Thursday, April 25, 2024
Thursday, April 25, 2024

HomeFact CheckFact Check: कफी र कागतीको मिश्रण सेवन गर्दा माइग्रेनबाट राहत मिल्छ? 

Fact Check: कफी र कागतीको मिश्रण सेवन गर्दा माइग्रेनबाट राहत मिल्छ? 

दाबी : एक कप कफीमा कागतीको रस मिसाएर सेवन गर्दा माइग्रेनको टाउको दुखाइबाट राहत मिल्छ ।
तथ्य : कफीमा कागतीको रस मिसाएर सेवन गर्दा माइग्रेनको टाउको दुखाइबाट राहत मिल्छ भन्ने दाबीमा विज्ञान असहमत देखिन्छ । 

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सामग्री फेला परेको छ । एक कप कफीमा कागतीको रस मिसाएर सेवन गर्दा माइग्रेनको टाउको दुखाइबाट राहत मिल्ने उक्त सामग्रीमा दाबी गरिएको छ । 

Melike Kazar नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा कागतीको रस कफीमा मिसाइएको दृश्य देखाइएको छ । उक्त सामग्रीमा राखिएको थमनेलमार्फत् कडा कफीमा कागतीको रस मिसाएर पिउँदा आराम आराम मिल्ने दाबी गरिएको छ । थमनेलमा अंग्रेजी भाषामा लेखिएको छ- ‘एक कप कडा कफीमा आधा कागतीको रस मिसाएरर पिउँदा आराम मिल्छ । क्याफिनले माइग्रेन कम गर्छ ।’

हामीले तथ्यजाँचका क्रममा माथि उल्लेखित दाबी आंशिक गलत रहेको पायौँ । 

तथ्यजाँच/प्रमाणीकरण

मानव स्वास्थ्यमा फाइदाजनक प्रभाव पार्ने तत्वहरू कफी र कागतीमा हुन्छन् । दुईवटा तत्वको मिश्रण गर्दा शरीरलाई फाइदा हुन्छ भन्ने विश्वास केही मानिसले गर्दछन् तर उक्त बुझाइमा विज्ञान भने असहमत देखिन्छ । 

कफी र कागतीको छुट्टाछुट्टै सेवनले मानिसको शरीरलाई दीर्घकालीन रोगहरूबाट बचाउन सहयोग गर्दछ । तर, यी दुईलाई मिलाएर सेवन गर्नु र यसले हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ भन्ने बुझाइ राख्नु प्रभावकारी हुँदैन । 

मानिसको स्नायु प्रणालीलाई उत्तेजित गर्ने, सतर्कता बढाउने र मुड बढाउने लगायतका काम कफीमा रहेको क्याफिनले गर्दछ । त्यस्तै अर्कोतर्फ सुन्तला र मन्डारिन पछि कागती संसारको तेस्रो सबैभन्दा धेरै उत्पादन हुने सिट्रस फल हो । भिटामिन सी र एन्टिअक्सिडेन्टका साथै अन्य धेरै लाभदायक बिरुवाको समिश्रणको ठूलो स्रोतका रुपमा यिनिहरूलाई चिनिन्छ ।

हाम्रो शरीरमा फ्री रेडिकलको संख्या कम हुँदा क्यान्सर लगायतका रोगहरू लाग्ने जोखिम हुनेगर्छ । यो अवस्थामा मानव शरीरलाई अत्यधिक मात्रामा रहेका फ्री रेडिकलहरूको हानिकारक असरबाट कफी र कागती दुबैमा रहेको एन्टिअक्सिडेन्टहरूले  जोगाउन सक्छ । कफीमा क्याफिन र क्लोरोजेनिक एसिड (सीजीए) रहेको हुन्छ, यो एन्टिअक्सिडेन्ट प्रकृतिले नै सक्रिय यौगिकहरूको रूपमा कफीमा समावेश गराएको हुन्छ । 

कागतीलाई भिटामिन सी र फ्लेभोनोइड्सको एक उच्च स्रोत रहेको प्रमाणले देखाउँछ । यी दुवै शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्, साथै उक्त रिसर्च पेपरले दुवै यौगिकहरूले मुटुका लागि सुरक्षा प्रदान गर्दछन् । यी मध्ये भिटामिन सीले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई सुरक्षित राख्छ र संक्रमणसँग लड्न मद्दत गर्दछ ।

५० वर्षभन्दा कम उमेरमा हुने एउटा समस्या टाउको दुखाइ र माइग्रेन हो । कफीको क्याफिनमा भासोकन्स्ट्रिक्टर प्रभाव हुन्छ र यसले टाउको तर्फ रक्त प्रवाह कम गर्न र दुखाइ कम गर्न रक्त वाहिकाहरूलाई बलियो बनाउन सक्ने एक परिकल्पनासहितको लेखमा उल्लेख गरिएको छ । क्याफिनले टाउको दुखाइ र माइग्रेनको उपचारमा औषधिको प्रभावलाई बढाउन सक्छ ।

उल्लेखित परिकल्पनाको विपरित अर्को अनुसन्धान पत्रले क्याफिनले केही व्यक्तिहरूमा टाउको दुख्ने समस्या निम्त्याउन सक्ने चेतावनीसमेत दिइएको छ । 

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने कागतीसँग कफी पिउनाले  टाउको दुखाइ कम गर्न पनि सक्छ र टाउको दुख्ने समस्या निम्त्याउन पनि सक्छ । यद्यपी कफी र कागती पिउनाले कसैलाई टाउको दुख्ने समस्या निको हुन्छ भने त्यो क्याफिनका कारणले भएको हुनसक्छ । 

यसअघि हामीले हिमालयन नुनसँग कागतीको रस सेवन गर्दा केही मिनेटमै माइग्रेनको दुखाइ निको हुन्छ भन्ने दाबीमाथि जाँच गरेका थियौँ । तर, कागतीको रसले माइग्रेनको प्राकृतिक उपचार गर्छ भन्ने दाबीलाई वैज्ञानिक प्रमाणले पुष्टि भएको थिएन । 

निष्कर्ष

कागतीसँग कफी पिउनाले  टाउको दुखाइ कम गर्न पनि सक्छ र टाउको दुख्ने समस्या निम्त्याउन पनि सक्छ ।  दुईवटा तत्वको मिश्रण गर्दा शरीरलाई फाइदा हुन्छ भन्ने विश्वास केही मानिसले गरेपनि उक्त बुझाइमा विज्ञान भने असहमत देखिन्छ । 

नतिजा : आंशिक गलत

हाम्रा स्रोतहरू

Thieme-connect.com
Ncbi.nlm.nih.gov
Sciencedirect.com


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular