Friday, April 19, 2024
Friday, April 19, 2024

HomeFact Checkके अमलाको रस र महको सेवनले न्यून रक्तचाप निको हुन्छ ?

के अमलाको रस र महको सेवनले न्यून रक्तचाप निको हुन्छ ?

सामाजिक संजालमा स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा अमलाको रस र मह मिसाएर सेवन गर्दा न्यून रक्तचापको समस्या सामधान गर्ने दाबी गरिएको देखिन्छ । 

GhimireSitaram नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा दृश्य देखिएको छ । उक्त दृश्यमा एउटा थमनेल राखिएको छ र उक्त थमनेलमा ‘प्रेसर लो’को अचुक घरेलु औषधिका रुपमा प्रस्तुत गरिएको छ । थमनेलमा भनिएको छ,‘प्रेसर लो को घरेलु अचुक दबाई ।’

त्यस्तै दाबीसहितको सामग्रीमा एक व्यक्ति ‘प्रेसर लो’को अचुक घरेलु औषधिबारे बताइरहेका छन् । उनले भनेका छन्- ‘हजुरहरूलाई ब्लड प्रेसर लो भएर बेला-बेलामा गाह्रो हुन्छ । बेला-बेलामा बोहोस होला जस्तो हुन्छ,  अफ्ठ्यारो फिलिङ हुने समस्या छ भने यसको एउटा उपाय छ । एक चम्चा अमलाको रस लिनुस् त्यसमा एक चम्चा राम्रो पे‌ओर हनी लिनुस्, यसलाई पेस्ट बनाएर खाइिदनुस् । यसो गर्नासाथै तपाई‌ंको समस्या केही क्षणमै कन्ट्रोल हुन्छ । राम्रो फाइदा गर्छ आवश्यक पर्दा बेलाबेला युज गर्दा हुन्छ ।’

दाबीसहितको प्रस्तुत सामग्रीमा अमलाको रस र मह मिसाएर सेवन गर्दा न्यून रक्तचापको समस्या निवारण हुने दाबी गरिएको छ । मानव स्वास्थ्य जस्तो गम्भिर विषयसँग सम्बन्धित रहेकाले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका हौँ ।

तथ्यजाँच/प्रमाणीकरण

अमलाको रस र मह मिसाएर सेवन गर्दा न्यून रक्तचापको समस्या निवारण हुने कुनै प्रमाण भेटिँदैन । सन् २०१५ मा प्रकाशित एउटा शोधपत्रले चिनी खाँदा रक्तचाप बढ्न सक्ने र न्यून रक्तचापबाट पीडित व्यक्तिहरूको लागि फाइदाजनक हुनसक्ने निष्कर्ष निकालिएको छ । त्यसैगरी धेरै नुन सेवन गर्दा पनि न्यून रक्तचापबाट पीडित केही व्यक्तिहरूलाई उपयोगी हुने बताइएको छ । 

अमला र महको नियमित सेवनले रक्तचाप सन्तुलनमा राख्न फाइदाजनक हुनेसमेत उपलब्ध प्रमाणमा उल्लेख गरिएको छ ।

प्रमाणहरूले जे बताएपनि कहिलेकाहीँ घरेलु उपचारमा मात्र भर पर्दा तथा तत्काल उपचार नखोज्दा समस्याग्रस्त व्यक्तिको लागि गम्भीर समस्या निम्तिन सक्छ । तसर्थ, यस्ता खालका समस्याहरूमा डाक्टरसँग परामर्श लिनु र तुरुन्तै औषधिसहितको उपचार गर्नु राम्रो हुन्छ । उदाहरणका लागि फ्लुड्रोकोर्टिसोनले रगतको मात्रा बढाउँछ र प्रायः अर्थोस्टेटिक हाइपोटेन्सनको उपचार गर्छ ।

अमलाको रस र मह मिसाएर सेवन गर्दा न्यून रक्तचापको समस्या निवारण गर्छ भन्ने दाबीका सम्बन्धमा हामीले डा.प्रियंकासँग परामर्श गर्‍यौँ । उनले भनिन्,‘धमनीमा अवरोधको कारण उच्च रक्तचाप हुनसक्छ । पोटासियम वा नाइट्रोजन जस्ता केही पोषक तत्वहरूले रक्तचाप कम गर्न भासोडिलेटरको रूपमा काम गर्दछ । अमलामा पोटासियम प्रचुर मात्रामा पाइन्छ र यसैले रक्तचापको समस्या कम गर्न मद्दत गर्दछ ।’

निष्कर्ष

अमलाको रस र मह मिसाएर सेवन गर्दा न्यून रक्तचापको समस्या निको हुने कुनै प्रमाण भेटिँदैन । घरेलु उपचारमा मात्र भर पर्दा तथा तत्काल उपचार नखोज्दा समस्याग्रस्त व्यक्तिको लागि गम्भीर समस्या निम्तिन सक्छ । त्यसैले यस्ता खालका समस्याहरूमा डाक्टरसँग परामर्श लिनु र तुरुन्तै औषधिसहितको उपचार गर्नु राम्रो हुन्छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular