Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: केही दिनअघि मात्रै पोस्ट गरिएको भिडियोमा ज्ञानेन्द्र शाही घाइते अवस्थामा देखिएका छन् ।
तथ्य: पूरानो भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै केही दिनअघि मात्रै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)सँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । केही दिनअघि मात्रै पोस्ट गरिएको उक्त भिडियोमा ज्ञानेन्द्र शाही घाइते अवस्थामा देखिएका छन् ।
Hey_bsnuji नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सांसद ज्ञानेन्द्र शाही संचारकर्मीहरुसँग बोलिरहेका छन् । साथै उनको शरीरमा चोटपटक लागेको र पट्टीहरु बाँधिएको दृश्य भिडियोमा देख्न सकिन्छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘संघर्षका दिनहरु, संसद्को जिउँदो बाघ ज्ञानेन्द्र शाही ।’
पाँच दिनअघि मात्रै पोस्ट गरिएको प्रस्तुत भिडियोमा ११ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको भिडियोलाई करिब २ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने उल्लेखित भिडियो सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
हालसालै सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा ज्ञानेन्द्र शाही घाइते अवस्थामा देखिएका छन् । साथै उनले नेपालका वर्तमान प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री र प्रहरी अधिकारीहरुलाई चुनौतीसहित कटाक्ष गरिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ । प्रस्तुत भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ ।
माथि उल्लेखित भिडियोमा ज्ञानेन्द्र शाही घाइते अवस्थामा देखिएका छन् । यही दृश्यलाई आधार मानेर हामीले जाँचको सुरुवात गर्यौँ । सबैभन्दा पहिले हामीले युट्युबमा ‘ज्ञानेन्द्र शाही’ ‘आक्रमण’ ‘पत्रकार सम्मेलन’ लगायतका केही वाक्यांशहरु सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप Intro Nepal नामक युट्युब च्यालनमा पोस्ट गरिएको भिडियो फेला पर्यो । ४ वर्षअघि अर्थात् २ अक्टोबर २०१९ मा पोस्ट गरिएको यो भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एउटै छ ।
त्यस्तै फेला परेको भिडियोमा चितवन घटनापछि ज्ञानेन्द्र शाही पहिलो पटक मिडियामा आएको, नेकपा र प्रहरीको मिलेमतोमा आफूलाई मार्न खोजिएको दाबी गरेको जानकारी दिइएको छ ।
फेला परेको तथ्य जानकारीले के पुष्टि गर्छ भने माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो चार वर्ष पुरानो चितवन घटनामा आधारित छ । तर, त्यो बेला ज्ञानेन्द्र शाही सांसद निर्वाचित भएका थिएनन् ।
नेपालमा प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन २०७९ मंसिर ४ गते अर्थात् २० नोभेम्बर २०२२ मा एकैपटक सम्पन्न भएको थियो । जुम्लाका सांसद ज्ञानेन्द्र शाही पनि यही समयमा निर्वाचित भएका थिए । माथि उल्लेखित भिडियो यसअघि नै घटेको घटनामा आधारित छ ।
फेला परेका तथ्य जानकारीबाट के पुष्टि हुन्छ भने ज्ञानेन्द्र शाही घाइते अवस्थामा देखिएको भिडियो पूरानो र फरक सन्दर्भको हो । साथै पूरानो भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै केही दिनअघि मात्रै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
केही दिनअघि मात्रै सामाजिक संजालमा पोस्ट गरिएको ज्ञानेन्द्र शाही घाइते अवस्थामा देखिने भिडियो चार वर्ष पूरानो हो । पूरानो भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै केही दिनअघि मात्रै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
भिडियो, Intro Nepal
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]