Wednesday, May 14, 2025

Fact Check

विमान दुर्घटना भएको भन्दै भ्रामक सामग्री फैलाइयो, २५ जनाको निधन भएको दाबी

Written By Aakash Chhetri
Dec 27, 2021
banner_image

Claim

image

Fact

image

राजधानीबाट धनगढीका लागि उढेको विमान दुर्घटना भएको दाबीसहितका सामग्री सामाजिक संजालमा भेटिएका छन् ।शुभेश्वर कुमार यादव नामक टिकटक आइडीमा एउटा समाचारको स्क्रिनसट पोस्ट भएको छ । जसमा राजधानीबाट धनगढीका लागि उढेको विमान दुर्घटना भएकाे जानकारी दिइएको छ । लेखिएको छ,‘भर्खरै राजधानीबाट धनगढीका लागि उडेको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु ।’ 

टिकटकमा भेटिएको पोस्टमा विमान दुर्घटनाको दाबी मात्र छैन, उक्त दुर्घटनामा २५ जनाको निधन भएकोसमेत दाबी गरिएको छ ।  तीन दिनअघि पोस्ट भएको उक्त दाबीसहितको भिडियोमा सात सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् र यसलाई सेयर गर्नेको संख्या पनि बढ्दाे छ ।

विमान दुर्घटनाको यो दाबीको फैलावट व्यापक नभएपनि भिडियोमाथि मानिसको प्रतिक्रिया भने आक्रमक छ । भिडियोमा जानकी वली नामक टिकटक आइडी प्रयोगकर्ताले प्रहरीलाई नै गुहारेकी छन् । उनले यस सामग्रीलाई ‘फेक न्युजको’ शंज्ञा दिँदै यस्तो सामग्री पोस्ट गर्नेलाई कारबाही गर्नसमेत माग गरेकी छन् ।

सामाजिक संजालमा अन्योलता सिर्जना गरेकाले हामीले यस सामग्रीको तथ्यजाँच गरिहेर्‍यौँ ।

तथ्य जाँच / प्रमाणीकरण

स्क्रिनसट गरेर टिकटकमा राखिएको समाचारमा दुर्घटनाको एउटा तस्बिरसमेत देखिएको छ । तस्बिरमा एउटा विमान भूँइमा क्षतविक्षत भएको छ त्यसमाथि आगो पनि लागिरहेको देखिन्छ । केही उद्दारकर्मीले विमानमा लागिरहेको आगो निभाइरहेका छन् । यो तस्बिरले फैलिएको समाचार ‘साँच्चिकै हो कि’ भन्ने भान पारेको छ ।

स्क्रिनसटमा वेबसाइटको लिंक पनि छ । raptisamachar.com नामक डोमिनमा देखिने उक्त समाचार सामग्री यही वेबससाइटमा राखिएकै हो भन्ने चाहिँ पुष्टि हुँदैन । किनकि यो लिंकको वेबसाइटमा ‘भर्खरै राजधानीबाट धनगढीका लागि उडेको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु’ भन्ने हेडलाइन भेटिएन । तर, सामाजिक संजाल र अन्य वेबसाइटमा यही हेडलाइनका सामग्री भेटिए । 

समृद्धनेपाल डटकम नामक वेबसाइटमा ‘भर्खरै राजधानीबाट धनगढीका लागि उढेको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु’ भन्ने सामग्री पोस्ट भएको स्रोत भेटिन्छ । तर यो सामग्री बेवसाइटबाट हटाइसकेको देखिन्छ । अन्य केही बेवसाइटले उही हेडलाइन र उही तस्बिर अहिलेसम्म जस्ताको तस्तै राखेका छन् । 

Nepalkhabartoday.communabharat.com ले उही हेडलाइनका साथ उक्त सामग्री आफ्नो वेबसाइटमा राखेका छन् । नेपालखबर टूडेले आफ्नो सामग्रीको लिडलाइनमा यस्तो लेखेको छ : 

चार घण्टाभन्दा बढी समयदेखि हराइरहेको नेपाल एयरलाइन्सको विमान बुधबार हिमालयमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्दा मृत्यु भएका २३ जनामध्ये दुई शिशु पनि थिए, एक मन्त्रीले भने। नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विमान दुर्घटना भएको पुष्टि गरेका छन् ।तारा एयरको भाइकिङ (एन-एएचएच ट्विन ओटरले पोखराबाट बिहान ७.४७ मा उडान भरेको पोखरा विमानस्थलका उपनिर्देशक योगेन्द्र कुमारले आईएएनएसलाई बताए। मुस्ताङ जिल्लाको जोमसोम तर्फ जाँदै थियो । राजधानी काठमाडौंबाट २०० किलोमिटर पश्चिममा अवस्थित पोखरा नेपालको दोस्रो ठूलो सहर हो। यो एक लोकप्रिय पर्यटकीय गन्तव्य हो र ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण अभियानका लागि किक अफ पोइन्ट हो।

त्यस्तै मुनाभरत नामक वेबसाइटले सामग्रीको लिडमा यस्तो लेखेको छ ।

भ्र्खरै राजधानीबाट धनगढीका लागि उढेको बिमान दूर्घ टन हुदा २५ जानाको मिर्तु भ्र्खरै राजधानीबाट धनगढीका लागि उढेको बिमान दूर्घ टन हुदा २५ जानाको मि र्तु भ्र्खरै राजधानीबाट धनगढीका लागि उढेको बिमान दूर्घ टन हुदा ! २५ जानाको मि र्तु भ्र्खरै राजधानीबाट धनगढीका लागि उढेको बिमान दूर्घ टन हुदा २५ जानाको मि र्तु भ्र्खरै राजधानीबाट धनगढीका लागि उढेको बिमान दूर्घ टन हुदा २५ जानाको मि र्तु भ्र्खरै राजधानीबाट धनगढीका लागि उढेको बिमान दूर्घ टन हुदा २५ जानाको मि र्तु !

यी दुबै सामग्रीले भ्रम सिर्जना गरेका छन् । एउटा सामग्रीमा प्रयोग भएको तस्बिर बुद्ध एयरको शकुशल विमान हो भने अर्को दुर्घटनाग्रस्त विमानबारे हामीले थप जाँच गर्‍यौँ । यो जाँचबाट उक्त तस्बिर ९ वर्षअघि भएको विमान दुर्घटनाको रहेको पाइयो । यो सामग्रीमा प्रयोग गरिएको तस्बिर चर्चित अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सको हो ।

२८ सेप्टेम्बर २०१२ मा सीता एयरको कलसाइन एन एएचए डोर्नियर-२२८ मोडेलको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।  बिहान ६ः१७ बजे त्रिभुवन विमानस्थलबाट उडेको एक मिनेटमै उक्त जहाज दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो । यो दुर्घटनाबारे रोयटर्सले तस्बिरसहितको समाचार सामग्री तयार पारेको छ । यही दुर्घटनाको तस्बिरमाथि अहिले भ्रामक सामग्री तयार पारिएको देखिन्छ । 

निष्कर्ष :

राजधानीबाट धनगढीका लागि उढेको विमान दुर्घटना भएको र २५ जनाको निधान भएको भन्ने दाबी असत्य/भ्रामक हो । पछिल्लो समय राजधानीबाट धनगढी जान लागेको कुनैपनि जहाज मानवीय क्षति हुने खालले दुर्घटनामा परेको छैन ।  

नतिजा : भ्रामक/असत्य

हाम्रा स्रोतहरू :

Reuters : British, Chinese among 19 dead in Nepal plane crash 

नेपालखबर टूडे

मुनाभरत नामक वेबसाइट


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage