पछिल्लो समय वामपन्थी धारका आठ दलद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । ६ वटा पार्टी र २ वटा मोर्चाद्वारा जारी उक्त प्रेस विज्ञप्तिमा दलको ‘नेपाल कम्प्युटर पार्टी’ राखिएको भन्दै सामाजिक संजालमा चर्चा भइरहेको देखिन्छ । दाबीसहित फैलिरहेको प्रेस विज्ञप्तिमा हस्ताक्षरकर्ता अधिकांश कम्युनिस्ट नेपालहरुको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टीबाट हुनुपर्नेमा ‘नेपाल कम्प्युटर पार्टी’ राखिएको देखिन्छ ।
प्रेस विज्ञप्तिमार्फत् फागुन १७ गते (मंगलबार) नेपालका आठ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) सम्झौता संसदबाट पारित भएको विरोधमा देशव्यापी प्रदर्शन र सभा गर्ने घोषणा गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको बैठकले एमसिसी राष्ट्रघाती रहेको निष्कर्ष निकाल्दै देशव्यापी प्रदर्शन र विरोधसभा घोषणा गरेको हो ।
देशव्यापी प्रदर्शन र विरोधसभा घोषणाको जानकारी दिइएको यही प्रेस विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीबाट हुनुपर्नेमा ‘नेपाल कम्प्युटर पार्टी’ राखिएको भन्ने दाबी सामाजिक संजालमा फैलिएको छ । पत्रकार राजेश राईले मंगलबार यही दाबीसहितको संयुक्त प्रेस विज्ञप्ति ट्विट गरेका छन् । आफ्नो ट्विटमा उक्त दाबीसहितको विज्ञप्ति राख्दै राईले लेखेका छन्,‘कम्प्युटर पार्टी !
त्यस्तै मंगलबार राति नै #JokesNEPAL नामक फेसबुक पेजमा पनि उक्त दाबीसहितको संयुक्त प्रेस विज्ञप्ति पोस्ट भएको देखिन्छ । उक्त प्रेस विज्ञप्तिमा पनि नेपाल कम्युनिस्ट पार्टीबाट हुनुपर्नेमा ‘नेपाल कम्प्युटर पार्टी’ देखिन्छ । दाबीसहितको उक्त पोस्ट १५ सयभन्दा बढीले लाइक गरिसकेका भने ३१ भन्दा बढी फेसबुक प्रयोगकर्ताले उक्त सामग्री सेयर गरिसकेका छन् ।
त्यस्तै सामाजिक संजाल ट्विटरमा ‘नेपाल कम्प्युटर पार्टी’ भन्ने किवर्ड सर्च गर्दा थुप्रै नतिजाहरू भेटिएका छन् । यसले उक्त दाबीसहितको प्रेस विज्ञप्ति सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ । हेर्नुस्, ट्विटरमा भेटिने दाबीसहितका प्रेस विज्ञप्ति :

तथ्यजाँच/प्रमाणिकरण
गम्भीर मुद्दामा देशव्यापी प्रदर्शन र विरोधसभा घोषणा गरेका राजनीतिक दलका शीर्ष नेताले आफ्नो पार्टीको नाम नै गलत लेखे भन्दै सामाजिक संजालमा हल्लाखल्ला भइरहेको छ । यही परिस्थितिमा न्युजचेकरले यो विषयमा तथ्यजाँच गरेको छ । सुरुमा हामीले ‘नेपाल कम्प्युटर पार्टी’, ‘आठ दल’, ‘संयुक्त प्रेस विज्ञप्ति’, ‘एमसिसीविरुद्ध देशव्यापी प्रदर्शनको घोषणा’ आदि किवर्ड सर्च गर्यौँ । जसबाट केही नतिजा निस्किए ।
हामीले उक्त संयुक्त प्रेस विज्ञप्तिलाई स्रोत बनाएर तयार पारिका केही समाचार भेट्टायौँ । केही सामाचार पोर्टलले आफ्नो सामाचारमा आठ दलद्वारा जारी प्रेस विज्ञप्ति पनि राखेको पाइयो । नेपालखबर डटकमले राखेको आठ दलको प्रेस विज्ञप्तिमा दलको नाम ‘नेपाल कम्प्युटर पार्टी’ नरहेको देखियो ।

एउटा स्रोतबाट मात्र तथ्य प्रमाणित नभएपछि हाम्री दोस्रो स्रोतको खोजिमा लाग्यौँ । हामीले संचार माध्यमहरूलाई पठाइएको विज्ञप्तिको एकप्रति फेला पार्यौँ । इमेलबाट पठाइएको उक्त विज्ञप्तिमा पनि दाबी गरेजस्तो ‘नेपाल कम्प्युटर पार्टी’ लेखिएको पाइएन ।

निष्कर्ष :
आठ दलको संयुक्त प्रेस विज्ञप्तिमा दलको नाम ‘नेपाल कम्प्युटर पार्टी’ र नेपाल कम्युनिस्ट पार्टी दुबै लेखिएका पर्चा भेटिए ।
नतिजा : भ्रामक/असत्य
हाम्रा स्रोतहरू :
NepalKhabar : एमसीसीविरुद्ध आन्दोलनलाई निरन्तरता दिने ८ दलको घोषणा
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co
’