Thursday, September 19, 2024
Thursday, September 19, 2024

HomeFact CheckFact Check: के प्रधानमन्त्रीले गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा...

Fact Check: के प्रधानमन्त्रीले गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेका हुन्? पढ्नुहोस् वास्तविकता

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेका छन् ।
तथ्य: प्रधानमन्त्रीले घोषणा नै नगरेको जानकारीलाई उनको तस्बिरसँग जोडेर सामाजिक संजालमा पोस्ट गरियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेको दाबी गरिएको छ ।

M T 15 LOVER नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जोडिएको छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘प्रधानमन्त्री केपी शर्मा ओली नेपाली गरिब जनता घरको एक जना बराबर १० लाख दिने घोषणा गर्नुभएछ ।’  

१ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको दाबी सहितको सामग्रीलाई तीन हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको सामग्रीमा १३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको देखिन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेका हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

जाँचका क्रममा हामीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका पछिल्ला निर्णयहरु नियाल्यौँ । अर्कोतर्फ प्रधानमन्त्री ओलीका सम्बोधन तथा घोषणाहरु पनि खोज्यौँ । तर, प्रधानमन्त्रीले गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेको विवरण फेला परेन ।

यही क्रममा केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी हटाउनका लागि सरकारले आवश्यक कार्यक्रम ल्याउने घोषणा गरेको समाचार फेला पर्‍यो । ekantipur.com ले ६ श्रावण २०८१ मा प्रकाशित गरेको समाचार अनुसार प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगको नेतृत्वमा एउटा संयन्त्र बनाई सरकारले गरिबी हटाउनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने घोषणा गरेका थिए ।

यस बाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेको दाबीलाई प्रमाणित गर्ने कुनैपनि जानकारी इन्टरनेटमा फेला परेनन् । 

थप जाँचका लागि हामीले प्रधानमन्त्रीको सचिवालयलाई सम्पर्क गर्‍यौँ । प्रधानमन्त्रीका प्रेस संयोजकमा रामशरण बजगाईंले प्रत्येक गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा कहीँकतैबाट नभएको प्रष्ट पारे ।

​​निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेको भन्ने दाबी गलत छ । प्रधानमन्त्रीले घोषणा नै नगरेको जानकारीलाई उनको तस्बिरसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : गलत  

हाम्रा स्रोतहरू

समाचार,  ekantipur.com
प्रधानमन्त्रीको सचिवालय

तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular