Friday, October 18, 2024
Friday, October 18, 2024

HomeFact CheckFact Check: इन्द्रहाङ सुब्बाका भिडियोहरु जोडेर भ्रामक दाबी गरियो 

Fact Check: इन्द्रहाङ सुब्बाका भिडियोहरु जोडेर भ्रामक दाबी गरियो 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: भारतीय लोकसभामा उभिएर एक सांसदले ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ ।
तथ्य: फरक-फरक सन्दर्भका भिडियोहरुलाई भ्रामक दाबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।    

भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बासँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै लोकसभामा उभिएर एक सांसदले ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ । त्यस्तै भिडियोको थमनेलमा सिक्किम नेपालकै भएको दाबी गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बाले शपथग्रहण गरिरहेको दृश्य देख्न सकिन्छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘सिक्किम नेपालकै हो, जय बीर गोर्खाली । भारतीय लोकसभामा उभिएर एक सांसदले भने हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो ।’

दुई दिनअघि पोस्ट गरिएको भिडियोमा करिब २० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब ७ सय प्रतिक्रिया आएको भिडियोलाई टिकटक प्रयोगकर्ताले करिब एक हजार पटक सेयर गरिसकेका छन् । दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको संकेत यस तथ्यांकले गरेको छ ।

भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बाले के अभिव्यक्ति दिएका हुन् त ? दाबीसहितको सामग्रीमा जोडिएको भिडियो वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

इन्द्रहाङ सुब्बा भारतीय लोकसभा सांसद हुन् । उनी भारतीय लोकसभा निर्वाचन २०२४ मा सिक्किम राज्यबाट निर्वाचित भएका छन् । यसअघि उनी २०१९ को लोभसभा निर्वाचनमा पहिलोपटक निर्वाचित भएका थिए ।    

सिक्किम क्रान्तिकारी मोर्चाका नेतासमेत रहेका सुब्बा नेपाली भाषी भारतीय नागरिक हुन् । उनी पछिल्लो पटक सिक्किम राज्यबाट लोकसभामा निर्वाचित भएकै बेला सामाजिक संजालमा दाबीसहितको सामग्री पोस्ट गरिएको छ ।   

दाबीसहितको भिडियोको जाँचका क्रममा हामीले गुगलमा ‘Indra Hang Subba’ ‘Lok Sabha’ लगायतका वाक्यांशलाई सर्च गर्‍यौँ । जाँचका नतिजास्वरुप भारतको संसदीय गतिविधि पोस्ट गर्ने युट्युब च्यानल Sansad TV मा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । 

२५ जुन २०२४ मा पोस्ट गरिएको भिडियोमा सिक्किम राज्यबाट निर्वाचित लोकसभा सांसद इन्द्रहाङ सुब्बले शपथग्रहण गरिसकेका छन् । तर, उक्त शपथग्रहणको भिडियोमा ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ भन्ने अभिव्यक्ति दिएका छैनन् ।       

जाँचकै क्रममा हामीले Sansad TV युट्युब च्यानलमै अर्को भिडियो फेला पार्‍यौँ । यो भिडियोलाई पनि दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । तर, यो भिडियो वर्तामान सन्दर्भसँग सम्बन्धित छैन, अघिल्लो लोकसभासँग सम्बन्धित छ ।  

१८ सेप्टेम्बर २०२३ मा पोस्ट गरिएको भिडियोमा इन्द्रहाङ सुब्बाले आफलाई लोकसभामा नेपाली भाषामा बोल्दा गर्व लाग्ने बताएका थिए । उक्त भिडियोको शिर्षकमा लेखिएको छ- Indra Hang Subba’s Remarks | Discussion on ‘Parliamentary Journey of 75 Years’

फेला परेका दुबै भिडियोका अंशहरु माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको छन् । तर, कुनैपनि भिडियोमा भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बाले ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ भन्ने अभिव्यक्ति दिएका छैनन् ।

निष्कर्ष

भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बासँग सम्बन्धित भिडियोसँग ‘सिक्किम नेपालकै हो’, ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ जस्ता भ्रामक वाक्यांश जोडिएको छ । तर, यस्ता कुनैपनि अभिव्यक्ति इन्द्रहाङ सुब्बासँग सम्बन्धित छैनन् । फरक-फरक सन्दर्भका भिडियोहरुलाई भ्रामक दाबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।    

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

भिडियो, Sansad TV
समाचार, Business-standard
समाचार, Indianexpress

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular