Tuesday, September 17, 2024
Tuesday, September 17, 2024

HomeFact CheckPoliticsFact Check: के बंगलादेशको घटनापछि रबि लामिछाने सडकमा उत्रिएका हुन् ? 

Fact Check: के बंगलादेशको घटनापछि रबि लामिछाने सडकमा उत्रिएका हुन् ? 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: ‘बंगलादेशको घटनापछि सडकमा उत्रिए रवि, बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा ।’
तथ्य: ३० वैशाख २०८० मा आयोजित भ्रष्टाचारविरुद्धको खबरदारी प्रदर्शनमा रबि लामिछानेले बोलेको भिडियोलाई फरक सन्दर्भको घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापित रबि लामिछानेसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा बंगलादेश घटनापछि रबि लामिछाने सडकमा उत्रिएको दाबी गरिएको छ ।

रा स्व पा समर्थक झापा नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रबि लामिछाने संचार माध्यम समक्ष आफ्ना कुरा राखिरहेको दृश्य जोडिएको छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘बंगलादेशको घटनापछि सडकमा उत्रिए रवि, बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा ।’

दाबी सहितको भिडियोमा २० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब ६ सय प्रतिक्रिया आएको भिडियोलाई करिब २ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।  

बंगलादेशमा चर्किएको पछिल्लो आन्दोलनले त्यहाँको सत्ता परिवर्तन गराएको छ । ‘कोटा प्रणालीमा रहेको भेदभावविरुद्ध’ सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपरेको थियो । 

यही सन्दर्भमा बंगलादेश घटनापछि रबि लामिछाने सडकमा उत्रिएको दाबी गर्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

बंगलादेश घटनापछि रबि लामिछाने सडकमा उत्रिएको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा प्रदर्शनमा प्रयोग हुने प्लेकार्डहरु देख्न सकिन्छ । साथै भिडियोमा लामिछानेले भ्रष्टाचारविरुद्ध बोलिरहेका छन् । यही आधारमा हामीले ‘भ्रष्टाचारविरुद्ध प्रदर्शन’ ‘रबि लामिछाने’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । 

वाक्यांश जाँचको नतिजास्वरुप shilapatra.com मा प्रकाशित पुरानो समाचार फेला पर्‍यो । ३० वैशाख २०८० मा प्रकाशित समाचारमा नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारविरुद्ध नागरिक अगुवाहरुले काठमाडौँको माइतीघर मण्डला र नक्सालमा प्रदर्शन गरेको जानकारी दिइएको छ  ।

समाचार अनुसार प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पनि सहभागी भएका थिए । 

शिलापत्रको समाचारमा रबि लामिछालेको तस्बिरसमेत उल्लेख गरिएको छ । उक्त तस्बिरमा लामिछानेले लगाएको पोशाक र दाबीसहितको भिडियोमा देखिने पोशाक उस्तै छ । 

यही आधारमा हामीले ‘नक्कली भुटानी शरणार्थी’ ‘रवि लामिछाने’ ‘प्रदर्शन’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । जाँचका क्रममा फेला परेका थुप्रै नतिजाहरु मध्ये nepalpress.com ले समाचारसँग भिडियोसमेत उल्लेख गरेको पाइयो ।  

३० वैशाख २०८० मा प्रकाशित समाचार अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको थियो । यही समाचारमा एउटा भिडियो पनि उल्लेख गरिएको छ ।

nepalpress नामक युट्युब च्यानलमा १३ मे २०२३ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘अब भ्रष्टाचार नेपाली जनताले सहँदैनन्, सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्छ : रवि लामिछाने’

फेला परेको पुरानो भिडियो र दाबीसहित पछिल्लो समय सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा केही समानता देख्न सकिन्छ । 

एक वर्षअघि भएको भ्रष्टाचारविरुद्ध खबरदारी प्रदर्शनको समाचार नयाँ पत्रिकामा पनि प्रकाशित भएको देखिन्छ । यो समाचारमा रबि लामिछानेको उपस्थितिबारे राम्रोसँग व्याख्या गरिएको छ ।  

फेला परेका तथ्यहरुले के पुष्टि गर्दछन् भने रबि लामिछानेको पुरानो भिडियोलाई अहिलेको बंगलादेश घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त कार्यक्रममा लामिछानेले ‘बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा’ गरेका थिएनन् ।

निष्कर्ष

बंगलादेशको घटना/आन्दोलनसँग जोड्दै सामाजिक संजलामा फैलाइएको भिडियो अहिलेको होइन । ३० वैशाख २०८० मा आयोजित भ्रष्टाचारविरुद्धको खबरदारी प्रदर्शनमा रबि लामिछानेले बोलेको भिडियोलाई फरक सन्दर्भको घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

नतिजा : भ्रामक  

हाम्रा स्रोतहरू

भिडियो, nepalpress
समाचार, nayapatrikadaily
समाचार, shilapatra.com 
समाचार, nepalpress.com

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular