Friday, December 20, 2024
Friday, December 20, 2024

HomeFact CheckNewsयुक्रेन–रुस युद्धमा नेपाललाई जोडेर भ्रामक दाबी, रुसविरुद्ध युद्ध गर्न नेपालले सेना पठाएको...

युक्रेन–रुस युद्धमा नेपाललाई जोडेर भ्रामक दाबी, रुसविरुद्ध युद्ध गर्न नेपालले सेना पठाएको छैन

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

युक्रेन–रुसबीच भिषण युद्ध जारी छ । पछिल्लो समय युद्धका खबर र अपडेटले पूरै सामाजिक संजाल भरिएका छन् । यही बिचमा फरक दाबीसहितको भिडियो व्यापक रुपमा फैलिरहेको पाइयो । यी सामग्रीहरूले  युक्रेन–रुसबीचको उक्त युद्धमा नेपाल पनि सहभागी भएको दाबी गरिएको छ ।

साेमबार sandesh.181산데시 판딧 체트리 नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा हेलिकप्टर उडिरहेको दृश्य देखाइएको छ । सँगै भिडियोको थमनेलमा नेपाली सैनिक युक्रेनलाई सहयोग गर्न जाने तयारीमा रहेको दाबी गरिएको छ । भिडियोको थमनेलमा यस्तो लेखिएको छ,‘आज काठमाडौँको आकाशमा घुमेको हेलिकप्टर नेपाली सैनिक युक्रेनलाई सहयोग गर्न जाने तयारीमा ।’

भिडियोको फैलावट द्रुत गतिको छ । भिडियो पोस्ट भएको एक दिनमा ७० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोमा १३ सयभन्दा बढीले कमेन्ट गरेका छन् । त्यस्तै २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेको देखिन्छ । 

त्यसैगरी सोमबार नै #bibasshahi नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा युक्रेनलाई सहयोग गर्न नेपालले सैनिक ट्यांक पठाउन लागेको दाबी गरिएको छ । भिडियोमा नेपालका सडकमा सेनाका सवारी साधन चलिरहेको दृश्य देखाइएको छ । पोस्ट भएको एक दिनमै भिडियोमा करिब ५० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् त्यस्तै करिब २ सयले भिडियोलाई सेयर गरिसकेकाे देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने भिडियोको फैलावट व्यापक छ ।

युक्रेन–रुसबीचको उक्त युद्धमा नेपाल पनि सहभागी भएको दाबी गर्ने अर्को भिडियो पनि सोमबार नै पोस्ट भएको देखिन्छ । #Neems नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा पनि हेलिकप्टर उडिरहेको दृश्य देखिन्छ । उक्त भिडियोको थमनेलमा पनि ‘नेपाली सेनालाई युक्रेन पठाइँदै’ भन्ने दाबी गरिएको छ । पोस्ट भएको एक दिनमै भिडियोमा साढे ८५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ७ सयभन्दा पढी प्रयोगकर्ताले सेयर गरेका छन् । यो तथ्यांकले यो दाबीको फैलावट कति द्रुत छ भन्ने प्रष्ट पार्छ ।

सोमबार नै #salikramneupane01नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पनि यही दाबी दोहोर्‍याइएको छ । भिडियोको थमनेल र क्याप्सनमा नेपाली सेना रुस र युक्रेनको युद्धमा युक्रेनतिर गएको दाबी गरिएको छ । पोस्ट भएको एक दिनमै भिडियोमा २ लाख ३९ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १२ सयभन्दा बढी प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । 

तथ्यजाँच प्रमाणिकरण

युरोपमा चलिरहेकाे  युद्धमा अहिलेसम्म नेपाल प्रत्यक्ष\अप्रत्यक्षरुपमा संलग्न भएको छैन । तर, उक्त युद्धले नेपाली समाज तरंगित भएको छ । सामाजिक संजालमा नेपालीहरूलेसमेत मुद्धको पक्ष र विपक्षमा बहस गरिरहेको पाइन्छ । यही बेला सामाजिक संजालमा यस्ता दाबीहरू देखिएका छन्, जुन द्रुत गतिमा फैलिरहेका छन् । त्यस्ता दाबीमाथि तथ्यजाँच गर्नु अपरिहार्य जस्तै छ ।

माथि दाबीमा पेश गरिएका हरेकजसो दृश्यमा नेपाली सेनाका गतिविधिहरू देखाइएको छ । ती हरेकजसो भिडियोहरू कुनै व्यवसायिक प्रयोजनका लागि नभइ व्यक्तिगत प्रयोजनका लागि खिचिएको देखिन्छ । त्यसैले ती भिडियो र भिडियोमा राखिएका क्याप्सन तथा थमनेलबीच कुनै सम्बन्ध देखिँदैन । त्यसैले हामीले सोझै युक्रेन–रुसबीचको युद्धमा नेपालको भूमिकाबारे यहाँ प्रष्ट पार्न खोजेका छौँ । माथिका भिडियो केश स्टडिका लागि मात्र राखिएका हुन् । यो तथ्यजाँच नेपालले युक्रेनको पक्षमा सेना पठाएको हो कि होइन ? भन्ने विषयमा केन्द्रीत छ ।  

२४ फेब्रुवरीदेखि रुस-युक्रेन आधुनिक हातहतियारसहित आमनेसामने भइरहेका छन् । यहीबीचमा नेपालले आफ्नो प्रतिक्रिया पनि सार्वजनिक गरिसकेको छ । युक्रेनविरुद्ध रुसले आक्रमण गरेकै दिन नेपाल सरकारको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति पारी गर्दै नेपालले रुसी आक्रमणको विरोध गरेको हो ।

नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ –

 ‘नेपाल कुनै पनि परिस्थितिमा सार्वभौमसत्तासम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ, नेपाल सबै पक्षलाई तनाव नबढाउन र अधिकतम संयम अपनाउन आग्रह गर्दछ, संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू पवित्र छन् र सबै सदस्य राष्ट्रहरूले यसलाई पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा नेपाल सरकारको छ ।’ 

युक्रेन-रुस तनावमा नेपालको प्रतिक्रिया हेर्दा नेपाल युद्धकै विपक्षमा उभिएको देखिन्छ । नेपालले तनावलाई कूटनीति र संवादबाट शान्तिपूर्ण समाधानमा गर्नुपर्ने मत पनि विज्ञप्तिमार्फत् राखेको छ । यो वक्तव्य रुसले युक्रेनमा हमला गरिसकेपछि मन्त्रालय स्तरबाट सार्वजनिक गरिएको पहिलो र अन्तिम वक्तव्य हो । यसबाट के प्रष्ट हुन्छ भने रुससँग युद्धका लागि नेपालले युक्रेनमा सेना पठाउने कुनै खालको तयारी गरेको छैन र पठाएको पनि छैन । 

युद्धमा आफ्नो सेना पठाउने त टाडाको कुरा नेपालले नेपाले यक्रेनमा फसेका आफ्ना नागरिकको उद्दार पनि गर्न सकेको छैन । युक्रेनमा रहेका नेपालीले आफूहरूलाई उद्दार गर्न पटक-पटक नेपाल सरकारसँग आग्रह गरिरहेका छन् तर सरकारले आफ्ना नागरिकलाई उद्दार गर्न कुनै पनि विमान पठाउन सकेको छैन । 

दाबीसहितका क्याप्सन र थमनेलसहित सामाजिक संजालमा फैलाइएका भिडियोहरू भने फरक-फरक प्रशंगका हुन् । कुनैपनि भिडियो व्यवसायिक प्रयोजनका लागि निर्माण भने गरिएका होइनन् । यो दाबीमा प्रयोग भएका दृश्यहरू कुनै प्रमाणको रुपमा पेश हामीले छुट्टा-छुट्टै भिडियोलाई फरक-फरक तरिकाले तथ्यजाँच गरेनौँ । दाबी गरिए अनुसार नेपालले सेना पठाउने निर्णय गरेको हो कि होइन भन्ने विषयमा मात्र जाँच गर्यौँ । उक्त जाँचमा नेपालले कुनै पनि तरिकाले नेपाली सेनालाई युद्ध लड्न पठाउने तयारी गरेको र पठाएको पाइएन । 

त्यस्तै हामीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको ट्विटर ह्यान्डल पनि स्क्यान गर्यौं, जहाँ युक्रेनले अन्तर्राष्ट्रिय सहयोग र नेताहरूसँगको कुराकानीको अपडेट राखिएको छ । तर, त्यहाँ नेपाली नेताहरुसँग कुरा गर्ने र गोरखा सैनिकको सहयोग मागेको विषय पोस्ट गरिएको छैन ।

निष्कर्ष :

नेपालले युक्रेनको पक्षमा रुसविरुद्ध युद्ध लड्न सेना पठाएको छैन । दाबीमा राखिएका दृश्यहरू सेनाका सामान्य गतिविधि हुन् ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Ministry of Foreign Affairs : Statement on the Recent Developments in Ukraine

BBC : किएभमा रहेका नेपाली भन्छन्- ‘सरकारले चाँडै जहाज पठाउने प्रतीक्षामा छौँ’

Naya patrika : युक्रेनमा रुसको आक्रमण, नेपालको विरोध

Volodymyr Zelenskyy’s Twitter : Support and negotiation updates


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular