Thursday, December 19, 2024
Thursday, December 19, 2024

HomeFact CheckFact Check: छुट्टाछुट्टै भिडियो र अडियो जोडेर बनाइयो भ्रामक टिकटक, पढ्नुहोस् वास्तविकता

Fact Check: छुट्टाछुट्टै भिडियो र अडियो जोडेर बनाइयो भ्रामक टिकटक, पढ्नुहोस् वास्तविकता

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: टिकटक बन्द भएको विरोधमा नेपाली जनता सडकमा उत्रिएको दाबी (भिडियोसहित) ।
तथ्य: टिकटक बन्द गर्न माग गरिएको पुरानो अडियो र काठमाडौँमा घटेको फरक घटनाको भिडियोलाई जोडेर भ्रामक दाबी गरिएको पाइयो । 

नेपालमा टिकटक प्रतिबन्ध भएपछि सामाजिक संजालमा चर्चा परिचर्चा भइरहेको छ । टिकटक प्रतिबन्ध भएको यही सन्दर्भमा केही  दाबीसहितका पोस्ट फेला परेका छन् । उक्त पोस्टमा टिकटक बन्द भएको विरोधमा नेपाली जनता सडकमा उत्रिएको दाबी गरिएको छ । 

Himal Chhhetri नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा गाडी जलिरहेको दृश्य देख्न सकिन्छ । साथै भिडियोमा ‘टिकटकलाई बन्द गर’ ‘टिकटक भगाउ, आफ्नो देश बचाउ’ लगायतका नाराहरु लगाइएको आजाव सुन्न सकिन्छ । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘टिकटक बन्द गर्न पाइँदैन, सडकमा उत्रिए जनता ।’

एक हप्ताअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब ४० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । २६ सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब १३ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्री टिकटकमा द्रुत गतिमा फैलिरहेको छ । 

यतिमात्र होइन, दाबीसहितको भिडियोमा जोडिएको अडियोबाट करिब ८ सय नयाँ-पूराना भिडियो पुनर्उत्पादन गरिएको छ ।

जसमध्ये अधिकांश भिडियो पछिल्लो साता पोस्ट गरिएको देखिन्छ । प्रस्तुत दाबीसहितको सामग्रीमा गाडी जलाइएको दृश्य संवेदनशील देखिन्छ, त्यसैले सोही दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित सामग्रीमा नेपाल सरकारले टिकटक बन्द गरेपछि जनता सडकमा उत्रिएको दाबी गरिएको छ । टिकटकमा पोस्ट गरिएको भिडियोमा गाडीमा आगाे लागेको दृश्य देख्न सकिन्छ । साथै ‘टिकटक बन्द गर’ ‘टिकटक भगाउ, आफ्नो देश बचाउ’ जस्ता नाराहरु लगाइएको आजाव सुन्न सकिन्छ । 

सबैभन्दा पहिले हामीले भिडियोमा रहेका दुई नाराबाट जाँचकझ सुरुवात गर्‍यौँ । ‘टिकटक बन्द गर’ ‘टिकटक भगाउ, आफ्नो देश बचाउ’ नारालाई गुगलमा सर्च गर्दा farakdharnews.com मा प्रकाशित समाचार फेला पर्‍यो । २३ भदौ २०७९ मा प्रकाशित गरिएको उक्त समाचारमा टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधामका युवाहरूले प्रदर्शन गरेको जानकारी दिइएको छ ।

प्रस्तुत जानकारीका आधारमा हामीले युट्युबमा ‘टिकटक बन्दको माग’ ‘जनकपुरमा र्‍याली’ लगायतका वाक्यांशलाई सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Century Times नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो ।  एक वर्षअघि अर्थात् २९ अगस्ट २०२२ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘जनकपुरमा TikTok बन्द संघर्ष समितिले TikTok पुर्णरूपमा बन्द हुनुपर्ने माग सहित ज्ञापन-पत्र बुझाएको छ’ ।  

फेला परेको प्रस्तुत भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा जोडिएको आवाज उस्ताउस्तै सुन्न सकिन्छ । तर, दुबै भिडियो एकै सन्दर्भका हुन् भनेर पुष्टि गर्न सकिने प्रयाप्त आधारहरू फेला परेनन् । यही कारण हामीले अन्य स्रोतको खोजी गर्नतिर लाग्यौँ ।

माथि उल्लेखित दाबीसहितको भिडियोमा गाडी जलिरहेको दृश्य देख्न सकिन्छ । सोही दृश्यलाई राम्ररी हेरेपछि हामीले ‘गाडीमा आगलागी’ ‘आन्दोलन माछापोखरी’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Naraindra Tamang नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । १३ फेब्रुअरी २०२३ मा पोस्ट गरिएको यो भिडियो ‘बसपार्क-माछापोखरीमा प्रहरीको गाडी आगजनी’ घटनासँग सम्बन्धित छ । 

२०७९ फागुन १ मा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीको घटना घटेको थियो । संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । यातायात व्यवसायहरूले १० बुँदे माग राख्दै गरेको विरोध प्रदर्शनमा उक्त घटना घटेको थियो । यही घटनाको भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा केही मिल्दा दृश्यहरु छन् । 

प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने टिकटक बन्द गरेपछि जनता सडकमा उत्रिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । टिकटकको बन्द गर्न माग गरिएको अडियो र फरक घटनाको भिडियोलाई जोडेर भ्रामक दाबी गरिएको देखिन्छ ।

निष्कर्ष

सरकारले टिकटक बन्द गरेपछि जनता सडकमा उत्रिएको दाबी गरिएको भिडियो भ्रामक छ । टिकटक बन्द गर्न माग गरिएको पूरानो अडियो र काठमाडौँमा घटेको फरक घटनाको भिडियोलाई जोडेर ‘टिकटक बन्द गर्न पाइँदैन’ भन्दै जनता सडकमा उत्रिएको भ्रामक दाबी गरिएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार,  farakdharnews.com
भिडियो, Century Times
भिडियो, Naraindra Tamang

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular