Monday, May 19, 2025

Fact Check

फरक सन्दर्भको समाचारलाई भ्रामक बनाइयो, रेणु दाहालले राजिनामा दिएको दाबी 

Written By Aakash Chhetri
Dec 13, 2022
banner_image

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भर्खरै एउटा सामग्री पोस्ट गरिएको छ । उक्त सामग्रीमा संचारकर्मीले टेलिभिजनमा समाचार बाचन गरिरहेको दृश्य देखाइएको छ । संचारर्मीको छेवैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर पनि देखिन्छ । यो सामग्रीमा रेणु दाहालले भरतपुर महानगरपालिकाको प्रमुख पदबाट राजिनामा दिएकोसमेत दाबी गरिएको छ ।

बिश्वघटना_offical नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा प्रचण्डकी छोरी रेणु दाहालले भरतपुर महानगरपालिकाको प्रमुख पदबाट राजिनामा दिएको र अबको प्रधानमन्त्री प्रचण्डकै परिवारबाटै बन्ने दाबी गरिएको छ । प्रस्तुत सामग्रीको थमनेलमा यस्तो लेखिएको छ –   

‘खुसीको खबर अब प्रधानमन्त्री प्रचण्डकै परिवारबाट बन्ने, प्रचण्डकी छोरी रेणु दाहालले दिइन् मेयरको राजिनामा, नेपाली जनताले देशकै चाबी प्रचण्डलाई दिएको र प्रचण्डले जसलाई बनाउन चहान्छन् उही देशको प्रधानमन्त्री बन्ने प्रचण्डको दाबी, अहिले प्रचण्डले रेणुलाई प्रधानमन्त्री बनाउन खोजेको आशंका’

सोमबार पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट व्यापक छैन तर आगामी दिनमा यो दाबी फैलिनसक्ने सम्भावना अधिक देखिन्छ । गठबन्धनका शीर्ष नेतामध्येका एक नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै छोरीलाई प्रधानमन्त्री बनाउन लागेको यो दाबी आफैमा गम्भिर पनि छ । त्यसैले हामीले प्रस्तुत दाबीको वास्तविकता जाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

जाँच थाल्नुअघि  सामाजिक संजालमा फेला परेको दाबीसहितको सामग्रीलाई पुन: एकपटक नियाल्यौँ । संचारकर्मीले समाचार पढिरहेको दृश्यलाई आधार बनाएर प्रस्तुत दाबी पेश गरिएको पाइयो । के त्यहाँ देखाइएको समाचारमा प्रचण्डकी छोरी रेणु दाहालले भरतपुर महानगरपालिकाको प्रमुखबाट राजिनामा दिएको र अबको प्रधानमन्त्री प्रचण्डकै परिवारबाटै बन्ने जानकारी दिइएको छ त ? हाम्रो जाँच यही प्रश्नबाट सुरु हुन्छ ।

हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा जोडिएको टेलिभिजन समाचारको मूल अंश खोज्नतिर लाग्यौँ । उक्त भिडियोमा News24 टेलिभिजनको लोगो देखिएको छ । यही आभारमा हामीले उक्त टेलिभिजनको युट्युब च्यानलमा मूल भिडियोको खोजी थाल्यौँ । 

News24 Nepal युट्युब च्यानलमा केही समयको खोजीपछि मूल भिडियो भेटियो । सोमबार (१२ डिसेम्बर) नै पोस्ट गरिएको उक्त समाचार दिने कार्यक्रमको नाम ‘MORNING NEWS FATAFAT’ रहेको छ । यसमा फटाफट समाचार हेडलाइनमा पढिन्छ । फटाफट पढिएको ३ नम्बरको समाचारलाई काटेर दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

फटाफटमा ३ नम्बरको समाचारलाई संचारकर्मीले यसरी पढ्छन् – ‘नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जिकिर, केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै देशलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको दाबी ।’ 

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा गरिएको दाबी र News24 टेलिभिजनले तयार पारेको समाचारमा कुनै समानता छैन । समाचारमा  

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग रहेको जिकिर गरेको बताइएको छ भने सामाजिक संजालमा प्रचण्डकी छोरी रेणु दाहालले भरतपुर महानगरपालिकाको प्रमुखबाट राजिनामा दिएको र अबको प्रधानमन्त्री प्रचण्डकै परिवारबाटै बन्ने दाबी गरिएको छ ।

निर्वाचन आयोगद्वारा सार्वजनिक मतपरिणाम अनुसार माओवादी केन्द्र तेस्रो दल (३२) बनेको छ । माओवादी केन्द्रले प्राप्त गरेको जनमतभन्दा पनि सत्ता गठबन्धनको राजनीतिक समिकरणका कारण अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने राजनीतिक सम्भावना छ तर प्रचण्ड परिवारकै व्यक्ति प्रधानमन्त्री भन्ने सम्भावना छैन । 

झन् दाबीसहितको सामग्रीमा लेखिएजस्तो प्रचण्डपुत्री रेणु दाहाल प्रधानमन्त्री बन्ने सम्भावना यसपटक छैन ।  यो सामग्री तयार पार्दासम्म रेणु दाहालले भरतपुर महानगरपालिकाको प्रमुखबाट राजिनामा दिएकी छैनन् । यही कारण उनले राजिनामा दिएको भन्ने दाबी पनि गलत छ ।   

निष्कर्ष

प्रचण्डपुत्री रेणु दाहालले भरतपुर महानगरपालिकाको प्रमुखबाट राजिनामा दिएको भन्ने दाबी गलत छ । फरक सन्दर्भको भिडियो समाचारको अंशलाई राखेर प्रचण्ड परिवारकै व्यक्ति प्रधानमन्त्री भन्ने सम्भावना रहेको भन्ने दाबी भ्रामक बनेको छ ।  

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू 

Election Commission Nepal

News24 Nepal

Bharatpur Metropolitan City


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage