Wednesday, March 12, 2025
Wednesday, March 12, 2025

HomeFact CheckFact Check: के प्रधानमन्त्री ओलीले बालेनसँग माफी मागेका हुन्?

Fact Check: के प्रधानमन्त्री ओलीले बालेनसँग माफी मागेका हुन्?

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: प्रधानमन्त्री ओलीले मेयर बालेनसँग माफी मागेको र बालेनले माफी अस्वीकार गरेको दाबी (तस्बिर)
तथ्य: पुरानो र फरक सन्दर्भमा खिचिएको तस्बिरलाई जोडेर अपुष्ट दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरका मेयर बालेन शाह देखिएको एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त तस्बिरसँगै प्रधानमन्त्री ओलीले मेयर बालेनसँग माफी मागेको र बालेनले माफी अस्वीकार गरेको दाबी गरेको दाबी गरिएको छ ।  

मिसन 84 बालेन PM नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा प्रधानमन्त्री ओली र मेयर बालेनको तस्बिर जोडिएको छ । उक्त तस्बिरमा प्रधानमन्त्री ओलीले नमस्कार गरेको दृश्य देख्न सकिन्छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘प्रधानमन्त्रीले गल्ती भयो भनेर बालेनसँग माफी मागेका छन् भने बालेनले माफी अस्वीकार गरेको छन् ।’

३ मार्च २०२५ मा पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीलाई पोस्ट गरिएको तीन दिनमै ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

के प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग माफी मागेका हुन् त? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरका मेयर बालेन शाहबीचको सम्बन्ध सुरुवातदेखि नै उतारचढावपूर्ण रहँदै आएको छ । 

यही सन्दर्भमा मेयर बालेनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई हराउन लागिपरेको आरोप लगाएका थिए । दाबीसहितको सामग्री पोस्ट भएकै दिन अर्थात् ३ मार्च २०२५ मा बालेनले सरकारविरुद्ध अर्को फेसबुक स्ट्याटस लेखेका थिए । उक्त स्ट्याटसमा उनले अहिलेको सरकारदे भ्रमको खेतीमा पीएचडी गरेको आरोप लगाएका थिए ।

यही सेरोफेरोमा प्रधानमन्त्री ओलीले मेयर बालेनसँग माफी मागेको र बालेनले माफी अस्वीकार गरेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । हामीले सबैभन्दा पहिले दाबीसँगै पोस्ट गरिएको तस्बिरको जाँच गर्‍यौँ ।  

जाँचका क्रममा तस्बिरलाई रिभर्स इमेल सर्च गर्‍यौँ । यसको नतिजास्वरुप nepalpress.com मा प्रकाशित पुरानो समाचार फेला पर्‍यो । यही समाचारमा दाबीसहितको सामग्रीमा जोडिएको तस्बिरसमेत उल्लेख गरिएको छ । यद्यपी, प्रस्तुत तस्बिर र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग माफी लागेको दाबीसँग कुनै सम्बन्ध छैन ।

१७ जेठ २०७९ मा प्रकाशित समाचार अनुसार काठमाडौँ महानगरपालिकाको मतगणना चलिरहेका बेला बालेन केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगेका थिए । सोही सन्दर्भको तस्बिरलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।

अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग माफी मागेको दाबीलाई प्रमाणित गर्ने कुनै तथ्य प्रमाण फेला परेन । अर्कोतर्फ केही महिनाअघि मात्रै प्रधानमन्त्री ओलीले बालेनतर्फ संकेत गर्दै काठमाडौँ महानगरमा आतंक मच्चिएको धारणा व्यक्त गरेका थिए ।

निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग माफी मागेको दाबी अपुष्ट छ । पुरानो र फरक सन्दर्भमा खिचिएको तस्बिरको सहायता लिँदै अपुष्ट दाबीलाई सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, bbc.com/nepali
तस्बिर, nepalpress.com
बालेन स्ट्याटस, facebook.com/balenOfficial
समाचार, nagariknews.nagariknetwork.com 

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular