Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: डर्मा रोलर यन्त्रको प्रयोगले झरेको कपाल सय प्रतिशत ग्यारन्टीको साथ उमार्छ ।
तथ्य: डर्मा रोलरको प्रयोगले झरेको कपाल १०० प्रतिशत ग्यारेन्टीका साथ उमार्छ भन्ने दाबी आंशिक गलत रहेको पाइयो ।
सामाजिक संजालमा एउटा स्वास्थ्य यन्त्रको विज्ञापनजन्य पोस्ट फेला परेको छ । उक्त पोस्टमा डर्मा रोलर एउटा यन्त्रको प्रयोगले झरेको कपाल सय प्रतिशत ग्यारेन्टीको साथ उमार्न सकिने दाबी गरिएको छ ।
मनकामना अनलाईन सुविधा नामक फेसबुक पेजमा पोस्ट गरिएको विज्ञापनमा एउटा भिडियो जोडिएको छ । कपाल झरेको टाउकोमा डर्मा रोलर नामक यन्त्रको प्रयोग गरिएको दृश्य उक्त भिडियोमा देख्न सकिन्छ । साथै भिडियोसँगै क्याप्सनमा लेखिएको छ- ‘झरेको कपाल १००% ग्यारेन्टीको साथ उमार्ने अचुक तरिका Derma Roller ।’
प्रस्तुत दाबीसहितको विज्ञापनलाई २ लाख २७ हजारपटक भन्दा बढी हेरिएको छ । साथै उक्त भिडियोमा करिब ४ सय फेसबुक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन् । यही फैलावटका आधारमा हामीले प्रस्तुत दाबीमाथि जाँच गरेका छौँ । के डर्मा रोलर यन्त्रको प्रयोगले झरेको कपाल सय प्रतिशत ग्यारेन्टीको साथ उमार्न सक्छ त ?

डर्मा रोलर (Derma Roller) हातको सहायताले प्रयोग गरिने एउटा यन्त्र हो, जसमा रहेका स-साना सुईहरूका माध्यमबाट टाउकोमा मसाज गरिन्छ । यो यन्त्र माइक्रोनेडलिङको लागि प्रयोग गरिन्छ । पछिल्लो समय डर्मा रोलर नामक यन्त्रको आम रुपमा प्रयोग हुँदै आएको छ ।
के डर्मा रोलर यन्त्रको प्रयोगले झरेको कपाल सय प्रतिशत ग्यारेन्टीको साथ उमार्न सक्छ त ? उक्त यन्त्रले झरेको कपाललाई क्यारेन्टीका साथ उमार्न सक्दैन । प्रस्तुत दाबी गलत छ ।
डर्मा रोलिङले टाउकोलाई उत्तेजित गरेर रक्त संचारलाई सुधार गर्ने र कपाल बढ्न मद्दत गर्न सक्छ । तर, यसको प्रभावकारिता व्यक्तिको शारीरिक अवस्था अनुसार फरक हुन्छ । उक्त यन्त्रलाई कपाल झर्ने समस्याको सामधानका लागि ग्यारेन्टी साथ प्रयोग गर्न सकिँदैन ।
वंशानुगत, चिकित्सा जटिलता र हार्मोन परिवर्तन लगायतका कारणले कपाल झर्ने समस्या निम्तिएको हुनसक्छ । उक्त समस्या निवारण गर्न विज्ञानमा आधारित उपचार आवश्यक पर्दछ । कपाल झर्ने समस्यालाई समाधान गर्न स्वास्थ्य सेवा पेशेवर वा छाला विशेषज्ञसँग परामर्श गर्न आवश्यक छ ।
डर्मा रोलर नामक यन्त्रको प्रयोगले झरेको कपाल सय प्रतिशत ग्यारेन्टीको साथ उमार्न सकिन्छ भन्ने दाबी भ्रामक छ । डर्मा रोलरको प्रयोगले झरेको कपाल १०० प्रतिशत ग्यारेन्टीका साथ उमार्छ भन्ने दाबी आंशिक गलत रहेको पाइयो ।
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2021 Dec 1
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov, 2020 Oct 26
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025

Newschecker And THIP Media
August 1, 2025