Thursday, September 19, 2024
Thursday, September 19, 2024

HomeFact CheckFact Check: भैरहवा विमानस्थलको घटनालाई काठमाडौँ विमानस्थलसँग जोडियो 

Fact Check: भैरहवा विमानस्थलको घटनालाई काठमाडौँ विमानस्थलसँग जोडियो 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ ।
तथ्य: २०८१ असार २७ गते राति भैरहवा विमानस्थल बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लिएको थियो, सोही घटनासँग सम्बन्धित तस्बिरमा भ्रामक दाबी जोडिएको पाइयो ।

बुद्ध एयरको जहाजसँग सम्बन्धित एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त तस्बिरसँगै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिइएको छ ।

M T 15 LOVER नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा बुद्ध एयरको जहाज धावनमार्गबाट चिप्लिएर बाहिर पुगेको देख्न सकिन्छ । उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । किन नेपालमा मात्र यस्तो हुन्छ हजुर ।’ 

१२ अगस्ट २०२४ मा पोस्ट गरिएको तस्बिर सामाजिक संजालमा फैलिनेक्रम जारी छ । दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हो त ? घटनाको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

बुद्ध एयरको जहाज देखिएको तस्बिरमा अनलाइन खबरको लोगोसमेत राखिएको छ । त्यसैले हामीले उक्त तस्बिरको जाँचका लागि ‘बुद्ध जहाज’ ‘विमानस्थल चिप्लिएको’ ‘onlinekhabar’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप onlinekhabar.com मा प्रकाशित समाचार फेला पर्‍यो ।  

२८ असार २०८१ मा प्रकाशित समाचार अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुद्ध एयरको उडान नम्बर ८०५ (नाइनएन–एओसी) जहाज चिप्लिएको थियो । यस घटनाबाट कुनै मानवीय क्षति भएको थिएन ।  

प्रस्तुत जानकारीलाई हामीले थप जाँच गर्‍यौँ । जाँचको नतिजास्वरुप ekantipur.comsetopati.com मा प्रकाशित समाचारहरुसमेत फेला परे ।  

फेला परेका समाचार अनुसार २७ असार २०८१ को राति साढे ९ बजे काठमाडौंबाट उडेको बुद्धको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको थियो । राति चिप्लिएको जहाजलाई भोलिपल्ट मात्र धावनमार्गबाट हटाइएको थियो ।

घटनाको सन्दर्भलाई थप पुष्टि गर्न दाबीसहित पोस्ट गरिएको तस्बिरको मूल स्रोत पत्ता लगाउन जाँच गर्‍यौँ । दाबीसहितको तस्बिरमा अनलाइन खबर संचार माध्यमको लोगो देख्न सकिन्छ । त्यसैले अनलाइन खबरका सामाजिक संजालमा १२ जुलाई २०२४ मा पोस्ट गरिएका सामग्रीहरुको खोजी गर्‍यौँ ।

जाँचकै नतिजास्वरुप  OnlineKhabar फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । १२ जुलाई २०२४ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘भैरहवा विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज यसरी निकालियो’

​​निष्कर्ष

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको जानकारी भ्रामक छ । २०८१ असार २७ गते राति भैरहवा विमानस्थल बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लिएको थियो । सोही घटनासँग सम्बन्धित तस्बिरलाई काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड‍ेर पोस्ट गरिएको पाइयो ।

नतिजा : भ्रामक  

हाम्रा स्रोतहरू

भिडियो, OnlineKhabar
समाचार, ekantipur.com 
समाचार, setopati.com   
समाचार, onlinekhabar.com

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular