Wednesday, November 27, 2024
Wednesday, November 27, 2024

HomeFact CheckFact Check: भारतबाट नेपाल आउँदै गरेको जहाज दुर्घटना भन्दै पोस्ट गरियो पुरानो...

Fact Check: भारतबाट नेपाल आउँदै गरेको जहाज दुर्घटना भन्दै पोस्ट गरियो पुरानो तस्बिर 

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: ‘भारतदेखि नेपाल आउँदै गरेको विमान भारतको लुधियानामा दुर्घटनाग्रस्त, २१ नेपाली रहेको पुष्टि बाँकी अपडेट आउन बाँकि’ ।
तथ्य: १२ मार्च २०१८ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस-बाङ्ला एयरसाइन्सको जहाज दुर्घटनाको तस्बिरलाई गलत दाबीसहित पोस्ट गरिएको छ ।  

जहाज दुर्घटनाग्रस्त भएको तस्बिरसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा भारतबाट नेपाल आउँदै गरेको जहाज लुधियानामा दुर्घटनाग्रस्त भएको र जहाजमा २१ नेपाली रहेको दाबी गरिएको छ ।

Samir ghimire नामक टिकटक आइडीमा एउटा लिंक पोस्ट गरिएको छ, जसमा जहाज दुर्घटनाग्रस्त भएको तस्बिर पनि जोडिएको छ । २८ अगस्ट २०२४ मा पोस्ट गरिएको उक्त तस्बिरसँगै लेखिएको छ- ‘भारतदेखि नेपाल आउँदै गरेको विमान भारतको लुधियानामा दुर्घटनाग्रस्त, २१ नेपाली रहेको पुष्टि बाँकी अपडेट आउन बाँकि’ ।

सोही तस्बिर र दाबीसहितको जानकारी Bishnu Prasad Pokharel नामक फेसबुक आइडीबाट Kulman Ghising Fans Club नामक फेसबुक ग्रुपमा पनि पोस्ट गरिएको देखिन्छ । २८ अगस्ट २०२४ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई ४ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् ।   

भारतबाट नेपाल आउँदै गरेको जहाज लुधियानामा दुर्घटनाग्रस्त भएको हो ? दाबीसहित पोस्ट गरिएको तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

जाँचको सुरुवातमा नेपाल आउँदै गरेको विमान भारतको लुधियानामा दुर्घटनाग्रस्त भएको र जहाजमा २१ नेपाली रहेको दाबी दाबीसहित पोस्ट गरिएको तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्‍यौँ । यसका लागि हामीले तस्बिरको स्क्रिनसटलाई  गुगल लेन्समा रिभर्स इमेज सर्च गर्‍यौँ । 

जाँचको नतिजास्वरुप bbc.com मा प्रकाशित समाचार फेला पर्‍यो । १३ मार्च २०१८ मा पोस्ट गरिएको समाचारमा ४९ जनाको ज्यान जानेगरी नेपालमा भएको जहाज दुर्घटनाबाट बाँचेका प्रत्यक्षदर्शीहरूले अकल्पनीय क्षणबारे वर्णन गरेको जानकारी दिइएको छ ।

समाचार रिपोर्टसँगै उल्लेख गरिएको तस्बिर र नेपाल आउँदै गरेको विमान भारतमा दुर्घटना भएको दाबीसहित पोस्ट गरिएको तस्बिरमा समानता देख्न सकिन्छ । 

थप जाँचका क्रममा abcnews.go.com मा प्रकाशित अर्को समाचार फेला पर्‍यो ।  १३ मार्च २०१८ मा प्रकाशित यो समाचारमा पनि सोही  तस्बिरसहितको भिडियो संलग्न गरिएको छ ।   

फेला परेको समाचार रिपोर्ट अनुसार युएस-बङ्ला एयरलाइन्सको उडान २११ जहाज नेपालको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । 

बंगलादेशको ढाकाबाट काठमाडौँ आएको युएस-बाङ्ला एयरसाइन्सको जहाज १२ मार्च २०१८ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । सोही दुर्घटनाको तस्बिर पछिल्लो समय गलत जानकारीमा प्रयोग गरिएको देखिन्छ ।

प्रस्तुत जानकारी The Bureau of Aircraft Accidents Archives (B3A) को वेबसाइटमा पनि राखिइको पाइयो । नेपाल आउँदै गरेको विमान भारतमा दुर्घटना भएको दाबीसहित पोस्ट गरिएको तस्बिर पनि यस विमान दुर्घटना अभिलेखमा राखिएको छ ।   

फेला परेका तथ्य प्रमाणहरुबाट के पुष्टि हुन्छ भने दाबीसहित सामाजिक संजालमा फैलाइएको तस्बिर १२ मार्च २०१८ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनासँग सम्बन्धित छ । अर्को तर्फ भारतबाट नेपाल आउँदै गरेको जहाज लुधियानामा दुर्घटनाग्रस्त भएको दाबीलाई पुष्टि गर्ने कुनै तथ्य प्रमाण फेला परेनन् ।

​​निष्कर्ष

भारतबाट नेपाल आउँदै गरेको जहाज लुधियानामा दुर्घटनाग्रस्त भएको र जहाजमा २१ नेपाली रहेको दाबीसहित सामाजिक संजालमा फैलाएको तस्बिरले भ्रामक सन्देश प्रवाह गरेको छ । १२ मार्च २०१८ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस-बाङ्ला एयरसाइन्सको जहाज दुर्घटनाको तस्बिरलाई गलत दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।  

नतिजा : भ्रामक  

हाम्रा स्रोतहरू

तस्बिर/समाचार: bbc.com
तस्बिर/समाचार: abcnews.go.com
जहाज दुर्घटना विवरण: The Bureau of Aircraft Accidents Archives (B3A)

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular