Monday, November 25, 2024
Monday, November 25, 2024

HomeFact CheckFact Check: प्रधानमन्त्रीले राष्ट्रपतिभन्दा राजा नै ठिक भनेका हुन् ? प्रचण्ड राजा...

Fact Check: प्रधानमन्त्रीले राष्ट्रपतिभन्दा राजा नै ठिक भनेका हुन् ? प्रचण्ड राजा ल्याउने मनस्थितिमा पुगेको दाबी 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिएको छ, जसमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिभन्दा राजा नै ठिक रहेको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।

फेसबुक, टिकटक र इन्टाग्राममा फैलिएको दाबीसहितको सामग्रीमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेको दृश्य देखिन्छ । उक्त भिडियोमा अंशमा प्रचण्डले भनेका छन्- ‘अहिले राष्ट्रपती भनेको संस्था त यति…त्यो भन्दा त राजाहरु भन्दा खेरी त एउटा थियो नि, एउटा शान अहिले त शान पनि छैन मान पनि छैन इज्जत पनि छैन, कस्तो…।’

Kbtamang नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा उल्लेखित प्रचण्डको भिडियो जोडिएको छ । उक्त भिडियोमा रहेको थमनेलमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति हटाएर राजा ल्याउने मनस्थितिमा रहेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘राष्ट्रपति हटाएर राजा ल्याउने मनस्थितिमा प्रचण्ड, आखिर प्रचण्ड पनि राजावादी नै रहेछ  त ।’

एक दिनअघि अर्थात् बुधबार पोस्ट गरिएको दाबीसहितको सामग्रीमा १ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त सामग्रीलाई करिब ४० टिकटकले सेयर गरिसकेको देखिन्छ । 

त्यस्तै प्रस्तुत सामग्री फेसबुक र इन्टाग्राममा पनि फैलिएको देखिन्छ । nabin7247 नामक इन्टाग्राम आइडीमा पोस्ट गरिएको भिडियोलाई फेसबुक रिलमा समेत राखिएको छ । यो भिडियोको थमनेलमा पनि पुष्षकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति भन्दा राजा ठिक रहेको अभिव्यक्ति दिएको दाबी गरिएको छ । थमनेलमा भनिएको छ- ‘राष्ट्रपति भन्दा राजा ठिक भन्छ, बुढो बाैलाएछ ।’    

प्रस्तुत सामग्रीमा करिब ७ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् भने यो सामग्रीलाई एक हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा माथि उल्लेखित सामग्रीको फैलावट व्यापक छ ।

प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले नै  राष्ट्रपतिको स्थानमा राजालाई रोज्नु संविधानको स्पीरिट विपरित हुन्छ । यही कारण प्रस्तुत सामग्री अत्यन्तै संवेदनशील छ र सोही संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित सामग्रीमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरिरहेको भिडियो अंश देख्न सकिन्छ । सोही भिडियोमा नेपालका प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिभन्दा राजा नै ठिक रहेको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ । त्यसैले हामीले सुरुमै पुष्षकमल दाहाल ‘प्रचण्ड’ले गरेको भाषणको मूल अंश पत्ता लगाउने कोशिस गर्‍यौँ ।

भाषणको मूल अंश पत्ता लगाउने क्रममा हामीले केही वाक्यांश तयार पार्‍यौँ । ती वाक्यांश मध्ये ‘राष्ट्रपति राजा प्रचण्ड’लाई हामीले युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप सगरमाथा टेलिभिजनको युट्युब च्यानल (Sagarmatha TV) मा पोस्ट गरिएको भिडियो फेला पर्‍यो ।

एक वर्षअघि अर्थात् जनवरी २०२१ मा पोस्ट गरिएको उक्त सामग्रीमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको मूल भिडियो देख्न सकिन्छ । फेला परेको भिडियो रिपोर्ट वर्तमान सन्दर्भसँग मेल नखाने फरक सन्दर्भको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा संसद् पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका विपक्षी गठबन्धनका शीर्ष नेताहरूले मिडियाका सम्पादकहरूसँग अन्तर्क्रिया गरेका थिए । 

१० असार २०७८ मा आयोजित उक्त अन्तर्क्रियामा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले पनि सम्बोधन गरेका थिए । उक्त सम्बोधनमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन्- 

‘हुँदाहुँदा राष्ट्रपति कार्यलय, सबैले अभिभावक भनेर संविधानको संरक्षक भनेर, अँझ झन् म त महिलालाई अगाडि सर्ने भनेर..(हाँसो)…महिलाअघि सार्ने भाको त हेर्नूस त अहिले राष्ट्रपति कस्तो भयो, अहिले राष्ट्रपनि भनेको संस्था त यति….त्यो भन्दा त..राजाहरू भन्दा खेरी त एउटा थियो नि, एउटा शान अहिले त शान पनि छैन मान पनि छैन इज्जत पनि छैन कस्तो ।’

पुष्षकमल दाहाल ‘प्रचण्ड’ले बोलेको उक्त अभिव्यक्ति दिएको समयमा मुलुकमा केपी शर्मा ओली प्रधानमन्त्री थिए । दाबीसहितको सामग्रीमा भने प्रधानमन्त्री पदमा रहेकै बेला पुष्षकमल दाहाल ‘प्रचण्ड’ले नै उक्त अभिव्यक्ति दिएको दाबी गरिएको छ । तर, यो अभिव्यक्ति दिँदा पुष्षकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नभई माओवादी केन्द्रका अध्यक्ष मात्रै थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर प्रश्न गरेका थिए । वर्तमान समयमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ मुलुकको प्रधानमन्त्री पदमा छन् भने राष्ट्रपति पदमा राष्ट्रपति विद्यादेवी भण्डारी नभई रामचन्द्र पौडेल आसिन छन् ।      

फेला परेका तथ्यहरूबाट के पुष्टि हुन्छ भने मुलुकको प्रधानमन्त्री पदमा केपी शर्मा ओली र राष्ट्रपति पदमा विद्यादेवी भण्डारी रहेका बेला तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिमाथि भ्रामक दाबी गरिएको छ । 

निष्कर्ष

प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ ‘राष्ट्रपति हटाएर राजा ल्याउने मनस्थितिमा रहेको दाबी गलत छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिभन्दा राजा नै ठिक भन्ने अभिव्यक्ति दिएको दाबी भ्रामक छ । मुलुकको प्रधानमन्त्री पदमा केपी शर्मा ओली र राष्ट्रपति पदमा विद्यादेवी भण्डारी रहेका बेला तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई तोडमोड गर्दै भ्रामक दाबी गरिएको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Setopati
Sagarmatha TV


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular