Wednesday, January 15, 2025
Wednesday, January 15, 2025

HomeFact CheckFact Check: एचएमपीभी भाइरस, पुरानो समाचार अडियो यसरी बन्यो भ्रामक

Fact Check: एचएमपीभी भाइरस, पुरानो समाचार अडियो यसरी बन्यो भ्रामक

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन सरकारलाई सिफारिस गरिएको दाबी ।
तथ्य: कोभिड-१९ महामारीसँग सम्बन्धित पुरानो समाचार अडियोलाई ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) समस्यासँग जोड्दै पोस्ट गरिएको देखियो ।

ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) समस्यासँग जोड्दै एउटा अडियोसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त अडियोमा ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन’ सिफारिस गरिएको दाबी गरिएको छ ।

Melenophile नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा समाचार अडियो जोडिएको छ । साथै उक्त अडियोमा भनिएको छ- ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन सीसीएमसीको सिफारिस’ ।

त्यसैगरी भिडियोको थमनेलमा पनि उस्तै दाबी दोहोर्‍याइएको छ । थमनेलमा लेखिएको छ- ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आदेश । फेरि आयो नयाँ HMPV Virus. Everyone Be Safe’

११ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा ३१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।  दाबीसहितको भिडियो भिडियो ८ हजारभन्दा बढी पटक सेयर भइरहेको छ ।

दाबीसहितको उही अडियो Dinesh Vlogger नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको देखिन्छ । अडियोसँगै रूटीन अफ नेपाल बन्द फेसबुक पेजको स्क्रिनसट जोडिएको छ । उक्त सक्रिनसटमा सरकारलाई एचएमपीभीले विद्यालयका भौतिक कक्षाहरू बन्द गर्न सुझाव दिएको जानकारी उल्लेख छ ।

११ जनवरी २०२५ मा पोस्ट गरिएको सामग्रीमा २८ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दाबीसहितको सामग्री ८ हजारभन्दा बढी पटक सेयर भइसकेको देखिन्छ । 

प्रस्तुत दाबीसहितको अडियोबाट साढे तीन सयभन्दा बढी भिडियोहरु पुनर्उत्पादन गरिएको देखिन्छ । यस तथ्यांकले के प्रष्ट पार्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । 

के  ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन’ सिफारिस गरिएको गरिएको हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

भाइरल भिडियोहरुमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी hMPV)बारे उल्लेख गरिएको छ । पछिल्लो समय  एचएमपीभी संक्रमित बिरामी बढ्न थालेपछि यो समस्या विश्वव्यापी चिन्ताको विषय बन्न पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ who) का अनुसार संक्रमक एचएमपीभी भाइरसका लक्षणहरू सामान्य रुघाखोकी र फ्लूसँग मिल्दाजुल्दा हुन्छन् ।

एचएमपीभी संक्रमणको जोखिम नेपालमा पनि बढिरहेको सन्दर्भमा एउटा अडियो क्लिपसहितको सामग्री सामाजिक संजालमा भाइरल भइरहेको छ । उक्त सामग्रीमा ‘विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन सिफारिस’ भएको दाबी गरिएको छ ।

भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘माघ १५ गतेसम्म विद्यालय बन्द’ ‘२५ जनाभन्दा धेरै भेला नदिने’ ‘सीसीएमसीको सिफारिस’ लगायतका वाक्यांश तयार पायौँ र किवर्डहरुलाई जाँच गर्‍यौँ ।

जाँचको नतिजास्वरुप स्वास्थ्य खबरपत्रिका (swasthyakhabar.com) मा प्रकाशित पुरानो समाचार फेला पर्‍यो । २५ पुस २०७८ मा  प्रकाशित उक्त समाचारमा तत्कालीन कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालयहरूमा हिउँदे बिदा दिन सिफारिस गरेको थियो । त्यो समय देशभर कोभिड-१९ (कोरोना) संक्रमण द्रुत गतिमा बढिहरेको थियो ।

तीन वर्ष पुरानो समाचार र वर्तमान समय सामाजिक संजालमा फैलाइएको अडियोको जानकारीबीच समानता देखियो । तर, उक्त अडियो पनि तीन वर्ष पुरानै रहेको प्रमाण थप जाँचका क्रममा फेला पर्‍यो ।

जाँचका क्रममा न्यूज २४ टेलिभिजन (News24 Nepal) फेसबुक पेजमा पोस्ट गरिएको पुरानो समाचार बुलेटिन फेला भेटियो ।  तीन वर्षअघि अर्थात् १० जनवरी २०२२ मा पोस्ट गरिएको उक्त समाचारमा नेपालमा २४ घण्टाभित्र १ हजार १ सय ६७ जनामा कोभिड-१९ (कोरोना) संक्रमण पुष्टि भएको जानकारी दिइएको छ । 

प्रस्तुत बुलेटिनमा ‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन सीसीएमसीको सरकारलाई सिफारिस गरेकोसमेत जानकारी दिइएको छ । यही पुरानो समाचारको अडियोलाई वर्तमान समयमा एचएमपीभी समस्यासँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । 

अर्कोतर्फ रूटीन अफ नेपाल बन्द (Routine of Nepal banda) को पुरानो पोस्टलाई पनि दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । ९ जनवरी २०२२ मा Routine of Nepal banda फेसबुक पेजमा एचएमपीभीले सरकारलाई विद्यालयका भौतिक कक्षाहरू बन्द गर्न सुझाव दिएको जानकारी पोस्ट गरिएको थियो । यही पुरानो पोस्टलाई एचएमपीभी समस्यासँग जोड्दै पोस्ट गरिएको देखियो ।    

तत्कालीन कोरोना महामारीका बेला सरकारले ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ (सीसीएमसी) नामक संयन्त्र गठन गरेको थियो । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि यसलाई गठन गरिएको थियो । तर, वर्तमान समयमा सीसीएमसी सक्रिय छैन ।

त्यस्तै नेपालमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी)ले महामारीको रुप लिएको छैन । यसका लागि सरकारले सीसीएमसी कुनै संयन्त्रसमेत गठन गरेको छैन ।   

अर्कोतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकाल्दै एचएमपीभी समस्याका विषयमा आतंकित नहुन अपीलसमेत गरिसकेको छ । 

२४ पुस २०८१ मा स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘जाडो महिनामा श्वासप्रश्वासजन्य संक्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ ।’

निष्कर्ष

‘माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन’ सरकारलाई कुनैपनि निकायले सिफारिस गरेको छैन । कोभिड-१९ महामारीसँग सम्बन्धित पुरानो समाचार अडियोलाई ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) समस्यासँग जोड्दै वर्तमान समयमा पोस्ट गरिएको पाइयो ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

भिडियो, News24 Nepal
समाचार, swasthyakhabar.com
समाचार, kantipurtv.com
जानकारी, WHO


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular