Saturday, April 27, 2024
Saturday, April 27, 2024

HomeFact CheckFact Check: तोसिमा कार्कीले रबि लामिछानेविरुद्ध प्लेकार्ड प्रदर्शन गरेकी हुन्? पढ्नुस् वास्तविकता

Fact Check: तोसिमा कार्कीले रबि लामिछानेविरुद्ध प्लेकार्ड प्रदर्शन गरेकी हुन्? पढ्नुस् वास्तविकता

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: रबि लामिछानेले सहकारी संस्थाको आर्थिक हिनामिना गरेपछि तोसिमा कार्की प्ले कार्ड बोकेर विरोधमा उभिएको दाबी ।
तथ्य: सांसद तोसिमा कार्कीले प्रधानमन्त्रीको विरोध गर्दै प्ले कार्ड प्रदर्शन गरेको फरक सन्दर्भको तस्बिरलाई तोडमोड गरी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।  

प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ डा.तोसिमा कार्कीसँग सम्बन्धित एउटा तस्बिर सामाजिक संजालमा फेला परेको छ । रबि लामिछानेले सहकारी संस्थाको आर्थिक हिनामिना गरेपछि तोसिमा कार्की प्ले कार्ड बोकेर विरोधमा उभिएको दाबी गरिएको छ । 

Revolutionfornepal नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरसहितको भिडियो सामग्रीमा तोसिमा कार्की लगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ । उनीहरुले रबि लामिछाने विरुद्धको प्ले कार्ड बोकेर उभिएका छन् । ती प्ले कार्डमा रबि लामिछानेको राजिनामा समेत मागिएको छ ।

प्रस्तुत तस्बिरसहितको भिडियोको थमनेलमा लेखिएको छ- ‘रबि लामिछाने सहकारी संस्थाको आर्थिक हिनामिना गरेपछि खोज्दै तोसिमा, जिबी राईलाई पनि नलुकाउन रबि लामिछानेलाई अनुरोध ।’

माथि उल्लेखित पोस्टमा डा.तोसिमा कार्कीले आफ्नै पार्टी सभापतिलाई राजिनामा मागेको सन्देश प्रवाह गरिएको छ । के उक्त तस्बिरमा देखिएको दृश्य साचो हो त ? वास्तविकत सन्दर्भ पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित सामग्रीमा  रबि लामिछानेको विरुद्धमा तोसिमा कार्की प्ले कार्ड बोकेर उभिएको सन्देश दिइइको छ । सबैभन्दा पहिले यही तस्बिरको सन्दर्भ जाँचबाट हामीले तथ्यजाँचको सुरुवात गर्‍यौँ । यसका लागि हामीले दाबीसहितको तस्बिरलाई स्क्रिनसट गरेर गुगल लेन्समा सर्च गर्‍यौँ ।   

सर्चको नतिजास्वरुप थुप्रै नतिजाहरु फेला परेका छन् । तर, दाबीसहितको भिडियोमा जोडिएको तस्बिर र मुल सन्दर्भको तस्बिरमा केही अन्तर देखिन्छ । जाँचका क्रममा kathmandupress संचार माध्यममा प्रकाशित एउटा समाचार फेला परेको छ । 

२०८० पुस १४ गते प्रकाशित उक्त समाचारमा बालकुमारी घटनाका विषयमा गृहमन्त्रीको राजिनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको उल्लेख छ । फेला परेको समाचारमा उल्लेखित तस्बिर र माथि उल्लेखित दाबीसहितको भिडियोमा जोडिएको तस्बिरमा धेरै समानता देख्न सकिन्छ । 

त्यस्तै जाँचका क्रममा shilapatra संचार माध्यममा प्रकाशित अर्को समाचार फेला परेको छ । २०८० पुस १५ गते प्रकाशित समाचारमा काेरियाली भाषा परीक्षा सम्बन्धी विवादमा भएकाे प्रदर्शनका क्रममा प्रहरी कारबाहीमा परी दुई युवाकाे निधन भएकाे विराेधमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ताेसिमा कार्कीले फरक शैलीको विराेध प्रदर्शन गरेको जानकारी दिइएको छ ।

विरोध प्रदर्शनका क्रममा सांसद तोसिमा कार्कीले बोकेको प्ले कार्डमा लेखिएको छ- ‘प्रधानमन्त्रीज्यू १७ हजार प्लस २ भयाे त ! अझै कति ???’   

सांसद तोसिमा कार्कीले प्रधानमन्त्रीको विरोध गर्दै प्ले कार्ड प्रदर्शन गरेको तस्बिरलाई तोडमोड गरी सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । फेला परेका तथ्यहरुले के प्रष्ट भने माथि उल्लेखित दाबीसहितको भिडियो र तस्बिर भ्रामक छ । 

निष्कर्ष

रबि लामिछानेले सहकारी संस्थाको आर्थिक हिनामिना गरेपछि तोसिमा कार्की प्ले कार्ड बोकेर विरोधमा उभिएको भन्ने दाबी गरिएको सामग्री भ्रामक छ । सांसद तोसिमा कार्कीले प्रधानमन्त्रीको विरोध गर्दै प्ले कार्ड प्रदर्शन गरेको फरक सन्दर्भको तस्बिरलाई तोडमोड गरी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।  

नतिजा : भ्रामक/एडिटेडट

हाम्रा स्रोतहरू

समाचार, kathmandupress
समाचार, shilapatra

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular