Friday, March 29, 2024
Friday, March 29, 2024

Home 2022 October

Monthly Archives: October 2022

के मेवा खाँदा ‘एक हप्तामै पाइल्स गायब’ हुन्छ ?

सामाजिक संजालमा फेला परेफो एउटा भिडियोमा मेवा खाँदा पाइल्स पूर्णरुपमा निको हुने दाबी गरिएको छ । Pampha Kunwar नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको भिडियोमा एउटा काँचो मेवा खानका लागि तयार पारिएको दृश्य देख्न सकिन्छ । प्रस्तुत दृश्यसहितको भिडियोको क्याप्सनमा मेवालाई तरकारीको रुपमा सेवन...

२०७४ सालको भाषण यसपटकको चुनावमा फैलाइयो, ओलीका लागि दाहालले भोट मागेको दाबी 

मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै छ । नेपालका राजनीतिक दल र यसका नेताहरु चुनावी अभियानमा जुटिसकेका छन् । यही क्रममा राजनीतिक दलका शीर्ष नेताहरुले मतदाता समक्ष आफ्ना एजेन्डा राखेर धेरैभन्दा धेरै मत प्राप्त गर्नतिर लागेका छन् । यही क्रममा सामाजिक संजालमा...

के ड्रागन फ्रुटले क्यान्सर निको पार्छ ?

सामाजिक संजालमा ड्रागन फ्रुट सम्बन्धी एउटा सामग्री पोस्ट गरिएको छ । अन्यायको बिरोधी शिव नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा ड्रागन फ्रुटलाई क्यान्सर प्रतिरोधात्मक फलका रुपमा परिचित गराइएको छ । ड्रागन फ्रुट फुलेको दृश्य राखिएको उक्त सामग्रीमा उक्त क्याप्सन राखिएको छ । उक्त क्याप्सनमा भनिएको...

सामाजिक संजालमा भेटियो भ्रामक कोटेशन, ओलीको तस्बिरसँगै लखियो- ‘मेरो हातबाट सरकार चल्दैन’

सामाजिक संजालमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग सम्बन्धित एउटा सामग्री पोस्ट भएको छ । उक्त सामग्रीमा केपी शर्मा ओलीको तस्बिर राखिएको छ र तस्बिरमा केही कोटेशन राखिएको छ । Nandandhami416 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीलाई ओलीले ‘मेरो हातबाट सरकार चल्न सक्दैन’...

अन्तर्वार्ताको अंशलाई भ्रामक बनाइयो, सन्दीपलाई फसाउन प्रधानमन्त्री नै लागेको दाबी

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग जोडिएको अर्को दाबीसहितको सामग्री भेटिएको छ । उक्त भिडियोको थमनेलमा सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको प्रमाणित भएको दाबी गरिएको छ । Subodhs sah नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा बलात्कार आरोपी नेपाली क्रिकेटर...

के सावरसुपले क्यान्सर निको पार्छ ?

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा सावरसुप नामक वनस्पतीबारे तयार पारिएको सामग्री भेटिएको छ । 2019.shiv bantawa rai नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा सावरसुप फलले क्यान्सरको उपचार गर्ने दाबी गरिएको छ ।  एक महिलाले सावरसुप फल टिपेको दृश्यसहित गरिएको उक्त दाबीसहितको सामग्रीमा भनिएको छ-...

चुनावको मुखमा शंकास्पद सैनिक गाडीहरु राजधानी भित्रिएको दाबी, भारतीय सेनाको नागा रेजिमेन्ट रहेको अनुमान

सामाजिक संजालमा एउटा दाबीसहितको भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा शंकास्पद सैनिक गाडीहरु नेपालको राजधानी भित्रिरहेको दाबी गरिएको छ । उक्त सामग्रीमा निर्वाचन नजिकिँदै गरेको अवस्थामा देखिएका सैनिक गाडी भारतीय पैदल सेनाको नागा रेजिमेन्टको हुनसक्ने अनुमानसमेत गरिएको छ ।  Prabinghimire7215 नामक टिकटक आइडीमा...

के युवतीले आफू १९ वर्ष पुगेको बताएकी हुन् ? सन्दीप लामिछाने निर्दोश सावित भएको दाबी

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा सन्दीप लामिछानेका बारेमा अर्को दाबीसहितको सामग्री फैलिएको छ । अडियोसहितको उक्त सामग्रीमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछाने निर्दोश सावित भएको दाबी गरिएको छ । Manish kumar bhurer नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा आरोपी सन्दीप लामिछानेका विभिन्न तस्बिरहरू...

चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ बनेको कहाँ हो ? भारतद्वारा अतिक्रमित क्षेत्रमा बनेको दाबी

पछिल्लो साता सामाजिक संजालमा पोस्ट गरिएको एउटा दाबीसहितको सामग्री भेटियो । उक्त सामग्रीमा नेपाली राष्ट्रपति विद्यदेवी भण्डारी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर, नेपालको नक्सा र एउटा स्तम्भ सहितको दृश्य देख्न सकिन्छ । यी सामग्री जोडिएको सामग्रीमा भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रमा राष्ट्रपति भण्डारी जान...

के ज्वानो र बिरेनुन दहीमा मिसाएर खाँदा पायल्स ठिक हुन्छ ?

‘पायल्स भएमा कसरी घरेलु उपचार गर्ने’ भन्दै सामाजिक संजाल एउटा स्वास्थ्य पोस्ट गरिएको भेटिन्छ । Usha Lama नामक टिकटक आइडीमा पोस्ट गरिएको पोस्टमा दहीमा थोरै ज्वानो अनि बिरेनुन राखेर विहान खाना खाइसकेपछि  खाँदा पायल्स ठिक हुने दाबी गरिएको छ ।  दाबीसहितको भिडियोमा जोडिएको अडियोमा यस्तो...