Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.
दाबी: एउटा तस्बिरसँगै बल्खुको प्रदर्शनमा ५० लाख मानिस सहभागी भएको दाबी ।
तथ्य: भारतमा आयोजना हुने कुम्भ मेलासँग सम्बन्धित पुरानो तस्बिरलाई काठमाडौँको बल्खुमा राप्रपाद्वारा आयोजित प्रदर्शनसँग जोड्दै भ्रामक दाबी पोस्ट गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २६ चैत्र २०८१ मा एउटा प्रदर्शन गर्यो । काठमाडौँको बल्खुमा आयोजित प्रदर्शनमार्फत् राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुन:स्थापनाको माग राखेको थियो । राप्रपाको प्रदर्शनपछि सामाजिक संजालमा एउटा तस्बिर फैलाएको छ । उक्त तस्बिरसँगै बल्खुको प्रदर्शनमा ५० लाख मानिस सहभागी भएको दाबी गरिएको छ ।
Durga Prasai (Bhardwaj) नामक टिकटक आइडी पोस्ट गरिएको सामग्रीमा सोही तस्बिर जोडिएको छ । उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘लगभग ५० लाख छन् होला र तीनतिरबाट आएको जुलुसले बल्खु ।’

त्यसैगरी bishal.sah नामक टिकटक आइडीमा समेत उक्त तस्बिर पोस्ट गरिएको देखिन्छ । यो तस्बिरको थमनेलमा लेखिएको छ- ‘पुरै देशका जनता आएको जस्तो, आज बल्खुको भीड झट्ट हेर्दा राजा आउन लागेजस्तो ।’
काठमाडौँको बल्खुस्थित राप्रपाको प्रदर्शनसँग जोड्दै पोस्ट गरिएको तस्बिर नेपालकै हो त? वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहित पोस्ट गरिएको तस्बिरबारे खोजीनीति गर्यौँ । तस्बिरलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्दा केही समाचार नतिजाहरु फेला परे ।
दाबीसहित पोस्ट गरिएको तस्बिरसँग outlookindia.com प्रकाशित पुरानो तस्बिर हुबहु मिलेको देखियो । २१ फेब्रुअरी २०१९ मा प्रकाशित समाचार सामग्रीमा कुम्भ र हजको समयमा भागदौड रोक्नको लागि आईआईटी मद्रासले आफ्नै प्रणाली विकास गरेको जानकारी दिइएको छ ।

समाचार अनुसार कुम्भ मेला र हज जस्ता विशाल सार्वजनिक जमघटहरूमा न्यूनतम जनशक्ति प्रयोग गरेर क्षतिपूर्ण भागदौड रोक्न र भीड व्यवस्थापन गर्न आईआईटी मद्रासका वैज्ञानिकहरूले एक एल्गोरिथ्म विकास गर्न सफल भएका थिए ।
२०१९ मा प्रकाशित यही समाचारमा कुम्भ मेलाको तस्बिर जोडिएको छ । सोही तस्बिरलाई वर्तमान समयमा काठमाडौँको बल्खुस्थित राप्रपाको प्रदर्शनसँग जोडिएको देखियो ।
थप जाँचका क्रममा bhaskar.com प्रकाशित अर्को समाचार फेला पर्यो । दुई वर्षअघि पोस्ट गरिएको समाचारमा महाकुम्भ २०२५ का लागि प्रयागराज शहरको मुहार नै परिवर्तन गरिएको जानकारी दिइएको छ ।
फेला परेको यही समाचारमा उल्लेखित भिडियोमा समावेश गरिएको तस्बिर र दाबीसहितको तस्बिरबीच हुबहु समानता देख्न सकिन्छ । तर, तस्बिरसहितको भिडियोको क्याप्सनमा भने यो संगम क्षेत्र रहेको र २०१९ मा कुम्भ मेला हुँदा यस्तो भीड देखिएको जानकारी दिइएको छ ।

फेला परेका तथ्यहरुले के प्रष्ट पार्छन् भने दाबीसहित पोस्ट गरिएको तस्बिर नेपालसँग सम्बन्धित छैन । यो तस्बिर भारत कुम्भ मेलासँग सम्बन्धित पुरानो तस्बिर हो ।
निष्कर्ष
भारतमा आयोजना हुने कुम्भ मेलासँग सम्बन्धित पुरानो तस्बिरलाई काठमाडौँको बल्खुमा राप्रपाद्वारा आयोजित प्रदर्शनसँग जोड्दै पोस्ट गरिएको देखियो । तसर्थ तस्बिरसँगै बल्खुको प्रदर्शनमा ५० लाख मानिस सहभागी भएको दाबी भ्रामक छ । फरक सन्दर्भको तस्बिरलाई नेपालसँग जोड्दै भ्रामक दाबी सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तस्बिर/समाचार, outlookindia.com
तस्बिर/समाचार, bhaskar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.