Saturday, April 27, 2024
Saturday, April 27, 2024

HomeFact CheckFact Check: के गाईको दही सेवन गर्दा ‘गोरो बच्चा’ जन्मिन्छ ? 

Fact Check: के गाईको दही सेवन गर्दा ‘गोरो बच्चा’ जन्मिन्छ ? 

दाबी: बुवाआमाको छालाको रंग कालो भएपनि गोरो छाला भएको बच्चा जन्माउने विधि भन्दै गाईको दही सेवन गर्न सुझाव ।
तथ्य: छालाको रंग आमाबाबुबाट पारित आनुवंशिक मेकअपद्वारा निर्धारण हुन्छ र यसलाई गाईको दूधबाट बनेको दहीको सेवनले परिवर्तन गर्न सकिँदैन ।

मानव शरीर र बनावटसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा बुवाआमाको छालाको रंग कालो भएपनि गोरो छाला भएको बच्चा जन्माउने विधि भन्दै गाईको दही सेवन गर्न सुझाव दिइएको छ । 

Yogi.somraj नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक व्यक्ति देखिएका छन् । भिडियोमा ती व्यक्तिले भनेका छन्- ‘जति बुवाआमा कालो भएपनि बच्चा गोरो जन्मिने पनि तरिका छ । १०० ग्राम जती लोकल गाईको दुधलाई एउटा कटौरोमा जमाउनु होस त्यो कटौरो चाँदीको होस् या माटोको जमि सकेपछि त्यसमा अलिकति सोफको धुलो हालेर खुवाइँदिनुस् जति बाआमा कालो भएपनि बच्चा चाहिँ गोरो जन्मिन्छ ।’ 

के गाईको दुधबाट बनेको दहीको सेवनले गोरो रंगको छाला भएको बच्चा जन्मिन सक्छ ? उल्लेखित दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

बुवाआमा दुबैको वंशानुगत जीनको संयोजनबाट नवजात बच्चाको छालाको रंग निर्धारण हुने गर्दछ । गाईको दूध वा दहीको सेवन वा प्रयोगले बच्चाको छालाको रंग निर्धारण हुँदैन । छालाको रंग आमाबाबुबाट पारित आनुवंशिक मेकअपद्वारा निर्धारण हुन्छ र यसलाई गाईको दूधबाट बनेको दहीको सेवनले परिवर्तन गर्न सकिँदैन ।

दाबीसहितको सामग्रीका विषयमा हामीले डा.सचिन गुप्तासँग परामर्श गरेका छौं । AIIMS दिल्लीबाट Dermatology र Venereology मा MBBS र MD गरेका उनी हाल अमृता अस्पताल, फरीदाबादमा सम्बद्ध छन् ।

डा.सचिन गुप्ता भन्छन्, ‘बच्चाको छालाको रंग, कपालको वृद्धि आनुवंशिकी, हर्मोन, आहार र समग्र स्वास्थ्य लगायतका धेरै कारकहरूमा निर्भर गर्दछ ।’

निष्कर्ष

बुवाआमाको छालाको रंग कालो भएपनि गोरो छाला भएको बच्चा जन्माउने विधि भन्दै सामाजिक संजालमा फैलाइएको दाबी भ्रामक छ । छालाको रंग आमाबाबुबाट पारित आनुवंशिक मेकअपद्वारा निर्धारण हुन्छ र यसलाई गाईको दूधबाट बनेको दहीको सेवनले परिवर्तन गर्न सकिँदैन ।

नतिजा : गलत 

हाम्रा स्रोतहरू

अनुसन्धानात्मक लेख, pubmed.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular