Wednesday, April 17, 2024
Wednesday, April 17, 2024

HomeFact Checkलमजुङको अडियाेमा भारतको घटना राखेर बनाइयो भ्रामक भिडियो, घटना ‘काठमाडौँकै हो’ भन्ने...

लमजुङको अडियाेमा भारतको घटना राखेर बनाइयो भ्रामक भिडियो, घटना ‘काठमाडौँकै हो’ भन्ने दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दुईवटा भिडियो सामाजिक संजालमा भेटिएका छन् । जसमा जंगली जनावर शहरमै आइपुगेको र घरपालुवा जनावरमाथि हमला गरेको दृश्यहरू देखाइएको छ । चितुवाले कुकुरमाथि हमला गरेका यी दृश्यहरू काठमाडौँमै घटेको घटना भएको भिडियोमा दाबी गरिएको छ ।  

पाँच दिनअघि सुरेश सिंह नामक टिकटक आइडी प्रयोगकर्ताले ‘कृपया जंगल आसपास घर हुनेले कुकुरलाई न्यानो साथ घरभित्र राख्नुहाेला’ लेख्दै भिडियो पोस्ट गरेका छन् । यो भिडियोमा एउटा चितुवाले घरमै आएर कुकुरको शिकार गरेको देखाइएको छ । सीसीटीभी क्यामेरामा कैद भएको उक्त भिडियो काठमाडौँकै रहेको दाबीसमेत भिडियोमा गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘काठमाडौँ आसपासमा सामान्यजस्तै भएको छ आजकाल कुनै रात हुँदैन कुकुर नहराएको, २०२१ डिसेम्बर ११ गते गोकर्णेश्वर काठमाडौँ ।’

उक्त भिडियोमा ३९ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब ८ सय प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । 

यस्तै अर्को भिडियो पनि सामाजिक संजालमा फैलिएको छ । यो भिडियोमा पनि चितुवाले कुकुरमाथि आक्रमण गरेको छ । माथि चर्चा गरिएको भिडियो र यो भिडियोमा भएको अर्को समानता हो, भिडियोमा प्रयोग गरिएको अडियो । कुकुर भुकिरहेको एउटा अडियो दुईवटै भिडियोमा प्रयोग गरिएको छ । त्यस्तै यो भिडियोमा प्रयोग गरिएको दाबीमा पनि समानता छ । दुबै भिडियोमा देखाइएको घटना काठमाडौँ उपत्यकामा घटेको दाबी भिडियोको थमनेलमा छ ।

८ हजार ३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको यो भिडियो चार दिनअघि सुरेश सिंह नामकै टिकटक आइडीबाट पोस्ट गरिएको थियो । भिडियोको थमनेलमा लेखिएको छ,‘काठमाडौँमा पहिलो वर्षतिर पनि थियो चितुवा आतंक, काठमाडौँमा माइती नेपालले सुस्त मनस्थिति आश्रम । अघिल्लो वर्ष । सार्वजनिक मात्रै नभएको हो ।’

काठमाडौँमा घटेको घटना भन्दै सामाजिक संजालमा फैलिरहेका यी भिडियोहरूले अन्याेलता सिर्जना गरेका छन् । त्यसैले यी भिडियोमाथि हामीले तथ्यजाँच गरेका छाैँ ।

तथ्य जाँच / प्रमाणीकरण

पहिलो भिडियोमा घरभित्रै पसेर चितुवाले कुकुर शिकार गरेको दृश्य देखिन्छ । यो घटना ‘काठमाडौंकाे गोकर्णेश्वरमा’ घटेको घटना रहेको दाबी भिडियोमा छ । तर, यो दाबी भ्रामक छ । किनकि भिडियोमा देखाइएको घटना नेपालमै घटेको होइन ।

हामीले तथ्यजाँच गर्दा यो घटना भारतको तमिलनाडुको कोठागिरीमा घटेको पायौँ । चिनियाँ संचार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले यो भिडियोलाई आफ्नो युट्युब च्यानलमा राखेको छ । सीजीटीएनका अनुसार चितुवा घरपालुवा कुकुरको शिकार गर्न घरभित्र पसेको क्षण थियो र कुकुर भागिरहेको थियो चितुवाले तुरुन्तै कुकुरलाई समातेर आफ्नो बङ्गारामा बोकेर हिँडेको थियो । 

सीजीटीएनले यो घटना सेप्टेम्बर १५ मा घटेको जानकारी दिएको छ । सीजीटीएनले यो भिडियो २०१८ सेप्टेम्बर १९ मा पोस्ट गरेको हो । यो भिडियोले के पुष्टि गर्छ भने यो घटना २०२१ डिसेम्बर ११ को होइन र काठमाडौँमा घटेको पनि होइन । त्यसैले यो भिडियो भ्रमक छ ।

त्यस्तै अर्को भिडियोमा पनि चितुवाले कुकुरलाई आक्रमण गरेको छ । उक्त भिडियो काठमाडौंको माइती नेपालस्थित मानसिक अपाङ्गता भएका व्यक्तिको उपचार केन्द्रको भनिएको छ । तर, यो दाबी पनि भ्रामक रहेको पाइयो । जर्मन संचार माध्यमको वेबसाइट t-online.de ले यो भिडियोमा देखाइएको घटना भारतस्थित राजस्थानमा घटेको घटनाको दृश्य रहेको जानकारी दिएको छ । उक्त भिडियो पोस्ट गर्दै टी-अनलाइनले हेडलाइन बनाएको छ,‘भारत : कुकुरले जंगली चितुवाबाट आफ्नो रक्षा गरेको छ ।’ 

चर्चित अन्तर्राष्ट्रिय संचारमाध्यम रोयटर्सलाई स्रोत बनाएको टी-अनलाइनको पोस्टबाट के प्रष्ट हुन्छ भने यो भिडियोमा घटेको घटना काठमाडौँको हो भन्नु भ्रामक दाबी हो । त्यसैले सामाजिक संजालमा गरिएको दाबी भ्रमक छ ।

अर्कोतर्फ टिकटकमा फैलिरहेका भिडियोमा राखिएको अडियो भने नेपालकै हो । केही हप्ताअघि अडियोमा सुनिएको घटना लमजुङ जिल्लास्थित सुन्दरबजार नगरपालिका-७ कुमालटारको एउटा घरमा घटेको थियो । सीसीटीभीमा कैद भएको भिडियोलाई अनिता थापाले आफ्नो टिकटक आइडीमा पोस्ट गरेपछि यो घटना बाहिर आएको थियो ।

निष्कर्ष :

दुबै भिडियोमा देखाइएका दृश्य नेपालमा घटेका घटना होइनन् । देखाइएको भिडियो एउटा पाकिस्तान र अर्को भारतमा घटेका घटनाका दृश्यहरू हुन् । यी भिडियोलाई काठमाडौँमा घटेको घटना भन्दै भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

CGTN : Leopard enters home to hunt pet dog

T-online.de : Dog defends itself against wild leopard

Leopard enters Lamjung home, takes away pet dog

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular