Saturday, July 27, 2024
Saturday, July 27, 2024

HomeFact CheckFact Check: काँचो अन्डा र घोडताप्रे झारको रसले टाइफाइट निको हुन्छ?  

Fact Check: काँचो अन्डा र घोडताप्रे झारको रसले टाइफाइट निको हुन्छ?  

दाबी: काँचो अन्डा र घोडताप्रे झारको रस टाइफाइडको घरेलु उपचारका रुपमा प्रयोग गर्न सकिन्छ ।
तथ्य: घोडताप्रे झार र अण्डाको मिश्रणले टाइफाइड ज्वरो निको हुन्छ भन्ने दावीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण भेटिएनन् ।

टाइफाइट ज्वरोसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा घोडताप्रे र काँचो अन्डाको रसको सेवनबाट टाइफाइटको घरेलु उपचार गर्न सकिने दाबी गरिएको छ । 

_MELON नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा घोडताप्रे र काचो अन्डाको रस तयार पार्ने विधि सिकाइएको छ । साथै भिडियोमा भनिएको छ- ‘आज हामी टाइफाइटको घरेलु उपचारको गरौँ । यसको नाम घोडताप्रे अतवा टोप्रे झार हो । यसलाई मजाले पखालेर गाँउमा भएको लोकल अण्डाको सेतो भागलाई निकाल्ने र टोप्रे झारलाई थिचेर यसको रस बनाउने र छान्ने र दुवैलाई एकै ठाँउमा मिक्स गर्ने र बिहान बेलुकी पिउने ।’

तथ्यजाँच/प्रमाणीकरण

घोडताप्रे झार र अण्डाको मिश्रणले टाइफाइड ज्वरो निको हुन्छ भन्ने दावीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण भेटिएनन् । टाइफाइड ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरिया संक्रमण भएपछि आउने गर्दछ । ब्याक्टेरिया फैलिने क्रममा उच्च ज्वरो, पखाला र वान्ता जस्ता लक्षणहरू देखा पर्छन् । यो संक्रमण दूषित खाना-पानी वा संक्रमित व्यक्तिको सम्पर्कबाट गर्ने गर्दछ । 

टाइफाइड भएपछि चिकित्सकीय सल्लाहमा उपयुक्त उपचार खोज्नु आवश्यक छ । किनकि टाइफाइड ज्वरोले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । यसको रोकथामका लागि सफा पानी पिउने, सरसफाइमा ध्यान दिने र उचित चिकित्सा हेरचाहको पहुँचमा जान सकिन्छ । 

उचित उपचारबाट टाइफाइड ज्वरो निको पार्न सकिन्छ । यसको उपचारमा सामान्यत: साल्मोनेला टाइफी ब्याक्टेरिया हटाउन एन्टिबायोटिक समावेश गरिन्छ । साथै हाइड्रेशन र आराम जस्ता सहायक हेरचाहले विरामीको रिकभरीमा मद्दत गर्न सक्छ । गम्भीर जटिलताहरू रोक्नको लागि तत्काल र प्रभावकारी उपचार आवश्यक छ । 

घोडताप्रे झार औषधीय गुणहरूका लागि चिनिने एक जडिबुटी हो । घोडताप्रे झार र अण्डाको मिश्रणले टाइफाइड ज्वरो निको हुन्छ भन्ने दावीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण भेटिएनन् । साथै, काँचो अण्डा सेवन गर्नु स्वास्थ्यका त्यति राम्रो मानिदैन । 

टाइफाइड ज्वरो एक गम्भीर ब्याक्टेरियाको संक्रमणले निम्तिने समस्या भएकाले यसलाई स्वास्थ्यकर्मीले तोकेको उपयुक्त एन्टिबायोटिकबाट निदान गर्न सकिन्छ । अप्रमाणित उपचारहरूमा भर पर्नु खतरनाक हुन सक्छ र अवस्था झनै बिग्रन सक्छ । टाइफाइड ज्वरोको लागि चिकित्सकीय सल्लाह खोज्नु र निर्धारित उपचारहरू पालना गर्नु आवश्यक छ । 

एमबीबीएस, एमडी (PGIMER) डा.एस कृष्ण प्रशान्ति टाइफाइडको उपचार गर्न घरेलु विधि प्रयोग नगर्न सल्लाह दिन्छन् । उनी भन्छिन्,‘साल्मोनेला टाइफी नामक ब्याक्टेरियाबाट हुने टाइफाइडले वार्षिक १० लाखभन्दा बढी मानिसको ज्यान लिन्छ । एन्टिबायोटिक प्रतिरोधी क्षमता बढ्दै जाँदा घरेलु उपचारमा मात्र भर पर्दा निदान र उचित उपचारमा ढिलाइ हुनसक्छ, जसले घातक परिणाम निम्त्याउन सक्छ ।’ 

निष्कर्ष

घोडताप्रे झार र अण्डाको मिश्रणले टाइफाइड ज्वरो निको हुन्छ भन्ने दावी गलत छ । अप्रमाणित उपचारहरूमा भर पर्नु खतरनाक हुन सक्छ र अवस्था झनै बिग्रन सक्छ । टाइफाइड ज्वरोको लागि चिकित्सकीय सल्लाह खोज्नु र निर्धारित उपचारहरू पालना गर्नु आवश्यक छ । 

नतिजा : गलत

हाम्रा स्रोतहरू

लेख, nhs.uk/conditions/typhoid-fever/
लेख, media.neliti.com/media
जाँच, thip.media


(This article is published in collaboration with THIP Media)



तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular