अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा दाबी गरिएका थप सामग्रीहरू सामाजिक संजालमा फेला परेका छन् । विभिन्न दाबीसहित फैलिरहेका ती सामग्रीहरू केही हालसालै पोस्ट गरिएका छन् भने केही सामग्रीहरू अगाडि नै पोस्ट पोस्ट गरिएको देखिन्छ । तर, दुबै किसिमका सामग्रीहरू एमसिसी विवाद चर्किएका बेला फैलाउन खोजिएको छ ।
केश-१ : #ridamacharya नामक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपालले अमेरिकासँग युद्धको तयारी गरिरहेको दाबी गरिएको छ । भिडियोको थमलेनमा उक्त दाबी गरिएको देखिन्छ । ‘अमेरिकासँग युद्धको तयारी गर्दै नेपाल’ भन्ने थमलेन राखिएको उक्त भिडियोमा २१ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

केश-२ : ‘#internetकोदुनियाँ’ नामक टिकटक आइडीमा पहिलोपटक पोस्ट गरिएको यो टिकटक अडियोमा नेपाली सेनाले बालुवाटार घेर्ने योजना बनाएको दाबी गरिएको छ । टिकटकमा फैलिएका यो अडियोसहितका भिडियोहरूमा एमसिसीविरुद्ध नेपाली सेनाको एक समूह बख्तरबन्दसहित बालुवाटार घेर्ने योजनामा रहेको जानकारी दिइएको छ । भिडियोमा जोडिएको अडियोमा भनिएको छ,‘एमसिसीविरुद्ध नेपाली सेनाको एक खत्रा सन् बख्तरबन्दसहित एकाएक बालुवाटार घेर्ने योजना बनाउँदै, नेपालहरूलाई ज्यान जोगाउँन भागाभाग हुने निश्चित ।’

उक्त अडियोबाट अहिलेसम्म १२वटा भिडियो पुन:निर्माण भइरहेका छन् र ती भिडियोहरू फैलिनेक्रम जारी छ ।
केश-३ : #Raaz नामक टिकटक आइडीमा पोस्ट गरिएको यो भिडियोमा एमसिसी पास हुने भएकाले देशभर सेना खटाउन गृहमन्त्रीले आदेश दिएको दाबी गरिएको छ । टिकटकमा दाबीसहितको उक्त अडियो केही समय अगाडि नै पोस्ट भएको देखिन्छ तर एमसिसी विवाद चर्किरहेका बेला यो अडियो सामाजिक संजालमा फेरि फैलिन थालेको हो । अडियोमा भनिएको छ,’एमसिसी पास हुने भएकाले देशभर सेना खटाउन गृहमन्त्रीको आदेश, देश संकटमा फस्दै ।’

यो अडियोबाट अहिलेसम्म ३ वटा भिडियो पुन:निर्माण भइरहेका छन् र ती भिडियोहरू फैलिनेक्रम जारी छ ।
तथ्यजाँच प्रमाणिकरण
एमसिसीका विषयमा फैलिएका भ्रामक सूचनाको न्युजचेकरले नियमित रुपमा तथ्यजाँच गरिरहेको छ । यही क्रममा एमसिसीबारे भ्रामक सूचना फैलिनेक्रम रोकिएको छैन । त्यसैले हामीले एमसिसी सम्बन्धी दाबी गरिएका अन्य सामग्रीमा पनि तथ्यजाँच गर्ने निर्णय गरेका हौँ ।
केश-१ मा राखिएको भिडियोमा नेपालले अमेरिकासँग युद्धको तयारी गरिरहेको दाबी गरिएको छ । तर यो दाबी भ्रामक छ । किनकि नेपाल सरकारको नीति अमेरिकासँग पारस्परिक सम्बन्ध कायम राख्ने नै छ । भिडियोमा देखाइएको विमान र विमानस्थन चितवनस्थित मेघौलीको हो । मेघौली विमानस्थलमा नेपाली वायुसेनाले नियमित रुपमा अभ्यास गर्ने गरेको छ । भिडियोमा देखाइएको विमानको नाम स्काइ ट्रक हो ।
चितवनस्थित मेघौली विमानस्थल
केश-२ मा एमसिसीविरुद्ध बख्तरबन्दसहित सेनाको एक समूहले बालुवाटार घेर्ने योजना बनाएको दाबी गरिएको छ । यो सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको दाबीमा कुनै सत्यता भने छैन । एमसिसीसँग जोड्दै गरिएको यो दाबी पूरानै भएका हो तर एमसिसी विवाद उत्कर्षमा पुगेका बेला यो दाबी पुन: फैलिएको देखिन्छ । तर, उक्त दाबी सत्य भने छैन । भिडियोमा सनसनीपूर्ण ढंगले विषयलाई तोडमोड गरेर प्रस्तुत गरेको छ । दाबी गरेजस्तो अहिलेसम्म नेपाली सेनाले कुनै योजना बनाएको खबर संचार माध्यममा आएको छैन ।
केश-३ मा एमसिसी पास हुने भएकाले देशभर सेना खटाउन गृहमन्त्रीले आदेश दिएको दाबी गरिएको छ । सनसनीपूर्ण ढंगको दाबी गरिएको यो सामग्री पनि भ्रामक छ । एमसिसीका विरुद्ध काठमाडौँमा प्रदर्शन भइरहेपनि गृहमन्त्रालयले सेना परिचालन गरेको छैन ।
यो भिडियोको मूल स्रोत एक युट्युब सामग्री हो । Greater Nepal TV नामक युट्युब च्यालनले पोस्ट गरेको मूल भिडियोसमेत भ्रामक देखिन्छ । केन्द्रीय सुक्षा परिषाद् बैठकको प्रसंग निकाल्दै उक्त भिडियोमा सनसनीपूर्ण र भ्रामक शीर्षकहरू बाचन गरिएको देखिन्छ । उक्त भिडियोको शीर्षकमा लेखिएको छ,’ओ माइ गड एमसिसीविरुद्वको आन्दोलन रोक्न सेना खटाइँदै ।’
निष्कर्ष :
माथिका केशहरूमा गरिएका दाबी भ्रामक छ । तथ्यलाई बङ्ग्याएर ती दाबीहरू प्रस्तुत गरिएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
Desh Nepal : Nepal Army Parajump At Meghauli Airport, Chitwan.
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co