Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा भारतले आफ्नो गोर्खा रेजिमेन्टमा नेपाली जवानहरूको भर्ती रोकेको दाबी गरेको छ। भिडियोको थममेलमा हिन्दी भाषामा लेखिएको छ,‘भारत का बहुत बड़ा फैसला, अब भारतीय सेना में गोरखा जवान नहीं होङ्गे भर्ती।’
भिडियोमा नेपाललाई चीनसँगको दोस्ती भारी परेकोसमेत दाबी गरिएको छ। फरक-फरक भिडियो क्लिप र फोटोहरू जोडेर यो सामग्री तयार पारिएको देखिन्छ। जहाँ यसबारे एउटा अडियो क्लिप पनि सुनिन्छ। जसले माथि नै भनिएको कुराहरूलाई दाबी गरेको छ। भिडियोमा भारतले नेपाली जवानहरूको विकल्पमा कुमाउ र गडवाल क्षेत्रका जवानहरू गोर्खा रेजिमेन्टमा सामेल गराउनेसमेत जानकारी दिइएको छ। यो भिडियो पछिल्लो समय टिकटकमा फैलिरहेको छ।
सन् १८१५ मा भएको सुगौली सन्धिपछि ब्रिटिश इस्ट इन्डिया कम्पनीले नेपाली जवानहरूलाई आफ्नो सेनामा भर्ती गर्न थालेको इतिहास भेटिन्छ। सन् १९४७ मा जब भारतबाट इस्ट इन्डिया कम्पनी फिर्ता भयो त्यपछि केही गोर्खा रेजिमेन्टहरू ब्रिटिश सेनामा सामेल गराइयो भने केही भारतीय सेनाकै अंग बने।
त्यसयता भारतीय सेनामा रहेर नेपाली जवानहरूले सेवा दिइरहेका छ। भारतले गोर्खा रेजिमेन्टको आवश्यक्ता अनुसार नेपाली जवानहरूले वर्षेनी भर्ती गर्ने गर्छ। नेपाल-भारत र ब्रिटेनबीचको त्रिदेशीय सम्झौता अनुसार नेपाली जवानहरू भारतीय सेनामा भर्ती हुने गरेका छन्। पछिल्लो समय भारतीय सेनामा ७ वटा गोर्खा रेजिमेन्ट छन्। जसमा बटालीयनको संख्या ३९ छ।
पछिल्लो समय नेपालमा नेपाल-भारत र ब्रिटेनबीचको त्रिदेशीय सम्झौता पुनरावलोकनको बहस चल्ने गरेको छ। तर, यो विषयमा कुनै पनि देश ठोस निर्णय वा मनस्थितमा पुगिसकेको देखिँदैन। झन् नेपाल-भारतबीच त यो विषयमा खासै ठूलो छलफल नै भएको छैन।
माथि भिडियोमा भारतले गोर्खा रेजिमेन्टमा नेपाली जवानहरूक भर्ती रोकेको भन्ने दाबीलाई पुष्टि गर्नेगरी भारतले कुनै निर्णय नै गरेको देखिन्न। यो विषयमा शेरबहादुर देउवाको वर्तमान सरकार र भारतीय पक्षबीच कुनै छलफल पनि भएको छैन।
टिकटकमा फैलिएको भिडियो एउटा हिन्दी भाषाका सामग्री उत्पादन गर्ने यूट्युब च्यालनबाट झिकिएको हो। एनएचआएर न्युज नामक उक्त यूट्युब च्यालनमा यही सेप्टेम्बर २८ मा एउटा भिडियो पोस्ट भयो, जसमा भारतले नेपाली जवानहरूको भर्ती रोकेको दाबी गरिएको थियो। यही भिडियोलाई तानेर टिकटक प्रयोगकर्ताले आफ्नो आइडीमा पोस्ट गरेको देखिन्छ।
भारतले नेपाली युवाहरूलाई आफ्नो सेनामा भर्ती नलिने निर्णय गरेको कुरा साँचो होइन। तर, भारतले गोर्खा रेजिमेन्टका लागि आश्यक्ता अनुसार जवानहरू नपाएको कुरा भने साँचो हो। यही सेप्टेम्बर २७ मा चर्चित भारतीय संचार माध्यम नवभारत टाइम्सले प्रकाशित गरेको एक रिपोर्टमा कुमाउ-गढवाली युवाहरूलाई गोरखा रेजिमेन्टमा भर्ती भइरहेको खुलासा गरेको थियो। उक्त रिपोर्ट अनुसार उक्त भर्ती नेपाली जवानहरूको कमीका कारण गोर्खा रेजिमेन्टमा कुमाउ-गढवाली युवाहरू भर्ती गरिएको हो।
भारतले आफ्नो गोर्खा रेजिमेन्टमा नेपाली जवानहरूक भर्ती रोकेको छैन। यो सूचना भ्रामक हो।
‘भारतीय सेना नेपाल छिरेको’ भिडियो भ्रामक
के नेपाललाई ब्रिटेनले ‘भारतसँग डटेर सामना गर्नू’ भनेको हो ?
सामाजिक संजालमा नेपालको गलत राजनीतिक नक्सा भाइरल
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
July 19, 2023
Aakash Chhetri
June 8, 2023
Aakash Chhetri
October 14, 2022