Sunday, November 24, 2024
Sunday, November 24, 2024

HomeFact CheckPoliticsएमसिसीविरुद्ध सडकमा उत्रिएका ८ दलको प्रेस विज्ञप्तिमा 'कम्प्युटर पार्टी', सामाजिक संजालमा भाइरल

एमसिसीविरुद्ध सडकमा उत्रिएका ८ दलको प्रेस विज्ञप्तिमा ‘कम्प्युटर पार्टी’, सामाजिक संजालमा भाइरल

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

पछिल्लो समय वामपन्थी धारका आठ दलद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । ६ वटा पार्टी र २ वटा मोर्चाद्वारा जारी उक्त प्रेस विज्ञप्तिमा दलको ‘नेपाल कम्प्युटर पार्टी’ राखिएको भन्दै सामाजिक संजालमा चर्चा भइरहेको देखिन्छ । दाबीसहित फैलिरहेको प्रेस विज्ञप्तिमा हस्ताक्षरकर्ता अधिकांश कम्युनिस्ट नेपालहरुको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टीबाट हुनुपर्नेमा ‘नेपाल कम्प्युटर पार्टी’ राखिएको देखिन्छ ।

प्रेस विज्ञप्तिमार्फत् फागुन १७ गते (मंगलबार) नेपालका आठ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) सम्झौता संसदबाट पारित भएको विरोधमा देशव्‍यापी प्रदर्शन र सभा गर्ने घोषणा गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको बैठकले एमसिसी राष्ट्रघाती रहेको निष्कर्ष निकाल्दै देशव्‍यापी प्रदर्शन र विरोधसभा घोषणा गरेको हो । 

देशव्‍यापी प्रदर्शन र विरोधसभा घोषणाको जानकारी दिइएको यही प्रेस विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीबाट हुनुपर्नेमा ‘नेपाल कम्प्युटर पार्टी’ राखिएको भन्ने दाबी सामाजिक संजालमा फैलिएको छ । पत्रकार राजेश राईले मंगलबार यही दाबीसहितको संयुक्त प्रेस विज्ञप्ति ट्विट गरेका छन् । आफ्नो ट्विटमा उक्त दाबीसहितको विज्ञप्ति राख्दै राईले लेखेका छन्,‘कम्प्युटर पार्टी !

त्यस्तै मंगलबार राति नै #JokesNEPAL नामक फेसबुक पेजमा पनि उक्त दाबीसहितको संयुक्त प्रेस विज्ञप्ति पोस्ट भएको देखिन्छ । उक्त प्रेस विज्ञप्तिमा पनि  नेपाल कम्युनिस्ट पार्टीबाट हुनुपर्नेमा ‘नेपाल कम्प्युटर पार्टी’ देखिन्छ । दाबीसहितको उक्त पोस्ट १५ सयभन्दा बढीले लाइक गरिसकेका भने ३१ भन्दा बढी फेसबुक प्रयोगकर्ताले उक्त सामग्री सेयर गरिसकेका छन् ।

त्यस्तै सामाजिक संजाल ट्विटरमा ‘नेपाल कम्प्युटर पार्टी’ भन्ने किवर्ड सर्च गर्दा थुप्रै नतिजाहरू भेटिएका छन् । यसले उक्त दाबीसहितको प्रेस विज्ञप्ति सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ । हेर्नुस्, ट्विटरमा भेटिने दाबीसहितका प्रेस विज्ञप्ति :

तथ्यजाँच/प्रमाणिकरण

गम्भीर मुद्दामा देशव्‍यापी प्रदर्शन र विरोधसभा घोषणा गरेका राजनीतिक दलका शीर्ष नेताले आफ्नो पार्टीको नाम नै गलत लेखे भन्दै सामाजिक संजालमा हल्लाखल्ला भइरहेको छ । यही परिस्थितिमा न्युजचेकरले यो विषयमा तथ्यजाँच गरेको छ । सुरुमा हामीले  ‘नेपाल कम्प्युटर पार्टी’, ‘आठ दल’, ‘संयुक्त प्रेस विज्ञप्ति’, ‘एमसिसीविरुद्ध देशव्‍यापी प्रदर्शनको घोषणा’ आदि किवर्ड सर्च गर्‍यौँ । जसबाट केही नतिजा निस्किए ।

हामीले उक्त संयुक्त प्रेस विज्ञप्तिलाई स्रोत बनाएर तयार पारिका केही समाचार भेट्टायौँ । केही सामाचार पोर्टलले आफ्नो सामाचारमा आठ दलद्वारा जारी प्रेस विज्ञप्ति पनि राखेको पाइयो । नेपालखबर डटकमले राखेको आठ दलको प्रेस विज्ञप्तिमा दलको नाम ‘नेपाल कम्प्युटर पार्टी’ नरहेको देखियो ।

एउटा स्रोतबाट मात्र तथ्य प्रमाणित नभएपछि हाम्री दोस्रो स्रोतको खोजिमा लाग्यौँ । हामीले संचार माध्यमहरूलाई पठाइएको विज्ञप्तिको एकप्रति फेला पार्‍यौँ । इमेलबाट पठाइएको उक्त विज्ञप्तिमा पनि दाबी गरेजस्तो ‘नेपाल कम्प्युटर पार्टी’ लेखिएको पाइएन ।

निष्कर्ष :

आठ दलको संयुक्त प्रेस विज्ञप्तिमा दलको नाम ‘नेपाल कम्प्युटर पार्टी’ र नेपाल कम्युनिस्ट पार्टी दुबै लेखिएका पर्चा भेटिए ।

नतिजा : भ्रामक/असत्य

हाम्रा स्रोतहरू :

NepalKhabar : एमसीसीविरुद्ध आन्दोलनलाई निरन्तरता दिने ८ दलको घोषणा

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular