Thursday, July 17, 2025

Fact Check

काठमाडौँमा विमान दुर्घटना भएको दाबी, के हो वास्तविकता ?

Written By Aakash Chhetri
Jun 20, 2022
banner_image

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा विमान दुर्घटना भएको दाबीसहितका दृश्यहरू फैलिरहेका छन् । चार दिनअघिबाट सामामाजिक संजालमा देखिन थालेका ती दृश्यमा आगलागीपछि धुवा उडिरहेको दृश्य देखिएका छन् । उद्दारकर्मीहरू दौडादौड गरिरहेको दृश्यसमेत ती टिटकटक भिडियोहरूमा देखिएका छन् । 

 Supriya नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा पनि उस्तै दृश्यहरू देखिएका छन् । आगलागी भएको, धुवा उडिरहेको, दमकलले आगो निभाइरहेको र  घाइतेहरूलाई उद्दारकर्मीले उद्दार गरिरहेको दृश्य दाबीसँगै जोडिएको भिडियोमा देख्न सकिन्छ ।  

चार दिनअघि पोस्ट गरिएको प्रस्तुत भिडियोको थमनेलमा त्रिभुवन विमानस्थलमा भर्खरै विमान दुर्घटना भएको दाबी गरिएको छ ।  थमनेलमा लेखिएको छ- ‘भर्खरै १३‍० जना सवार जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना ।’

दाबीसहितको टिकटक भिडियो ।

दाबीसहितको उक्त भिडियोमा ९ हजार ६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब २ सय प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । 

गत १५ जेठमा तारा एयरलाइन्सको सानो आकारको एउटा विमान नेपाली आकासमा बेपत्ता भयो । सम्पर्कविहीन भएको उक्त विमान १९ घण्टापछि मुस्ताङ जिल्लाको थसाङ गाउँपालिका-२ स्थित सानुसरे भीरमा दुर्घटनाग्रस्त अवस्थाम फेला पर्‍यो । उक्त विमान दुर्घटनापछि नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ विमान दुर्घटनासँग सम्बन्धित विभिन्न भ्रामक सामग्री फैलिए । ती सामग्रीमाथि न्युजचेकरले तथ्यजाँच गरेको थियो । 



मुस्ताङ विमान दुर्घटनासँग जोडिएका भ्रामक सामग्रीको बाढी मथ्थर हुन नपाउँदै सामाजिक संजालमा अर्को विमान दुर्घटनाको दाबी सामाजिक संजालमा फैलिएको छ । यसपटक त्रिभुवन विमानस्थलमै  १३‍० यात्रु सवार रहेको विमान दुर्घटनाग्रस्त भएको दाबी गरिएको छ । 

नेपालमा श‌ृंखलावद्ध विमान दुर्घटना भइरहेको र दुर्घटनासँग सम्बन्धित भ्रामक सामग्री पनि उसैगरी फैलिरहेका कारण हामीले दाबीसहितको नयाँ सामग्रीमाथि पनि तथ्यजाँच गर्ने निधो गरेका छौँ । जसमा विमान दुर्घटना भएको भनेर दाबी गरिएको दृश्यको वास्तविकताबारे जाँच गरिनेछ । 

तथ्यजाँच/प्रमाणीकरण 

सबैभन्दा पहिले हामीले त्रिभुवन विमानस्थल घटेको घटना भनेर दाबी गरिएको यो घटनाबारे समाचार तयार भएका छन् कि छैनन् भनेर जान्ने निधो गर्‍याैँ । जस अनुरुप गुगलमा ‘त्रिभुवन विमानस्थलमा धुवाँ’ ‘त्रिभुवन विमानस्थल विमान दुर्घटना’ ‘त्रिभुवन विमानस्थलमा उद्दार’ लगायतका विभिन्न वाक्यांश सर्च गर्‍याैँ । 

पटक-पटकको प्रयासपछि हामीले पछिल्लो साता प्रकाशित केही समाचार लिंक भेट्टायौँ । जसमा त्रिभुवन विमानस्थलमा धुवाँ उटेको विषय उल्लेख गरिएको छ । किवर्ड सर्चबाट फेला परेका समाचार मध्य नेपाली संचार माध्यम नेपाल समय डटकमले ‘त्रिभुवन विमानस्थलमा धुवाँको मुस्लो देखिएपछि…’ शीर्षकोको प्रकाशित गरेको छ भने भने नेपाल खबर डटकमको समाचारमा ‘जब विमानस्थलबाट धुवाँको मुस्लो निस्क्यो (तस्बिरहरु)’ शीर्षको समाचार प्रकाशित गरेको देखिन्छ । यी दुबै समाचार असार १ गते प्रकाशित गरिएको थियो ।   

तस्बिरसहित प्रकाशित समाचारको अंश यस्तो छ- 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विपद् प्रतिकार्य अभ्यास गरिएको छ। विमानस्थल आधा घण्टा बन्द गरेर उक्त अभ्यास गरिएको हो । विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिएको हो । अभ्यासका क्रममा आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी तथा एम्बुलेन्स सक्रिय भएका थिए । दुर्घटनापछि उद्धारको दृश्य देखिरहँदा हवाई सेवा प्रभावित भएको थियो। दिउँसो ३ देखि साढे ३ बजेसम्म उडान तथा अवतरण सेवा अवरुद्ध भएको हो। कृत्रिम दुर्घटना भएकाले यसबाट विमानमा कुनै क्षति पुगेन, जनधनको क्षति भएन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको संयोजनमा पूर्ण संकटकालीन अवस्थाको अभ्यास भएको हो। दुर्घटना र उद्धारका सबै दृश्य बनावटी थिए। 

प्रस्तुत सामग्रीमा विमान दुर्घटनाको दृश्य देखाइएको र सोही दृश्यमाथि दाबी गरिएकाले समाचार फेला परेपछि हामीले भिडियोको वास्तविकता जाँज गर्‍याै । विभिन्न समाचार माध्यममा प्रकाशित समाचार अनुसार नै हामीले युट्युबमा किवर्ड सर्च गर्‍यौँ । जसको नतिजास्वरुप नेपाल नागरिक उड्डयन प्राधिकरणको युट्युब च्यालन CAANepal मा पोस्ट गरिएको भिडियो फेला पर्‍याे । 

यही १५ जुनमा पोस्ट गरिएको उक्त भिडियोमा पनि माथि उल्लेखित समाचारकै विवरण राखिएको छ । उक्त भिडियो दाबीसहितको टिकटक भिडियोसँग मिल्दाेजुल्दो छ । आगो लागेको स्थान वरिपरिको भू-बनावट र पछाडि देखिने घरहरूका दृश्यले दाबीसहितको दृश्य र विपद् प्रतिकार्य अभ्यास गर्दा खिचिएको दृश्य एउटै हो भन्ने संकेत दिएको छ ।         

त्यस्तै हामीले Hamro Artha नामक युट्युब च्यानलमा पनि सोही विमान दुर्घटना विपद् प्रतिकार्य अभ्यासको दृश्य देखाइएको छ । नागरिक उड्डयन प्राधिकरणको युट्युब च्यालन CAANepal मा पोस्ट गरिएको मिति र यो च्यानलमा पोस्ट गरिएको मिति पनि एउटै छ । यो भिडियो माथि टिकटकमा फैलाइएको दाबीसहितको भिडियोसँग अझ बढी मिलेको छ ।  

टिकटकमा फैलाइएको दृश्यको मूल अंश अन्य स्रोतहरूमा नभेटिएपनि प्रस्तुत तथ्यले के पुष्टि गरेका छन् भने दाबीमा भनिएजस्तो त्रिभुवन विमानस्थलमा ४ दिनअघि कुनै विमान दुर्घटनाग्रत भएको थिएन । विमान दुर्घटना विपद् प्रतिकार्य अभ्यासलाई नै दुखद् घटना भन्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।  

निष्कर्ष :

भिडियोमा दाबी गरिएजस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै विमान दुर्घटना भएको थिएन । तर, विमान दुर्घटना विपद् प्रतिकार्य अभ्यास भने भएको थियो । सोही अभ्यासको दृश्यलाई सामाजिक संजालमा भ्रामक दाबीसहित फैलाइएको पाइयो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

CAANepal 

Nepalkhabar

Nepalsamaya

Hamro Artha


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

887

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage