Tuesday, September 17, 2024
Tuesday, September 17, 2024

HomeFact CheckFact Check: नेपालको हेलिकोप्टर दुर्घटनासँग जोडियो पुरानो तस्बिर 

Fact Check: नेपालको हेलिकोप्टर दुर्घटनासँग जोडियो पुरानो तस्बिर 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको जानकारीसहित पोस्ट गरिएको तस्बिर ।
तथ्य: एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा भएको जानकारी सहित पोस्ट गरिएको तस्बिर नेपालको कुनैपनि हेलिकोप्टर दुर्घटनासँग सम्बन्धित छैन ।

हालसालै नेपालमा (२३ साउन २०८१)  एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । नुवाकोट जिल्लास्थित सूर्यचौर जङ्गलमा भएको ९एन-एजेडी (9N-AJD) रजिस्ट्रेशन नम्बरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त भएसँगै सामाजिक संजालमा एउटा तस्बिर फैलिरहेको छ । उक्त तस्बिर सहितको पोस्टमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको र मानिसहरुको मृत्यु भएको जानकारीसमेत दिइएको छ ।  

न्युज खोटाङ नेपाल नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको तस्बिरसमेत जोडिएको छ । उक्त भिडियोको क्याप्सनमा लेखिएको छ-‘नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एन-एजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार क्याप्टेन सहित विदेशी पर्यटक चार जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।’

सोही तस्बिर सहितको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेत नामक फेसबुक पेजमा पनि पोस्ट गरिएको छ । तस्बिर सहितको पोस्टमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएको जानकारी दिइएको छ । त्यस्तै सोही तस्बिर र एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएको जानकारी  newsaone -न्युज एवनDolraj Neupane लगायतका फेसबुक पेज/आइडीमा पोस्ट गरिएको देखिन्छ ।

सोही तस्बिरलाई एक वर्षअघि नेपालमा भएको हेलिकोप्टर दुर्घटनासँग जोड्दै WION नामक एक ह्यान्डलमा  पोस्ट गरिएको देखिन्छ । ११ जुलाई २०२३ मा तस्बिर सहित पोस्ट गरिएको क्याप्सनमा छ- ‘All six on board, including five Mexicans, die in helicopter crash near Mount Everest in Nepal’

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएको जानकारीसहित पोस्ट गरिएको तस्बिर कहाँको हो ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

जाँचका क्रममा सबैभन्दा पहिले हामीले तस्बिरको स्क्रिनसट लियौँ । उक्त स्क्रिनसटलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्दा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको तस्बिर विगत लामो समयदेखि इन्टरनेटमा फैलिरहेको पाइयो ।  

जाँचको नतिजास्वरुप edition.cnn.com मा उक्त तस्बिर प्रकाशित भएको पाइयो । १४ अगस्ट २०१२ मा प्रकाशित समाचार अनुसारको शिर्षक राखिएको छ- ‘Survivors of Ugandan helicopter crashes sought in Kenya’ । 

थप जाँचका क्रममा सोही तस्बिर र समाचार nbcnews.com मा प्रकाशित भएको पाइयो । १४ अगस्ट २०१२ मा प्रकाशित समाचारको शिर्षक छ- ‘Rescuers find one Ugandan copter gunship at crash site in Mount Kenya’

फेला परेका समाचार अनुसार २०१२ मा युगान्डा फोर्सको हेलिकप्टर माउन्ट केन्यामा दुर्घटना भएको थियो । यही समाचारमा उल्लेख गरिएको तस्बिर र एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएको भन्दै पोस्ट गरिएको तस्बिरमा समानता देख्न सकिन्छ । 

०००

सोही घटनाको समाचार nytimes.com मा समेत प्रकाशित भएको देखिन्छ । १३ अगस्ट २०१२ मा प्रकाशित समाचारमा युगाण्डाको सैन्य हेलिकोप्टर केन्यामा दुर्घटना भएको जानकारी दिइएको छ । 

यही जानकारीका आधारमा हामीले ‘Ugandan Helicopter Crash Kenya’ ‘2012’ वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । जसको नतिजास्वरुप asn.flightsafety.org मा प्रकाशित विवरण र तस्बिर फेला पर्‍यो ।  

फेला परेको हेलिकोप्टर दुर्घटनाको विवरण र नेपालमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको जानकारी सहित पोस्ट गरिएको तस्बिरमा समानता देख्न सकिन्छ । 

फेला परेका तथ्यहरुबाट के देखिन्छ भने एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भन्दै सामाजिक संजालमा फैलाइएको तस्बिर विगतदेखि संचार माध्यमले प्रकाशित गरेको देखियो । उक्त तस्बिर नेपालको कुनैपनि हेलिकोप्टर दुर्घटनासँग सम्बन्धित छैन । 

​​निष्कर्ष

एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा भएको जानकारी सहित पोस्ट गरिएको तस्बिर नेपालको कुनैपनि हेलिकोप्टर दुर्घटनासँग सम्बन्धित छैन । विदेशको पुरानो दुर्घटनासँग सम्बन्धित तस्बिरलाई हालसालै नेपालमा भएको एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनासँग जोडेर पोस्ट गरिएको छ ।   

नतिजा : भ्रामक  

हाम्रा स्रोतहरू

दुर्घटना जानकारी, asn.flightsafety.org
समाचार र तस्बिर, nytimes.com
समाचार र तस्बिर, nbcnews.com
समाचार र तस्बिर, edition.cnn.com

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular