Friday, December 20, 2024
Friday, December 20, 2024

HomeFact CheckFact Check: एनसेल प्रकरणमा नेपालका प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीले एक-एक अर्ब घुस...

Fact Check: एनसेल प्रकरणमा नेपालका प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीले एक-एक अर्ब घुस लिएको अप्रमाणित दाबी 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी:  प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी ।
तथ्य: एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी प्रमाणित भएको छैन ।

एनसेल प्रकरणका विषयमा सामाजिक संजालमा चर्चा परिचर्चा भइरहेकै छ । नेपालको दूरसञ्चार नियामक एवं प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सरोकार राख्ने कुनै पनि निकायलाई जानकारी नै नदिई एनसेल आजियटाले मंसिर १५ मा ८० प्रतिशत सेयर बेचेको थियो । कानुनी रूपमा पूर्वस्वीकृति नलिई एनसेलको सेयर स्वामित्व खरिद–बिक्री गरिएको प्रकरणमा ‘सेटिङ’ भएको दाबी केही उच्च पदस्थ व्यक्तिहरुले गरिरहेका छन् । 

यही सन्दर्भमा एनसेल प्रकरणसँग सम्बन्धित केही दाबीसहितका सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी गरिएको एउटा सामग्री सामाजिक संजालमा ‍फेला परेको छ ।

Saru Magar 1010 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको तस्बिर देख्न सकिन्छ । भिडियोमा पूर्वनायब महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीको तस्बिरसमेत देख्न सकिन्छ । साथै भिडियोमा दाबीसहितको एउटा अडियो पनि सुन्न सकिन्छ ।  

यही भिडियोको थमनेलमा लेखिएको छ- ‘NCELL काण्डमा भष्ट्रचार भएको खुलासा, प्रचण्ड १ अर्ब, केपी ओली १ अर्ब, सेरे देउबा १ अर्ब घुस खाएको खुलासा ।’ 

एक साता अघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ३ सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब २ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के पुष्टि हुन्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । 

के एनसेल प्रकरणमा ‍नेपालका वर्तमान प्रधानमन्त्री र दुईजना पूर्वप्रधानमन्त्रीले एक-एक अर्ब रुपैयाँ घुस लिएको खुलासा भएको हो ? यही प्रश्नको उत्तर खोज्दै हामीले प्रस्तुत तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितको भिडिमा एउटा थमनेल जस्तो देखिने ग्राफिक तस्बिर जोडिएको छ । उक्त तस्बिरको थमनेलमा एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको खुलासा भएको दाबी गरिएको छ । 

प्रस्तुत थमनेलमा पूर्वनायब महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीको तस्बिरसमेत देख्न सकिन्छ । त्यसैले जाँचका क्रममा हामीले सबैभन्दा पहिले सोही थमनेल जस्तो देखिने तस्बिरको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । जसको लागि सबैभन्दा पहिले ‘NCELL’ ‘शुकदेवको खुलासा’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । 

सर्चको नतिजास्वरुप Yoho Television HD मा प्रसारित पूर्वनायब महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीसँगको एउटा अन्तर्वार्ता फेला पर्‍यो । ६ डिसेम्बर २०२३ मा पोस्ट गरिएको उक्त अन्तर्वार्ताको शीर्षक छ- ‘NCELL को नालीबेली,प्रचण्डले केही गर्न सक्दैनन्, सरकारले नै भ्रष्टाचारी पालेको छ, शुकदेवको खुलासा’ ।

प्रस्तुत अन्तर्वार्ताको थमनेलमा ‘प्रधानमन्त्रीहरु फस्दैछन’ मात्र लेखिएको छ । मात्र लेखिएको छ तर ‘NCELL काण्डमा भष्ट्रचार भएको खुलासा, प्रचण्ड १ अर्ब, केपी ओली १ अर्ब, सेरे देउबा १ अर्ब घुस खाएको खुलासा’ लेखिएको छैन ।

एउटा अन्तर्वार्ताजन्य सामग्रीको थमनेलसँगै दाबीसहितका वाक्यांशहरु लेखिएको पाइयो । तर, एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी प्रमाणित भएको छैन । 

अर्कोतर्फ एनसेल प्रकरण छानविनका लागि मन्त्रिपरिषद् बैठकबाट यही मंसिर २१ (२०८०) गते एउटा समिति गठन गरिएको छ । टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठन भएको एनसेल प्रकरण छानविन समितिले आफ्नो काम समेत अघि बढाइसकेको छ । समितिले आफ्नै अन्तिम रिपोर्ट तयार पारिरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी गरिएको देखियो ।

निष्कर्ष

एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी प्रमाणित भएको छैन । एउटा अन्तर्वार्ताजन्य सामग्रीको थमनेलसँगै दाबीसहितका वाक्यांशहरु लेखिएको र भ्रामक दाबीसहितको अडियो जोडिएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो अन्तर्वार्ता, Yoho Television HD

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular