Wednesday, November 27, 2024
Wednesday, November 27, 2024

HomeFact Checkधरानमा हर्क साम्पाङ विजयी हुँदा टिकटकमा भ्रम फैलाइयो, कांग्रेस-माओवादी सडकमै राेएको दाबी

धरानमा हर्क साम्पाङ विजयी हुँदा टिकटकमा भ्रम फैलाइयो, कांग्रेस-माओवादी सडकमै राेएको दाबी

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइरहँदा सामाजिक संजालमा एउटा दाबीसहितको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र अश्रुमाली नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा मानिसहरू रोइरहेको र चिच्याइरहेको दृश्य देखिन्छ । धरानमा हर्क साम्पाङ निर्वाचित भएपछि सडकमै उक्त दोधन प्रस्तुत गरिएको दाबी सामग्रीमा गरिएको छ । दाबी प्रस्तुत गर्दै भिडियोको थमनेलमा लेखिएको छ– ‘धरानमा हर्क साम्पाङले जितेपछि कांग्रेस-माओवादी राेडमै बसेर रुँदै गरेको अवस्था ।’ 

न्युजचेकरले यो सामग्री तयार गर्दैगर्दा उक्त दाबीसहितको सामग्री पोस्ट भएको ४ घण्टा मात्रै पुगेको देखिन्छ । यति छोटो अवधिमा उक्त दाबीसहितको सामग्रीको फैलावट द्रुत छ । पोस्ट भएको ४ घण्टामै उक्त सामग्रीमा १ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने यही अवधिमा करिब ६० टिकटक प्रयोगकर्ताले भिडियो सामग्रीलाई सेयर गरिसकेका छन् । 

इन्टरनेटमा राखिएका हरेक सामग्री दीर्घकालसम्मका लागि रेकर्ड हुने भएकाले हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गर्ने जमर्को गर्‍यौँ । हाम्रो तथ्यजाँचमा प्रस्तुत दाबी गलत र भ्रामक रहेको पाइयो ।   

तथ्यजाँच/प्रमाणीकरण

स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकालाई तताउने उम्मेदवार हुन्, हर्क साम्पाङ । सत्ता साझेदार गठबन्दन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारलाई पछि स्वतन्त्र उम्मेदवार साम्पाङ धरानको प्रमुखमा विजयी भएका छन् । 

निर्वाचन आयोगका अनुसार साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । यही निर्वाचन परिणामलाई आधार बनाउँदै माथिको दाबी सामाजिक संजालमा प्रस्तुत गरिएको छ । 

धरान उपमहानगरपालिकामा हर्क साम्पाङ निर्वाचित भएपछि कांग्रेस-माओवादीका कार्यकर्ता सडकमै आएरको रोएको भन्ने दाबीमा दुईवटा आधार देखिन्छ । जसको पहिलो आधार हो, भिडियो । भिडियोमा केही मानिसहरू रोइरहेको देखिन्छ । 

त्यस्तै भिडियोमा राखिएको थमनेल दाबीको दोस्रो आधार हो । सामग्रीमा राखिएको दृश्यकै आधारमा थमनेलमा दाबी प्रस्तुत गरिएको देखिन्छ । यही कारण हामी सुरुमै दाबीसहितको सामग्रीमा राखिएको दृश्यको मूल स्रोत पत्ता लगाउने काम गर्‍यौँ । 

किवर्ड तथा वाक्यांक सर्च गर्ने क्रममा ‘सडकमै रोएको’, ‘रुँदै सडकमा’, ‘सडकमा रुँदै’ लगायतका किवर्डले टिकटकमा फैलाइएको दृश्यको मूल स्रोतसम्म पुर्‍यायो ।  Dhangiri Phadera नामक युट्युब च्यानलमा भेटिएको उक्त भिडियोको शीर्षक छ- ‘मिडिया काउन्सिल विधेयक फिर्ताकाे माग गर्दै बिराटनगरका पत्रकारहरु रुदै मिडिया’ 

त्यसैगरी अर्को युट्युब च्यानलमा सोही स्थान र अवस्थाको भिडियो पोस्ट गरिएको छ । OB Magazine नामक युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक राखिएको छ- ‘पत्रकारले १० लाख ल्याउन नसक्ने भएपछि मोरंग सिडियो कार्यलय अगाडी चिच्याउदै रुन थाले ।’

प्रस्तुत दुबै भिडियो २०१९ मे १९  मा एकै दिन पोस्ट गरिएको देखिन्छ । यी दुबै भिडियो खिचिएको स्थान र समयसमेत एउटै हो । किनकि उक्त भिडियो ३ वर्षअघि एउटा विरोध कार्यक्रमका क्रममा खिचिएको हो । २०७६ जेठ ५ गते तत्कालीन सरकारले ल्याउन लागेको मिडिया काउसिन्ल विधेयकको विरोधमा विराटनगरका पत्रकाहरुले सडकमै रोएर विरोध प्रदर्शन गरेका थिए । नेपाल प्रेस युनियन मोरङ शाखाको अगुवाईमा आयोजित उक्त विरोध कार्यक्रम अन्तर्गत पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि अगाडी रोएर विरोध जनाएका हुन् । 

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सडकमा पत्रकारहरू रुनु र धरानमा हर्क साम्पाङ विजयीबीच कुनै सम्बन्ध छैन । ३ वर्षअघि पत्रकारले गरेको विरोध प्रदर्शनलाई स्थानीय तह निर्वाचन २०८९ को नतिजासँग जोड्नु भ्रामक छ ।

निष्कर्ष :

धरानमा हर्क साम्पाङ निर्वाचित भएपछि कांग्रेस-माओवादीका कार्यकर्ता सडकमै रोएको भनेर देखाइएको दृश्य फरक सन्दर्भको हो । त्यसैले सामाजिक संजालमा फैलिरहेको प्रस्तुत भिडियो सामग्री भ्रामक र गलत छ । निर्वाचनको मत परिणाम र पत्रकार रोएको छुट्टै प्रशंगको भिडियोलाई एकै ठाउँमा जोड्नुले भ्रामक सन्देश दिएको छ । 

नतिजा : असत्य\भ्रामक

हाम्रा स्रोतहरू :

Election Commission Nepal

Nayapatrikadaily

OB Magazine

Dhangiri Phadera

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular