Tuesday, September 17, 2024
Tuesday, September 17, 2024

HomeFact CheckFact Check: के त्रिशुली नदीमा खसेर हराएको बस फेला परेको हो? 

Fact Check: के त्रिशुली नदीमा खसेर हराएको बस फेला परेको हो? 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: त्रिशुली नदीमा खसेर हराएको बस फेला परेको छ ।
तथ्य: त्रिशुली नदीमा खसेर हराएका दुईवटा मध्ये कुनैपनि बस फेला परेका छैनन् ।

त्रिशुली नदीमा दुर्घटनाग्रस्त बससँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । ती पोस्टहरुमा त्रिशुली नदीमा खसेर हराएको बस फेला परेको दाबीसमेत गरिएको छ ।

Mani Dhakal257 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नदीको एउटा दृश्य जोडिएको छ । साथै उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘दुईवटा हराएका बस मध्ये केराबारीमा एउटा बस देखियो ।’

यस्तै SAMAYA202 नामक युट्युब च्यानलमा पनि सोही दाबीको भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘मुग्लिङ नारायणघाट सडकखण्डमा पहिरोमा परी नदीमा खसेको बस भेटिएको छ ।’

OFFICIAL VOICE KIDS SEAS-3 टिकटक आइडीमा पनि सोही दाबीसहितको सामग्री पोस्ट गरिएको छ । उक्त भिडियोको थमनेलमा त्रिशुलीमा बगेको बस चितवनको भरतपुरमा फेला परेको दाबी गरिएको छ । 

के त्रिशुली नदीमा खसेर हराएको बस फेला परेको हो त ? सामाजिक संजालमा फैलाइएका दाबीहरुको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलताल क्षेत्रको पहिरोले २८ असार २०८१ मा दुईवटा बसलाई त्रिशुली नदीमा खसालेको थियो । वीरगंजबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस त्रिशुली नदीमा हराएका थिए ।

दुर्घटनाग्रस्त बस खोजीकार्यको पछिल्लो अपडेट अनुसार भारतबाट झिकाइएको गोताखोर एवं प्राविधिकले उपलब्धि हासिल गर्न नसकेर स्वदेश फर्किएको छ । बीबीसी नेपाली सेवाले २८ जुलाई २०२४ मा प्रकाशित समाचार अनुसार नेपालबाट बिदा हुनुअघि भारतीय टोलीले उच्च वेग सहितको धमिलो पानी भएका कारण आफूहरूसँग भएका उपकरणले नतिजा नदिएको प्रतिक्रिया दिएको थियो ।

त्रिशुलीमा हराएको बसको खोजीकार्य चलिरहेका बेला arghakhanchi network नामक फेसबुक पेजमा एउटा लाइभ भिडियो प्रशारण गरिएको थियो । २७ जुलाई २०२४ मा लाइभ गरिएको भिडियोमा त्रिशुलीमा हराएको बस जस्तो आकृति केराबारी क्षेत्रमा फेला परेको दाबी गरिएको देखिन्छ । यही भिडियोलाई आधार बनाएर सामाजिक संजालमा बस भेटिएको जानकारी फैलाइएको पाइयो ।   

सोही दाबीबारे हामीले जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसाललाई फोनमार्फत् जानकारी दियौँ । तर, उनले त्रिशुली नदीमा खसेर हराएको बस फेला नपरेको पुष्टि गरे । 

‘हराइरहेका बसको खोजीकार्य भइरहेको छ तर बस भेटिएको भन्ने कुरा गलत हो, हराएको बस भेटिएको छैन’, उनले भने ।

​​निष्कर्ष

त्रिशुली नदीमा खसेर हराएका दुईवटा मध्ये कुनैपनि बस फेला परेका छैनन् । हराएको मध्ये एउटा बस केराबारीमा देखियो भन्ने दाबी गलत छ ।

नतिजा : गलत 

हाम्रा स्रोतहरू

समाचार, bbc.com/nepali
समाचार, ekantipur.com
खिमानन्द भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय चितवन

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular