Friday, April 26, 2024
Friday, April 26, 2024

HomeFact CheckFact Check: के अल्सरको उपचार आफैँले गर्न सकिन्छ ? हाँसेर बस्दा अल्सर...

Fact Check: के अल्सरको उपचार आफैँले गर्न सकिन्छ ? हाँसेर बस्दा अल्सर निको हुने दाबी  

सामाजिक संजालमा एउटा स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा खाना खाँदा नलिने, हरेक क्षण रिसाएको जस्तो अनुहार नदेखाउने, हाँस्न सिक्ने र हाँसेर बस्ने र पेट पोल्दा चारवटा बिस्कुट खाने गर्नाले अल्सर निको हुने दाबी गरिएको छ ।

ज्ञानबिज्ञान नामक फेसबुक पेजमा पोस्ट गरिएको सामग्रीमा अल्सर निको पार्ने घरेलु विधिको बारेमा जानकारी दिइएको छ । ‘अल्सर विमारीलाई घरेलु उपचार विधी’ शिर्षकको सट्याटसको पाँचाैँ बुँदामा माथि उल्लेखित दाबीहरू पेश गरिएको देखिन्छ ।   

प्रस्तुत दाबीसहितको स्ट्याटसको  ५ नम्बरको बुँदामा अल्सर रोगको उपचार आफैँले गर्न सकिने दाबी गरिएको छ । उक्त सामग्रीमा उल्लेखित दाबीसहितका बुँदाहरू यस्ता छन् :  

  • शारारिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने ।
  • खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खाने ।
  • तनाबको अवस्थामा नबस्ने, जतिखेर पनि रिसाएको जस्तो अनुहार नदेखाउने ।
  • हाँस्न सिक्ने र हाँसेर बस्ने ।
  • काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने दुई चार वटा बिस्कुटहरु खाने ।
  • स्वास्थ्यताको लागि आवश्यक व्यायम गर्ने ।

प्रस्तुत दाबीहरू मानव स्वास्थ्यसँग सम्बन्धित गम्भिर खालको रोगका बारेमा रहेका छन् । त्यसैले हामीले प्रस्तुत दाबीमाथि जाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

शरीरको बाहिरी वा भित्री सतहमा खुला घाउ हुनुलाई अल्सर भन्ने गरिन्छ ।  छाला वा श्लेष्म झिल्ली बिग्रिएर निको हुन नसकेका कारण अल्सर हुने गर्दछ । 

साना र पीडादायी घाउदेखि पेट वा आन्द्रामा हुने गम्भीर किसिमका घाउहरु पनि अल्सरभित्र पर्दछन् । केही अल्सरहरू आफैं निको हुन सक्छन् भने केही निको हुँदैनन् । 

प्रारम्भिक चरणका अल्सरहरूलाई उपचारको आवश्यकता पर्दैन, यी अल्सरहरू बिना उपचार आफैँ निको हुन सक्छन् । यद्यपि, यस्ता किसिमका अल्सरहररू उपचार बिना खराब पनि हुन सक्छन् र थप गम्भीर जटिलताहरू निम्त्याउन सक्छन् । यस्ता अल्सरले आन्तरिक रक्तस्राव र पेटको पर्खालमा छिद्र पार्न सक्छन् ।

पेटको अल्सर समयसँगै निको भएपनि अल्सर बल्झिनुको मूल कारणको उपचार नभएसम्म यो दोहोरिने सम्भावना रहिरहन्छ ।

अल्सरहरू प्रायः एन्टासिडहरू वा मसलादार खानाहरूलाई नियन्त्रण र बेवास्ता गर्दै उपचार गर्ने गरिन्छ। यद्यपि, उपचारपछि लक्षणहरू बाँकि नै रहे भने डाक्टरसँग परामर्श गर्नु राम्रो  हुन्छ । डाक्टरले अल्सरको उपचार गर्न एन्टिबायोटिक्स, प्रोटोन पम्प इन्हिबिटरहरू (पीपीआई) र एचटु-रिसेप्टर प्रतिरोधी औषधिहरू सिफारिस गर्न सक्छन् ।

निष्कर्ष

ग्यास्ट्रोइटेस्टाइनल समस्या सामधानका लागि विभिन्न घरेलु उपचारहरूको प्रयोग गर्ने गरिन्छ । तर, बिहानको खानासँग दहीमा एक चम्चा बेसार मिसाएर तथा भातसँग लसुनको तीनवटा पाेटी सेवन गर्दा ग्यास्ट्राइटिस निको हुन्छ भन्ने दाबी प्रमाणित गर्ने कुनै प्रमाण भेटिँदैनन् ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular