Friday, December 20, 2024
Friday, December 20, 2024

HomeFact Checkके आलसको तेलले कब्जियत निको पार्छ ?

के आलसको तेलले कब्जियत निको पार्छ ?

सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ, जसमा आलसले कब्जियत निको पार्ने दाबी गरिएको देखिन्छ ।  

Organic Online नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा एउटा प्रोडक्टको दृश्य देखाइएको छ । उक्त दृश्यमा एउटा थमनेलसमेत राखिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘आलसको तेल, बेबीको दिमाग र कब्जियतमा निकै राम्रो हुन्छ ।’

प्रस्तुत सामग्रीमा अन्य दाबीहरूसमेत रहेका छन् तर यस सामग्रीमा हामीले कब्जियतबारे मात्रै जाँच गरेका छौँ । मानव स्वास्थ्य जस्तो गम्भिर विषयसँग सम्बन्धित रहेकाले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका हौँ ।   

तथ्यजाँच/प्रमाणीकरण

आलसमा फाइबर प्रसस्त रुपमा पाइन्छ । यसलाई अल्फा-लिनोलेनिक एसिडसँगै फाइबर र ओमेगा-३ फ्याटी एसिडको गतिलो स्रोत मानिन्छ । 

आलसमा फ्ल्याक्ससीडमा लिग्नान भनिने फाइटोएस्ट्रोजेन पनि रहेको हुन्छ। आलसको नियमित सेवनले मानिसहरूलाई कम भोक लाग्ने लक्षण देखिन्छ । 

आलसमा फाइबर हुन्छ, जसले कब्जियतलाई कम गर्न सक्छ । तर, यस विषयमा आलसको प्रभावकारिताबारे थोरै मात्र अनुसन्धान भएको देखिन्छ । विभिन्न कारणले भएको कब्जियतलाई आलस बियाँले मात्र निको पार्छ भन्ने दाबीलाई भने उपलब्ध प्रमाणहरूले प्रमाणित गर्दैनन् । 

यस विषयमा हामीले आकाश अस्पताल, द्वारका, दिल्लीमा अभ्यास गरिरहेका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. शरद मल्होत्रासँग परामर्श गर्‍यौँ ।

डा. मल्होत्रा भन्छन्- ‘आन्द्राको अवस्था धेरै कारकहरूमा निर्भर हुने गर्दछ । ती कारकहरूमा खानेकुरा, पिउने पानी, मधुमेह जस्ता रोगहरू र औषधिहरू रहेका छन् । तसर्थ यस समस्याको सुधारका लागि खानपान र व्यायामसहितको जीवनशैलीमा पनि ध्यान दिनुपर्छ । आफ्नो जीवन र पेटको बारेमा सधैँ चनाखो  रहनुपर्छ । 

निष्कर्ष

आलसको बियाँमा हुने फाइबरले कब्जियतको समस्यालाई कम गर्न सक्छ तर यस विषयमा थोरै मात्र अनुसन्धान भएको पाइन्छ । त्यसैले यस दाबीमा धेरै कुराले प्रमाणित हुन सक्दैन । 

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू 

Pubmed.ncbi

Health.harvard.edu

Pubmed


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular