार बिहान ६ बजेबाट देशैभर लागू, एक सातासम्म घरबाट बाहिर ननिस्कन सरकारको आदेश ।’ भिडियोको थमलेनसमेत राखिएको छ त्यहाँ...

सुनको मूल्यमा अलमल, के सुनको मूल्य प्रतितोला १२ हजार रुपैयाँमा झरेको थियो ?

भिडियोमा सुनको मूल्य एक तोलाको १२ हजार ३ सय रुपैयाँमा झरेको दाबी गरिएको छ । एकै दिन सुनको मूल्य १६ सय घटेर १२ मा हजारमा आइपुगेकोसमेत दाबी गर्ने उक्त भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा समाचार बाचिकाले समाचार पढ्दै सुनकाे मूल्य सम्बन्धी...

‘नेपाल बन्दमा बसमाथि आगजनी’ भएको दाबीसहित भिडियो भाइरल, के बन्दकर्ताले नै बसमा आगो लगाएका हुन् ?

बसमा आगो लागिरहेको दृश्यसहित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ। सडकमा एउटा बस उभिएको छ जसमा आगो दनदनी बलिरहेकाे देखिन्छ। जसको नेपथ्यमा केही व्यक्तिहरूले गुहार मागिरहेको देखिन्छ। उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपाल बन्दमा गाडी चलाको भनेर आगजनी, मेरो देश।’  भिडियोको क्याप्सनमा पनि यही आशयको...

तिहार लगत्तै लकडाउन हुन लागेको दाबी गर्ने भिडियोहरू भाइरल

पछिल्लो समय सामाजिक संजाल टिकटकमा तिहार लगत्तै लकडाउन हुन लागेको दाबी गर्ने भिडियोहरू फैलिरहेका छन्। उक्त भिडियोहरूमा नेपालमा कोभिड-१९ संक्रमण बढेकोभन्दै सरकारले सवारीसाधन संचालनमा रोक लगाउन लागेको दाबी गरिएको छ। प्रदिप बस्नेत नामक टिकटक प्रयोगकर्ताले आइतबार सडकमा गाडी चलिरहेको भिडियो पोस्ट गरे। भिडियोमा सुनिने...

भूकम्प सम्बन्धी भ्रामक भिडियोहरू भाइरल, ‘भर्खरै ठूलो भूकम्प’ भन्दै पुराना दृश्यका साथ गलत दाबी

पछिल्लो समय सामाजिक संजालमा केही भिडियोहरू फैलिरहेका छन्। उक्त भिडियोहरूमा नेपालमा ठूलो भूकम्प गएको र अझै ठूलो भूकम्प जानेसमेत दाबी गरिएको छ। जसमध्येको एउटा भिडियो वकिल आलम नामक टिकटक प्रयोगकर्ताले बुधबार पोस्ट गरेका छन्। भिडियोको थमनेलमा लेखिएको छ,‘भर्खरै नेपालको दोलखामा ठूलो भूकम्प।’ पोस्ट भएको २४...

लिम्पियाधुरा क्षेत्रमा जनगणना : के परराष्ट्र मन्त्रीले ‘भारतलाई सोध्नुपर्छ’ भनेकै हुन् ?

परराष्ट्रमन्त्री नारायण खड्काले ‘लिम्पियाधुरा-कालापानी क्षेत्रमा जनगणना गर्न भारतलाई सोध्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएको दाबीसहितका समाचारहरू आइरहेका छन्। सन् १८१६को सुगौली सन्धि अनुसार महाकाली (सारदा) नदि पूर्वको भूभाग नेपालको हो तर कालीको शिरतिर रहेको यो क्षेत्रलाई नेपाल र भारत दुवैले आफ्नो भूभाग भनी दाबी गरिरहेका छन्।...

नदीमा खसेको घर नेपालको होइन, केरलाको हो

नदीमा खसेको घरको भिडियो सामाजिक संजालमा फैलिररहेको छ। भिडियोमा एक व्यक्तले ‘सवै भाग..सवै भाग...’ भनिरहेका छन्। घर छेवैको नदीमा बाढी आएको देखिन्छ। नदीको छेउमा सडक छ र सडकको छेउमा एउटा घर छ। नदीमा आएको बाढीले कटान गरेका कारण घर नदीतिर भत्किएको भिडियोमा देख्न सकिन्छ।   भिडियोको...

रामकोटमा ढलिरहेको घरको भिडियो भाइरल

एउटा पक्की घर ढलिरहेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। भिडियोको थमनेलमा भूकम्पका कारण उक्त घर ढलेको दाबी गरिएको छ। साथै सवैलाई विचार पुर्‍याएर बस्नसमेत आग्रह गरिएको छ। भिडियो नेपालको रामकोटको रहेको र त्यहाँ ६.४ रेक्टरस्केलको भूकम्प गएकोसमेत जानकारी दिइएको छ। वरिपरीका मान्छेहरू चिच्याइरहेको...

‘उड्ने बच्चा’को भिडियो कसरी बुद्ध एयरको जहाजसँग जोडियो ?

एउटा 'उड्ने बच्चा'को टिकटक भिडियो अदृश्य ढंगले दुर्घटनाबाट बचेको बुद्ध एयरको जहाजसँग जोडिएको छ। पछिल्लो समय टिकटकमा एउटा 'उड्ने बच्चा'को भिडियो भाइरल भइरहेको छ। भिडियोमा एउटा सानो बच्चा देखिन्छ। जसको बिस्तारै बिस्तारै पखेटा पलाइरहेको देखिन्छ। पखेटा पलाएको बच्चा भिडियोमा उड्न पनि थाल्छ। सूर्य बोहरा नामक...