Wednesday, May 14, 2025

Fact Check

के भारतका गोर्खाली फौजलाई नेपाल बोलाइएको हो ? गोर्खाली सैनिकलाई आफ्नो सेनामा भर्ती गर्न चीनले आश्वासन दिएको दाबी !

banner_image

Claim

image

Fact

image

सामाजिक संजालमा अडियोमार्फत् दाबी पेस गरिएको एउटा भिडियो भेटिएको छ । जसमा भारतमा रहेका गोर्खाली फौजलाई नेपाल बोलाइएको र ती गोर्खाली सैनिलाई आफ्नो सेनामा भर्ती गर्न चीनले आश्वासन दिएको दाबी गरिएको छ । ८ सेकेन्डको उक्त सामग्री ११ फेब्रुअरीमा GorkhaliThitto नामक टिकटक आइडीमा पहिलोपटक पोस्ट गरिएको थियो ।

भिडियोमा भारतीय सेनामा रहेको गोर्खा रेजिमेन्टका सैनिकहरूले अभ्यास प्रदर्शन गरिरहेको दृश्य देखिन्छ । तर, यो सामग्रीमा मूल दाबी अडियोमार्फत् गरिएको छ । भिडियोमा जोडफ‍िएको अडियोमा भनिएको छ,‘एक्कासी भारतमा रहेका गोर्खाली फौजलाई नेपाल बोलाइयो, गोर्खाली फौजलाई चिनियाँ सेनामा भर्ती गर्न चीनले यस्तो आश्वासन दियो ।’ 

दाबीसहितको भिडियो पोस्ट भएको दुई हप्ता नबित्दै साढे ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने २१ जनाले सेयर गरिसकेका छन् । उक्त दाबीसहितको अडियोबाट अर्को भिडियोसमेत पुनर्निर्माण गरिएको छ । दुई दिनअघि पोस्ट भएको उक्त भिडियो TaraKarki नामक टिकटक आइडीमा भेटिन्छ ।

तथ्यजाँच प्रमाणिकरण

नेपाल-भारत सम्बन्धमाथि गम्भीर दाबी गरिएकाले न्युजचेकरले उक्त सामग्रीमाथि तथ्यजाँच गर्‍यो । सबैभन्दा पहिले भिडियोमा जोडिएको दाबीसहितको अडियोको मूल स्रोत पत्ता लगाउनु थियो । त्यसैले हामीले सामाजिक संजालमा हामीले ‘गोर्खा सैनिक’, ‘गोर्खा सैनिक भारतबाट फिर्ता’, गोर्खा सैनिक चिनिया सेनामा भर्ती’ लगायतका किवर्डहरू सर्च गर्‍यौँ । यो किवर्ड सर्चबाट यो सामग्रीसँग मिल्दाजुल्दा केही युट्युब भिडियोहरू भेटिए । जसमध्येको एउटा भिडियो Mero Pokhara Tv नामक युट्युब च्यानल भेटियो । ११ फेब्रुअरीमा पोस्ट गरिएको उक्त सामग्रीमा हेडलाइन राखिएको छ,‘चिनले गोर्खाली फौज भर्ती गर्ने चासो देखाएपछि भारतमा रुवाबासी ! यसरी फिर्ता हुँदै गोर्खाली !’   

हेर्नुहोस्, मूल भिडियो :

Mero Pokhara Tv नामक युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियो नै टिकटकमा पोस्ट गरिएको सामग्रीको मूल स्रोत हो । मूल भिडियोमा गरिएको दाबी नै भ्रामक हामीले भ्रामक पायौँ । युट्युब भिडियोमा तथ्यहीन दाबी गर्नुका साथै ब्रिटिस गोर्खा सैनिकको समस्यासमेत बिना प्रसंग जोडिएको देखिन्छ । यिनै सबै कुरालाई एक ठाउँमा जोड्दै उक्त सामग्रीमा भ्रामक तरिकाले  गोर्खाली सेनालाई आफ्नो सेनामा भर्ती गर्न चीनले आश्वासन दिएको दाबी गरिएको छ । तर, उक्त दाबी सही ठहर हुनेगरी कुनै प्रमाण राखिएको छैन । 

यसअघि हामीले यस दाबीसँग मिल्दोजुल्दो सामग्रीमा तथ्यजाँच गरेका थियौँ । उक्त सामग्रीमा ‘भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपाली जवानहरूको भर्ती रोकिएको’ दाबी गरिएको थियो ।

थप पढ्नुहोस्-

भारतीय-गोर्खा सैनिकसँग सम्बन्धित अपुष्ट र सनसनीपूर्ण दाबी, भारतलाई ‘गोर्खाली फौज’ले चेतावनी दिएको हो ?

‘भारतीय सेना नेपाल छिरेको’ भिडियो भ्रामक

के नेपाललाई ब्रिटेनले ‘भारतसँग डटेर सामना गर्नू’ भनेको हो ?

सामाजिक संजालमा नेपालको गलत राजनीतिक नक्सा भाइरल

निष्कर्ष :

गोर्खाली सैनिकलाई नेपाल बोलाइएको र ती गोर्खाली सेनालाई आफ्नो सेनामा भर्ती गर्न चीनले आश्वासन दिएको दाबी भ्रामक हो । किनकि उक्त सामग्रीमा फरक सन्दर्भका विषयवस्तु जोड्दै यो सामग्री तयार पारेको देखिन्छ । यसको मूल भिडियोमा पनि दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण राखिएको छैन ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Mero Pokhara Tv


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage