Saturday, November 23, 2024
Saturday, November 23, 2024

HomeFact Checkहल्लाको प्रतिकार गर्दा अर्को हल्ला फैलाइयो, गगन थापाले ‘कांग्रेस गरिबको पार्टी होइन’...

हल्लाको प्रतिकार गर्दा अर्को हल्ला फैलाइयो, गगन थापाले ‘कांग्रेस गरिबको पार्टी होइन’ भनेको दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा बोलिरहेको देखिन्छ । 

Milan Rai नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा गगन थापाले कांग्रेस गरिबको पार्टी होइन भन्ने अभिव्यक्ति दिएको सुनिन्छ । भिडियोमा गगन थापाले भनेका छन्- ‘कांग्रेस गरिबको पार्टी होइन, कांग्रेस सुबुम्बासीको पार्टी होइन, कांग्रेस हुनेखानेको पार्टी हो, कांग्रेस गाडीघोडा हुनेहरुकाे पार्टी हो, जग्गा जमिन हुनेहरुको पार्टी हो ।’   

प्रस्तुत भिडियोसहितको सामग्रीको प्याप्सनमा लेखिएको छ- ‘कांग्रेसको असली चरित्र बुझौँ ।’ सोही अभिव्यक्तिलाई आकार बनाएर सामग्रीको थमनेलमा ‘No Vote Again’  लेखिएको छ ।

पोस्ट गरिएको २ दिनमै दाबीसहितको प्रस्तुत सामग्रीमा करिब ६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने  दाबीसहितको सामग्री सेयर गर्ने प्रयोगकर्ताको संख्या साढे ८ सयभन्दा बढी रहेको छ । यसबाट के प्रस्ट हुन्छ भने दाबीसहितको सामग्रीको फैलावट व्यापक छ । 

निर्वाचनको मुखमा गरिएको उक्त दाबीले मतदाताको मत प्रभावित पनि पार्छसक्छ त्यसैले हामीले प्रस्तुत सामग्रीमा तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

दाबीसहितको सामग्रीमा गगन थापा बोलिरहेको अवस्थामा देखिएका छन् र उनले दिएको अभिव्यक्तिलाई नै आधार बनाएर यहाँ दाबी पेस गरिएको छ । त्यही कारण हामीले सबैभन्दा पहिले गगन थापाले बोलेको सोही भिडियोको मूल अंश पत्ता लगाउने काममा जुट्यौँ ।

मूल भिडियो पत्ता लगाउन हामीले पुन: एकपटक भिडियो नियाल्यौँ र उक्त भिडियोकव एक कुनामा मकालुखबर नामक संचार माध्यमको लोगो देखियो । यही आधारमा हामीले Makalu Khabar को युट्युब च्यानलमा गएर गगन थापाको मूल भिडियो खोज्यौँ । परिणामस्वरुप १२ दिनअघि अर्थात् १६ अक्टोबरमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । काठमाडौँमा आयोजित एक कार्यक्रममा गरेको उक्त भाषणको अंशको शीर्षक छ- ‘कांग्रेस गरिब, सुकुम्बासीको पार्टी होइन भन्यो भनेर, मेरो बारेमा गलत हल्ला फैल्याइयो : गगन थापा’

उक्त भिडियो क्लिपमा गगन थापाले भनेका छन्-

 मैले पार्टीका थुप्रै कार्यक्रममा के भन्थेँ भने नेपाली कांग्रस पार्टी भनेको मैले कुनै दिन नेतृत्व गर्न पाएँ भने म नेपाली कांग्रेस पार्टीलाई गरिबको पार्टी, सुकुम्बासीको पार्टी भन्ने परिचय राख्दिनँ । कांग्रेस गरिबको पार्टी होइन, कांग्रेस सुबुम्बासीको पार्टी होइन, कांग्रेस हुनेखानेको पार्टी हो, कांग्रेस गाडीघोडा हुनेहरुकाे पार्टी हो, जग्गा जमिन हुनेहरुको पार्टी हो । त्यसकारण हुने खानेको पार्टीले के गर्छ भने जहिलेपनि मान्छेलाई हुनेखाने बनाउन खोज्छ । जग्गाजमिन भएको पार्टीले के गर्छ भने भूमिहीन सुकुम्बासीलाई जग्गाको पूर्जा दिन चहान्छ किनभने पूर्जा दियो भने त्यो जग्गावाल हुने, जग्गा भयोभने त्यो कांग्रेस हुन्छ भनेको हो । चुनावको बेला यहाँ आएको त पछाडीको पाठ उड्यो । कांग्रेस गरिबको पार्टी होइन, सुकुम्बासीको पार्टी होइन भन्ने मात्र देखाइरहेका रहेछन् साथीहरुले ।

मूल भिडियोमा के गगन थापाले आफ्नो भाषणलाई छाँटकाँ‍ट गरेर भ्रामक पारिएको दाबी गरेका छन् । सबैलाई हुनेखाने बनाएर कांग्रेसलाई हुनेखानेको पार्टी बनाउने आशयको अभिव्यक्ति आफूले दिएको तर त्यसलाई काटेर भ्रामक बनाइएको प्रष्टोक्ति गगन थापाको छ । 

प्रस्तुत तथ्यबाट के हुन्छ भने गगन थापाले आफूविरुद्ध फैलाइएको भिडियो दिँदै भाषण गरेको भिडियोलाई पनि भ्रामक तरिकाले फैलाइयो । उनले फरक आशयसहित बोलेको अभिव्यक्तिलाई छाँटकाँट गरेर फरक तरिकाले सामाजिक संजालमा फैलाउन खोजेको पाइयो ।

निष्कर्ष

गगन थापाले कांग्रेस गरिबहरुको पार्टी होइन भन्ने आशयले कुनै अभिव्यक्ति दिएका छैनन् । थापाका अनुसार सबै नेपालीलाई धनी बनाउने र कांग्रेसलाई हुनेखाने पार्टी बनाउने आशयसहितको अभिव्यक्तिलाई छाँटकाँट गरेर सामाजिक संजालमा फैलाइएको छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Makalu Khabar

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular